गोरखापत्र वस्तुगत

माघ ७, २०७७ बुधबार देखि असार २३, २०७८ बुधबार सम्म गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तर

१. बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कहिले गरियो ?

 विक्रम संवत् २०७८ असार २१ 

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रमनिवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्बाइनको स्वीच अनगरेर आयोजना उद्घाटन गरिएको

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको असार २१ मा पहिलो टर्बाइनबाट ७६ मेगावाट विद्युत्् उत्पादन थालिएको

सो आयोजनाका ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहेका। बाँकी टर्बाइन क्रमिक रूपले सञ्चालन गरिने कम्पनीले जनाएको

३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको व्याजलागत सँगै ६ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो। तर, विविध कारणले गर्दा आयोजना निर्माण खर्च ५२ अर्ब रुपियाँ र निर्माण अवधिको व्याज ३२ अर्ब रुपियाँ पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको

२. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?

 ०.६०२ अघिल्लो वर्ष: ०.५७९) 

३. आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?

 ९१.५ प्रतिशत 

उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको। आर्थिक वर्ष ०७७/७८ को फागुनसम्म थप एक लाख ५५ हजार आठ सय आठ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको।)

४. आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

 २५.८ प्रतिशत 

गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान रहेको। आर्थिक वर्ष ०७६/७७ मा यस्तो योगदान क्रमशः २६.२ प्रतिशत र ७३.८ प्रतिशत रहेको।)

५. नेपालको इतिहासमा आदर्श शासकका रूपमा चिनिने राजा को हुन् ?

 अंशुवर्मा 

६. युरोपको सबैभन्दा ठूलो र लामो नदी

कुन हो ?

 भोल्गा 

७. विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो ?

 थ्री गर्जेज चीन) 

चीनको याङ्जे नदीमा निर्मित यस जलविद्युत्् उत्पादन केन्द्रको विद्युत् उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ। विश्वको दोस्रो ठूलो जलविद्युत आयोजना ब्राजिल र पाराग्वेको सिमानामा बग्ने पराना नदीमा निर्मित इटाइपी हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट १४,००० मे. वा.) हो।)

८. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाण स्ट्यान्डर्ड क्वालिटी)लाई के भनिन्छ ?

 एकाइ युनिट) 

भौतिक परिमाणका एकाइलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको।)

९. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?

 ब्रह्माण्ड वर्ष कम्मिक इयर) 

१०. सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?

 बीपी कोइराला 

११. फ्रान्सको राज्य क्रान्तिपछि शासन सत्ता कसले सम्हालेका थिए ?

 नेपोलियन बोनापार्ट 

१२. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?

 पारिजात 

१३. पुनर्बल एउटा उद्दिपक हो, जसको प्रस्तुतीकरणले प्रतिक्रियाको सम्भावनालाई बढाँउछभन्ने भनाइ कसको हो ?

 थर्नडाइक 

१४. मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?

 विसं २०७३ वैशाख ७ 

१५. प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?

 प्युर्टोरिको ट्रेन्च 

१६. कुन हावापानीलाई शीत मरुभूमि तथा तेस्रो ध्रुवको हावापानीका रूपमा लिइन्छ ?

 टुन्ड्रा हावापानी 

५००० मिटरभन्दा माथिको उच्चहिमाली क्षेत्रमा पाइने हावापानी)

१७. कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

 रणजित मल्ल 

१८. भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो ?

 नेपाल 

१९. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?

 रेडक्रस 

२०. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई वन्यजन्तु सप्ताहका रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?

 विसं २०५३ 

विसं २०७३ वैशाख पहिलो साता वन्यजन्तुको भविष्यहाम्रो हातमाभन्ने नारासाथ २१औँ वन्यजन्तु सप्ताह मनाइएको।)

२१. एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?

 महेशचन्द्र रेग्मी 

२२. नेवारी भाषा कुन भाषा परिवारअन्तर्त पर्छ ?

 भोटबर्मेली 

२३. जलवायु परिवर्तनको अनुकूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ?

 अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार 

बेलायती अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडी) को आर्थिक सहयोग एवम् आईएमसी वल्र्डवाइडको व्यवस्थापकीय सहकार्यमा आइडियाज टु इम्प्याक्ट नामक संस्थाद्वारा सो पुरस्कार घोषणा गरिएको हो। यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै पुरस्कार रहेका छन्। पहिलो चरणको प्रोत्साहन पुरस्कारको राशि एक लाख ५० हजार पाउन्ड स्टर्लिङ र दोस्रो चरणको कार्यान्वयन पुरस्कारको राशि तीन लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ। यो पुरस्कारमा छनोट हुन सङ्घ संस्थाले दुई चरणमा आपूmलाई योग्य प्रमाणित गर्नुपर्नेछ।)

२४. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसाथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?

