नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा विसं १८४५ पुस १५ गते भएको थियो।
उनको बुबापट्टिका हजुरबुबा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुबा अमरसिंह थापा हुन्।
उनी नेपाली सेनाको पुरानो गोरख गणको कप्तान थिए।
यिनी नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षार्थ नेपालको तर्फबाट करिब छ सय जनाको नेतृत्व गर्दै खटिएका थिए।
नेपाली फौजको तुलनामा लगभग आठ गुणा शक्तिशाली सैनिकसँग नेपाली फौज युद्धमा होमिएको थियो। उक्त युद्धमा अङ्ग्रेज फौजतर्फ ठुलो क्षति भएको थियो।
सो युद्धमा नेपालीहरूको हार भए पनि नेपाली वीरताको कदर गर्दै अङ्गेज फौजले हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो।
उनले दुन उपत्यकाको रक्षाका लागि दुन उपत्यका भन्दा झन्डै आठ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाई अङ्ग्रेजसँग लडेका थिए।
राष्ट्रिय विभूति बलदभद्रको विसं १८७९ चैत २८ मा निधन भएको थियो।
0 Comments