#प्रश्नः सामाजिक विकृति भनेको के हो? सामाजिक विकृतिको रूपमा बढ्दै गएको लागुपदार्थ दुर्व्यसनका कारणहरू उल्लेख गर्दै लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उपायहरू उल्लेख गर्नुहोस्।
मानव जीवन, मानव सभ्यता र समाजको विकासका बाधकका रूपमा रहेका धर्म, संस्कृति, प्रथा, परम्परा, प्रचलन वा अभ्यासलाई सामाजिक विकृति भनिन्छ। दाइजो प्रथा, बोक्सी प्रथा, बालविवाह, लागुऔषध दुर्व्यसन, कुलतलगायतका सामाजिक व्यवहार नेपाली समाजमा सामाजिक विकृतिको रूपमा रहेका छन्।
सामाजिक विकृतिको रूपमा बढ्दो लागुपदार्थ दुव्र्यसन र यसका कारण तथा न्यूनीकरणका उपायहरू:
मानिसमा लागुपदार्थको प्रयोग गरौँ गरौँ हुने गरी लत लागेको अवस्थालाई लागुपदार्थ दुव्र्यसनको रूपमा बुझिन्छ। कानुनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, कोकिन आदिलाई अवैध लागुऔषधको रूपमा लिइन्छ। त्यस्तै गरी सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थको रूपमा चिनिन्छन्। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ।
लागुपदार्थ दुर्व्यसन बढ्नुका कारण:
- गरिबी र बेरोजगारी,
- पारिवारिक कलह, विछोड एवं असहयोग,
- तनाव, डिप्रेसन र अन्य मानसिक समस्याबाट मुक्त हुने अभिलाषा,
- गलत सङ्गत र साथी समूहको दबाब,
- लागुपदार्थको हानिकारक प्रभावबारे सही सूचना र शिक्षाको कमी,
- कमजोर नियमन एवं लागुपदार्थ माथि सहज पहुँच,
- खुला सिमानाबाट लागुपदार्थको तस्करी नियन्त्रण नहुनु,
- कानुन कार्यान्वयन गर्ने निकायको कमजोर संस्थागत क्षमता,
- लागुपदार्थको बिक्री र वितरण नियन्त्रण गर्ने प्रयासहरूको न्यून प्रभावकारिता,
लागुपदार्थ दुर्व्यसन न्यूनीकरण गर्ने उपायहरू:
नेपालमा लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्न देहायका सुधारात्मक, प्रवर्धनात्मक, उपचारात्मक तथा दण्डात्मक उपायहरू अवलम्बन गर्नु पर्छ।
- लागुपदार्थको तस्करी र वितरण नियन्त्रण गर्न समयानुकूल कानुनी सुधार गर्ने,
- विद्यमान कानुन कार्यान्वयन गर्ने निकायलाई स्रोतसाधन सम्पन्न बनाउँदै पेसागत दक्षता हासिल गर्ने,
- अपराध अनुसन्धान र अभियोजनालाई प्रभावकारी बनाउने, प्रत्येक घरपरिवारले छोराछोरीलाई सही मार्गदर्शन, सहयोग र सकारात्मक वातावरण प्रदान गर्ने,
- लागुपदार्थको हानिकारक प्रभावबारे टोल टोलमा सचेतना कार्यक्रिम सञ्चालन गर्ने,
- युवाहरूलाई गुणस्तरीय शिक्षा र रोजगारीको अवसर प्रदान गरी लागुपदार्थबाट टाढा राख्ने,
- युवाहरूलाई खेलकुद, साहित्य, सङ्गीत, संस्कृति संरक्षणलगायत सिर्जनात्मक कार्यमा आकर्षित गर्न वातावरण तयार पार्ने,
- स्थानीय क्लब, समूह, समिति जस्ता समुदायमा आधारित संस्थाहरूबाट लागुपदार्थविरुद्ध अभियान चलाउने कार्यमा स्थानीय समुदाय र स्थानीय सरकारले सहयोग गर्ने तथा हौसला प्रदान गरी समाज सुधारका लागि अग्रसर बनाउने,
- लागुपदार्थविरुद्ध अभियानमा युवालाई नेतृत्व प्रदान गर्ने, तनाव, डिप्रेसन र अन्य मानसिक समस्याको उपचार गर्न मानसिक स्वास्थ्य सेवाहरू विस्तार गर्ने,
- लागुपदार्थ दुव्र्यसनबाट पीडित व्यक्ति उपचारका लागि पुनस्र्थापना केन्द्रहरू स्थापना गर्ने ।
अन्त्यमा समाजिक विकृतिको रूपमा विकसित भई रहेको लागुपदार्थ दुव्र्यसन नेपाली समाजको जल्दबल्दो समस्याको रूपमा रहेको छ । व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने लागुपदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याइदिन्छन् । नेपालको मानव पुँजी निर्माणमा बाधा सिर्जना गर्ने यस्ता विकृति न्यूनीकरण गर्न सामाजिक जागरण, शिक्षा तथा सचेतनाका साथै कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ ।
0 Comments