 वि.सं. २०७३ वैशाख २० 

एपमा ट्राफिक सम्बन्धी विविध जानकारी उपलब्ध गराइएको। यसको प्रयोग गरी तत्समयमा भइरहेको ट्राफिक गतिविधि, सूचना, दुर्घटनालगायतका बारेमा मोबाइलमै नोटिफिकेसनका रूपमा थाहा पाउन सकिने

एपमा अस्पताल, प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक फोन नम्बरसमेत उपलब्ध रहेको

नेपाल भरका विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण पनि उपलब्ध हुने

एपमा ट्राफिक सङ्केत रहेको

एपमा प्रहरीलाई गोप्य सूचना पठाउन सकिने सुविधा पनि रहेको

ट्राफिकसँग सम्बधित जनचेतनामूलक भिडियो, गीत तथा अन्य गतिविधिबारे डकुमेन्ट्री तथा तस्बिर पनि उपलब्ध

२५. प्राचीन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ?

 ग्रीसको ओलम्पिया 

२६. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?

 सारनाथ 

२७. मनोविज्ञानका प्रवर्तक को हुन् ?

 सिग्मन्ड फ्रायड 

२८. आर्थिक वर्ष २०७७/७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?

 २४ 

२४ नाफामा र १८ नोक्सानीमा सञ्चालित छन् भने दुुई संस्थानको कारोबार शून्य रहेको छ।)

२९. सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुनकुन हुन् ?

 क्रमशः भारत १७.५ प्रतिशत, म्यानमार ९.१ प्रतिशत, थाइल्यान्ड ९.० प्रतिशत, चीन ८.४ प्रतिशत र अमेरिका ७.७ प्रतिशत रहेका 

३०. साइप्रसमा पहिलो महिला सभामुख बन्ने राजीतिज्ञ को हुन् ?

 अन्निटाडिमेट्रिओ 

३१. विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ?

 भ्याटिकन सिटी ०.४ वकिमि) 

यो राष्ट्र इटालीको राजधानी रोम सहरभित्र अवस्थित छ। यो क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले विश्वको सानो राष्ट्रका रूपमा रहेको छ।)

असार १६, २०७८ बुधबार

१. जापानबाट प्रदान गरिने छैटौँ कोबासायी फाउन्डेसन पुरस्कार२०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?

 डा. सुदीप श्रेष्ठ 

नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबासायी फाउन्डेसनले डा. श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको

थाइल्यान्डका डा. अरूनी देचाफुनकुल र हङकङका प्रा.डा. टोनी मोक पनि सो पुरस्कारबाट सम्मानित भएका

पुरस्कारको राशि पाँच लाख जापानीयन रहेको

२. विक्रम संवत् २०७८ असार ९ मा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ?

 कविता राई (भोजपुर), (कविता: देशको नक्सा) 

नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा राईको देशको नक्साशीर्षकको कविता प्रथम भएको

त्यसैगरी, अमृता स्मृति (धादिङ)को कविता डढेलोपछि पनि वसन्त आउँछद्वितीय र सविता बराल (ताप्लेजुङ)को कविता आमा म आएँ अब’, निरञ्जनाकुमारी चन्द (बर्दिया)को कविता युगीन प्रतिध्वनिर प्रकाश सिलवाल (नुवाकोट)को कविता वोधिसत्वको खोपतृतीय भएका

प्रथम द्वितीय र तृतीय हुने कविकवयित्रीलाई क्रमशः ५० हजार, ४० हजार र ३०/३० हजार रुपियाँ नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिएको। महोत्सवमा प्रतियोगिताका लागि नेपालसहित नौ मुलुकका ७६४ जना कविकवयित्रीका कविता प्राप्त भएकामा ४१ जनाको कविता वाचनका लागि छनोट गरिएको

विसं २०२२ देखि नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको

प्रतिष्ठानको प्रथम कविता महोत्सवमा भैरव अर्याल प्रथम भएका

३. दोस्रो लहरको कोभिड१९ महामारीका कारण रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान कहिलेदेखि खुला गर्ने निर्णय गरियो ?

