गोरखापत्र वस्तुगत, २६ भदौ २०८१*

१. सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक कहिले प्रमाणीकरण भयो? 

  • २०८१ भदौ १३
  • विधेयक प्रमाणीकरण सँगै ऐनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ । 
  • विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रिय सभाबाट भदौ ६ गते पारित भएको थियो । 
  • विधेयक प्रमाणीकरणसँगै अब द्वन्द्वकालीन घटनासँग सम्बन्धित दुई आयोगको कार्य शीघ्र अघि बढ्ने अपेक्षा गरिएको छ । 
  • नयाँ कानुनले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सहमतिबिना क्षमादान अस्वीकार गरेको छ । 
  • सङ्क्रमणकालीन कानुनमा पहिलो पटक परिपूरणलाई पीडितको अधिकारका रूपमा स्थापित गरिएको छ। 
  • २०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन, हतियार व्यवस्थापनलगायतका काम भए पनि आयोगबाट हुनुपर्ने विषय र अन्य न्यायिक र परिपूरणका कार्य बाँकी रहेका छन् । 
  • नयाँ व्यवस्था अनुसार द्वन्द्वकालीन घटना वर्गीकरण (मानव अधिकारको गम्भीर उल्लङ्घन र मानव अधिकारको उल्लङ्घन) गरिएको छ । 
  • गम्भीर मानव अधिकार उल्लङ्घनमा क्षमादान सिफारिस हुने छैन । 
  • परिपूरणलाई अधिकारका रूपमा नै स्थापना गरिएको छ ।
  • द्वन्द्वकालीन घटनाका मुद्दा हेर्नका लागि छुट्टै विशेष अदालत गठन हुने छ । विशेष अदालतले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन हुने छ । 

२. मातृभूमि राष्ट्रिय सम्मान, २०८० कसलाई प्रदान गरियो?

  • प्राडा जगमान गुरुङ 

३. यस वर्ष (२०८१) को डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कसलाई प्रदान गरियो ?

  • अनुजासिंह राठौर (लघुउद्यमी, नेपालगन्ज) 
  • राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरियो । 
  • सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

४. रुद्राक्षका लागि प्रसिद्ध ठाउँ कहाँ हो?

  • भोजपुर र सङ्खुवासभा (भोजपुर र सङ्खुवासभालाई रुद्राक्षको राजधानी भनेर पनि चिनिने ।)

५. विश्वमा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएका पहिलो व्यक्ति को हुन्?

  • कनिथ युजिन स्मिथ 
  • सन् २०२४ जनवरी २५ मा अमेरिकाको अलाबामा राज्यले स्मिथलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्यु दण्ड दिएको हो । 

६. पशुपतिस्थित विद्युतीय शवदाह कार्य कहिले देखि निःशुल्क गरिएको हो ?

  • विसं २०८१ साउन १

७. संयुक्त राष्ट्रसङ्घका महासचिवले भाग लिन नपाउने अङ्ग कुन हो ?

  • अन्तर्राष्ट्रिय न्यायालय 

८. हाल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (NATO) को सदस्य राष्ट्र कति रहेका छन् ?

  • ३१ 

९. सिएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन्?

  • अनुराधा कोइराला (सन् २०१०)
  • दोस्रो नेपाली : पुष्पा बस्नेत, सन् २०१२

१०. लोकतन्त्र योद्धा सम्मान २०८० बाट कसलाई सम्मान गरियो?

  • मुकेश कायस्थ

११. आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन्?

  • रिचर्ड स्लेम्यान 
  • प्रत्यारोपण सन् २०२४ मार्च १६ मा गरिएको हो ।

१२. अल्पसङ्ख्यक झाँगड समुदायबाट पहिलो पटक मन्त्री बन्न सफल व्यक्तित्व को हुन्?

  • बन्दना झाँगड (राज्यमन्त्री, कोशी प्रदेश)

१३. पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?

  • कालीगण्डकी र त्रिशूली 
  • चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगड बजारदेखि करिब सात किमी उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ।
  • यहाँ स्नान गर्नाले ठुलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेको भन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ।
  • माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठुली एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ ।

१४. राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२९ को आयोजना मिति कुन हो ?

  • सन् २०२४ नोभेम्बर ११–२२, बाकु, अजरबैजान 

१५. ट्राभल वेबसाइट ट्रिप एड्भाइजरद्वारा प्रकाशित उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मा पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो?

  • काठमाडौँ

१६. सगरमाथा क्षेत्रको कालापत्थरमा ५३१७ मिटर उचाइबाट स्काइ डाइभ गरी महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व को हुन् ?

  • शीतल महाजन (भारत), सन् २०२३ नोभेम्बर

१७. नेपालमा फाइब–जी सेवाको आन्तरिक परीक्षण सुरुवात कहिलेदेखि भएको हो ?

  • विसं २०७९ माघ २२

१८. नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार नेपालमा कति देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ? 

  • ५८ 
  • राष्ट्र बैङ्कले २०८१ भाद्रमा प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदन अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । 

प्रत्यक्ष वैदेशिक लगानी रहेका प्रमुख पाँच राष्ट्र 

  • भारत : रु. १०३ अर्ब ४५ करोड (३५ प्रतिशत) 
  • चीन : रु. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत) 
  • आयरल्यान्ड : रु. २२ अर्ब ६२ करोड (७.७ प्रतिशत)
  • अस्ट्रेलिया : रु. १९ अर्ब छ करोड (६.४ प्रतिशत)
  • सिङ्गापुर : रु. १८ अर्ब ८१ करोड (६.४ प्रतिशत)

एफडीआई कुन प्रदेशमा कति? 

  • बागमती : ५९.७ प्रतिशत
  • गण्डकी : १५.१ प्रतिशत
  • कोशी : १४.७ प्रतिशत
  • मधेश : ८.८ प्रतिशत
  • लुम्बिनी : १ प्रतिशतभन्दा कम
  • कर्णाली : १ प्रतिशतभन्दा कम
  • सुदूरपश्चिम : १ प्रतिशतभन्दा कम

१९. हाल गिनिज बुक अफ वल्र्ड रेकर्ड कति भाषामा प्रकाशित हुन्छ ?

  • ३७ 

२०. अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति को हुन्?

  • डोनाल्ड ट्रम्प 

२१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नुनको दैनिक उपभोगको मात्रा प्रतिव्यक्ति कति निर्धारण गरेको छ?

  • ३ देखि ५ ग्राम 

२२. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

  • सन् १९६७ सेप्टेम्बर २७

२३. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ?

  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

२४. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ?

  • वंशाणुगत परिवृत्ति

२५. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

बिबिआईएन इनिसिएटिभ 

२६. नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो?

मकै

२७. विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट ‘द ग्रेट हिमालयन ट्रेल’ कुन देशमा रहेको छ ?

  • नेपाल

२८. नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ?

  • कोशी टप्पु वन्यजन्तु आरक्ष

२९. नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?

  • जुद्धशमशेर

३०. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपिसिसी) को गठन कहिले गरिएको हो ?

  • सन् १९८८

Post a Comment

0 Comments