 अन्तर्राष्ट्रिय उडान: विसं २०७८ असार १० र आन्तरिक उडान विसं २०७८ असार १७ 

४. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

 जुन २१ 

(यो दिवस सन् २०१५ देखि मनाउन थालिएको।)

५. मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?

 कान 

(सबैभन्दा लामो हाड: तिघ्रा)

६. नेपालमा पाइने गुराँसको प्रकार कति रहेको छ ?

 ३२ 

७. आइफेल टावरका डिजाइनर को हुन् ?

 अलेक्जेन्डर गुस्ताफ आइफेल 

८. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेकोमुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?

 दोहोरो कर मुक्ति सम्झौता 

(एक आय वर्षमा आफू बासिन्दा रहेको देशमा बसोवासका आधारमा तथा लगानी गरेको देशमा आयस्रोतका आधारमा कर तिर्नुपर्ने हुन सक्छ। यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानुनद्वारा अर्को देशमा तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउनेजस्ता व्यवस्था गरिएको हुन्छ। करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी व्यवस्था गरी दुई देशबीच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ।)

९. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?

 मेघौली, चितवन 

१०. चार वेदअन्तर्गत कुनकुन वेद पर्छन् ?

 ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद 

(चार उपवेद: धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद र स्थापत्यवेद)

११. सबैभन्दा पहिले दौत्यसम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?

 मलेसिया (सन् १९६० जनवरी १) 

१२. पेन इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

 सन् १९२१ 

पेनको पूरा रूप एयभतक, भ्ककबथष्कतक बलम ल्यखभष्कितक रहको

यस संस्थाको स्थापनामा योगदान गर्ने क्याथेरिन एमी डाउसन स्कट र जोन गयाल्सवर्दी रहेका

यसको मुख्यालय लन्डनमा रहेको

यस संस्थाले लेखकहरूबीच सहयोग र सामिप्यता बढाउने कार्य गर्ने

१३. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?

 सन् १९७२ 

पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्वीलर र मौरिन ह्वीलर रहेका

हरेक वर्ष पर्यटकीय क्षेत्रको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तक, गाइड बुक तथा श्रव्यदृश्य सामग्रीको उत्पादन तथा बिक्रीवितरण गर्ने

यसको मुख्यालय अस्ट्रेलियाको मेलवर्न (शाखा कार्यालय : लन्डन, बेइजिङ र नयाँदिल्ली)मा रहेको

१४. नेपालमा ओलम्पिक सङ्ग्रहालय कहाँ रहेको छ ?

 त्रिपुरेश्वर (काठमाडौँ) 

१५. दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?

 । (बोलिभिया र पाराग्वे) 

१६. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?

 विसं १९०८ 

राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका

प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनिएको

यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको

१७. उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?

 रोल्ड एमन्डसेन, नर्वे 

१८. गाउँपालिकामा अधिकतम कति वडा रहन्छन् ?

 २१ 

१९. सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?

 पोखरा महानगरपालिका (३३ वडा) 

२०. राना थारूलाई आदिवासी जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?

 विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित) 

योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको

मन्त्रिपरिषदको विसं २०७६ माघ २० को बैठकले राना थारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको

राना थारू विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने

२१. स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपालको कुन निकायले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (आईएसओ: १५८१९ः२०१२) प्राप्त गरेको हो ?

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु 

२२. सार्कमा कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ?

 ३ (नेपाल, भुटान र अफगानिस्तान) 

२३. नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि लागू भएको हो ?

 विसं २०१८ चैत २ 

२४. मोतिहारीअमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?

 विसं २०७६ भदौ २४ 

करिब दुई दशकदेखि चर्चामा रहेको मोतिहारीअमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाले साकार रूप लिएको। दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको सो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा गरिएको। प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नयाँदिल्लीस्थित हैदरावाद भवनबाट हाइटेकप्रविधिबाट स्वीच थिचेर उक्त पाइपलाइन परियोजनाको उद्घाटन गरिएको

पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने

मोतिहारीदेखि रक्सौलको नेपालभारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित डिपोसम्मको ३६.२८ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याइएको। भारत विहारको पट्नादेखि अमलेखगन्जसम्मको पाइपलाइन २६८ किलोमिटर रहेको

नेपालमा खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखन्जबाट आपूर्ति हुँदै आएको

यस परियोजनाको सुरुवातसँगै भारतबाट नेपालमा हुने गरेको पेट्रोलियम पदार्थ ढुवानीमा समयको बचत, सवारी यातायातमा कमी तथा वायु प्रदूषण कम हुने विश्वास गरिएको

पाइपलाइनको नेपालतर्फको करिब ३६.२८ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको

२५. अर्थ वाचभनेको के हो ?

 विश्वका विभिन्न मुलुकको वातावरणसम्बन्धी खोज अनुसन्धान कार्यमा सहयोग पु¥याउँदै आएको एक गैरसरकारी संस्था 

२६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?

 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय 

सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको

तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका

यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए

एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो

सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा राखिएको छ

२७. राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?

 २७ 

२८. अण्डा पार्ने स्तनधारी जीव कुन हो ?

 प्लेटिपस 

२९. सबैभन्दा लामो दिन कहिले हुन्छ ?

 २१ जुन 

(सबैभन्दा छोटो दिन: डिसेम्बर २२)

३०. कुन ग्रहलाई किङ अफ द प्लानेटभनी चिनिन्छ ?

 वृहस्पति 

असार ९, २०७८, बुधबार

१. प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?

 असार १

यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ का लागि २०७८ असार १ गते सम्बन्धित प्रदेशसभासमक्ष बजेट प्रस्तुत गरिएको

कोभिड१९ को महामारीबीच अर्थतन्त्रमा आएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको

सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथा खोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको

खर्चका स्रोतमा भएको सङ्कुचनका कारण बजेटको आकार पनि केही प्रदेशमा घटेको

कुन प्रदेशले कति रकमको बजेट प्रस्तुत गरे (कुल बजेट)

प्रदेश १: रु. ३२ अर्ब ४६ करोड ९२ लाख

प्रदेश २: रु. ३३ अर्ब ७९ करोड १४ लाख

बागमती प्रदेश: रु. ५७ अर्ब ७२ करोड ९ लाख

गण्डकी प्रदेश: रु. ३० अर्ब ३ करोड ९४ लाख

लुम्बिनी प्रदेश: रु. ४० अर्ब ९५ करोड

९७ लाख

कर्णाली प्रदेश: रु. ३६ अर्ब ५४ करोड ६६ लाख

सुदूरपश्चिम प्रदेश: रु. ३० अर्ब ३३ करोड ९४ लाख

२. नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश कहिले जारी भएको हो ?

 विसं २०७८ जेठ ९

३. चिकित्सा शिक्षाको अध्ययन/अनुसन्धान गर्नका लागि प्रस्तावना दर्ता गर्नेसम्बन्धमा के व्यवस्था गरिएको छ ?

 नेपालमै दर्ता गर्न पाउने

सन् २०१९ नोभेम्बर २७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको

यो व्यवस्थाले नेपालमा वर्षाैंदेखि हुँदै आएका अनुसन्धानको प्रस्तावना दर्ता विदेशी संस्थामा गर्नुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको अन्त्य भएको

४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?

 मे १२

यस वर्ष (सन् २०२१) को नारा नर्स :अ भ्वाइस टु लिड : अ भिजन फर फ्युचर हेल्थ केयररहेको

मानवताकी पुजारी फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा उनको जन्मदिनका अवसरमा हरेक वर्ष यो दिवस मनाउने गरिएको

५. नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

 डा. राजेन्द्र प्रसाद (भारत)

६. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

 विसं २०६५ वैशाख २२

(सूचनाको हकसम्बन्धी ऐन२०६४ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको

७. केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७८ वैशाख ३१ मा सार्वजनिक प्रादेशिक अर्थतन्त्रसम्बन्धी विवरणअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?

 ३७.७ प्रतिशत (रु. १६ खर्ब सात अर्ब)

आव २०७७÷०७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुल गार्हस्थ उत्पादन) मा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहने अनुमान विभागको रहेको,

त्यस्तै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत (एक खर्ब ७२ अर्ब) रहने अनुमान

आव २०७६/७७ मा जस्तै आव २०७७/७८ मा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका

८. राजपरिषद्को खारेजी कहिले भएको हो ?

 विसं २०६३ जेठ ४

९. हात्तीमा चढी लामो स्टिकको सहायताले बल हानी खेलिने हात्तीपोलो खेल कहिले र कहाँबाट खेल्न थालिएको हो ?

 सन् १९८२ नेपाल

१०. नेपाली सिक्काको इतिहासमा पहिलोपटकअङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?

 विसं २०६३ साउन (एक रुपियाँको सिक्का)

११. आव २०७७/७८ मा सबैभन्दा बढी आर्थिक वृद्धिदर कुन प्रदेशको रहने अनुमान छ ?

 बागमती प्रदेश (४.७ प्रतिशत)

सात प्रदेशको आर्थिक वृद्धिदर (आव २०७७/७८, अनुमानित)

प्रदेश १: ३.६ प्रतिशत

प्रदेश २: ३.५ प्रतिशत

बागमती प्रदेश: ४.७ प्रतिशत

गण्डकी प्रदेश: ३.६ प्रतिशत

लुम्बिनी प्रदेश: ३.९ प्रतिशत

कर्णाली प्रदेश: ३.६ प्रतिशत

सुदूरपश्चिम प्रदेश: ३.४ प्रतिशत

१२. विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?

 काठमाडौँ रेजर्स (उपविजेता: धनगढी एफसी)

(उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ प्राप्त गरेका।)

१३. नेपालमा साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?

 धरान उपमहानगरपालिका

१४. नेपाल सरकारद्वारा नेपाल संवत्लाई राष्ट्रिय मान्यता कहिले प्रदान गरिएको हो ?

 विसं २०६५ कात्तिक ८

१५. नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

 विसं २०६३ पुस १५

१६. एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द गरिएको हो ?

 विसं २०६२

१७. स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?

 धारा २१७

(संविधानको धारा २१७ मा कानुनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरूपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित दुईजना सदस्य रहने प्रावधान रहेको।)

१८. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

 उत्तरी गोलाद्र्ध

१९. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज

२०. नेपालमा वन्यजन्तु सङ्ग्रहालयको स्थापना कहिले र कहाँ गरियो ?

 विसं २०६३ जेठ १३, वनविज्ञान अध्ययन संस्थान, हेटौँडा

२१. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?

 सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा)

नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको

यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको। सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको

२२. राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?

 पानफुल

२३. नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०२७

(विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको।)

२४. एसियाली राष्ट्रहरू जोड्ने आइरन सिल्क रोडसम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

 सन् २००६ नोभेम्बर १०

२५. कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?

 मुलुकी ऐन२०२०

२६. नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?

 जुम्ला (२०७८ वैशाख)

एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण गरिएको। बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका

बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकैपटक रोप्ने अभियान सुरु गरिएको

२७. प्रोक्सिमा बीके हो ?

 पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह

(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ। यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ।)

२८. हनुमानढोका दरबार कसले बनाउन लगाएका हुन् ?

 प्रताप मल्ल

२९. दोक्लाम घटनालाई लिई भारत र चीनबीच उत्पन्न विवाद समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?

 सन् २०१७ अगस्ट

३०. इरानको राष्ट्रपतिमा को निर्वाचित हुनुभएको छ ?

 इब्राहिम राइसी (सन् २०२१ जुन)

इस्लामिक कट्टरपन्थी विचारधाराका पूर्वप्रधानन्यायाधीश राइसी इरानको राष्ट्रपति चयन भएका

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको समर्थन प्राप्त राइसीले अत्यधिक मत प्राप्त गरी विजयी बनेका

सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै राजनीतिक बन्दीलाई मृत्युदण्ड दिनेगरी फैसला गरेको आरोप उनीमाथि रहेको

असार २, २०७८ बुधबार

१. युरोकप २०२०मा कति राष्ट्रको सहभागिता रहेको छ ?

 २४

युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको

११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको

२. मिस युनिभर्स२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

 एन्ड्रिया मेजा (मेक्सिको)

६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि पार्दै २६ वर्षीया सफ्टवेयर इन्जिनियर एन्ड्रियाले सो उपाधि जितेकी

सन् २०२१ मे १६ मा सम्पन्न प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्ट र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएका

३. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९३औँ संस्करणमा सर्वोत्कृष्ट चलचित्र कुन घोषित भयो ?

 नोम्याडल्यान्ड

सर्वोत्कृष्ट घोषित अन्य विधा÷कलाकार

सर्वोत्कृष्ट अभिनेता: एन्थनी हकिन्स (द फादर)

सर्वोत्कृष्ट अभिनेत्री: फ्रान्सेस म्याक डोरम्यान्ड (नोम्याडल्यान्ड)

सर्वोत्कृष्ट निर्देशक: लो झाओ ( नोम्याडल्यान्ड)

सर्वोत्कृष्ट सहअभिनेता: डेमियल कलुया (जुडस एन्ड द ब्ल्याक मसिह)

सर्वाेत्कृष्ट सहअभिनेत्री: युन यु जङ (मिनारी)

सर्वोत्कृष्ट गीत: फाइट फर युबोलको गीत (जुडास एन्ड द ब्ल्याक मसिह)

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड: एनोदर राउन्ड

सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म: सोल

सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म: इफ एनिथिङ ह्यापन आई लभ यू

सर्वोत्कृष्ट लाइभ एक्सन आर्ट फिल्म: टु डिस्टेन्ट स्ट्रेन्जर्स

सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट: कोलेट

सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म: माई अक्टोपस टिचर

सर्वोत्कृष्ट एडप्टेड स्क्रीन प्ले: द फादर

सर्वोत्कृष्ट छाँयाकार: एरिक मेसेर्स मिडट (चलचित्र: म्याक)

सर्वोत्कृष्ट भिजुअल इफेक्ट: चलचित्र टेनेट

सर्वोत्कृष्ट सम्पादन एवम् ध्वनि: चलचित्र साउन्ड अफ मेटल

४. साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?

 अन्निटा डिमेट्रिओ

सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा डिमेट्रिओ चयन भएकी

बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो

५. पत्रकारिता क्षेत्रमा अमेरिकाकै सबैभन्दा सम्मानित मानिने पुलित्जर पुरस्कार २०२१ कसलाई प्रदान गरियो ?

 मेघाराजागोपालन (भारतीयमूलकी पत्रकार), एलिसन किल्लङ र क्रिस्टो बस्चेक

(सन् २०२१ का लागि अन्तर्राष्ट्रिय समाचार लेखन विधातर्फ जुन ११ मा पुलित्जर बोर्डले सो पुरस्कार घोषणा गरेको।)

६. ललितपुर गोदावरीमा निर्मित अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन कहिले गरिएको हो ?

 विक्रम संवत् २०७८ वैशााख ३१

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारी निवास बालुवाटारबाट स्वीच थिचेर भर्चुअल रूपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको

एउटै हलमा एकैपटक तीन हजार मानिस बसेर सभासम्मेलन गर्न सकिने यो सम्मेलन केन्द्र देशकै ठूलो सम्मेलन केन्द्र रहेको जनाइएको

७. गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त हुनुभएको छ ?

 कृष्णचन्द्र नेपाली पोखरेल (२०७८ जेठ २९)

 

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको

यसअघि पोखरेल गण्डकी प्रदेशसभामा विपक्षी दलको नेता

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८ जेठ २७ मा गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलद्वारा बहुमत प्राप्त गर्ने आधारसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको। विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा पोखरेलको दाबी परेको थियो

८. नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?

 जेठ ३०

(नेपाल विज्ञापन सङ्घ (आन)ले सङ्घको स्थापना दिवसको अवसर पारी जेठ ३० लाई एडडे का रूपमा मनाउन थालेको।)

९. शमशेरउपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?

 वीरशमशेर

१०. कुन सन्धिपश्चात् नेपालको सिमाना पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कायम भएको हो ?

 सुगौली सन्धि

११. गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?

 कन्थक

१२. नेपालमा वैदेशिक सहयोगको संस्थागत सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९५१

१३. इन्फ्ल्यासन भन्नाले के बुझिन्छ ?

 लगातार मूल्यवृद्धि हँुदै जानेक्रम वा अवस्था

१४. राष्ट्र बैङ्कद्वारा विक्रम संवत् २०७८ वैशाख ८ मा प्रकाशित प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनअनुसार हाल नेपालमा कुल वैदेशिक लगानी कति छ ?

 एक खर्ब ८२ अर्ब ९१ करोड ९६ लाख

कुल विदेशी लगानीमध्ये चुुक्ता पुँजी ८८ अर्ब (४८.२ प्रतिशत), सञ्चितीका रूपमा ७८ अर्ब (४२.८ प्रतिशत) तथा ऋणका रूपमा १६ अर्ब (९ प्रतिशत) रहेको

प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा धेरै हिस्सा (३० प्रतिशत) भारतको रहेको। भारतपछि चीनको हिस्सा १५ प्रतिशत रहेको। मुलुकमा विदेशी लगानी भित्रिने तेस्रो ठूलो मुलुक ट्याक्स हेवनसेन्ट किट्स एन्ड नेभिस रहेको। नेपालमा हालसम्म त्यस मुलुकको लगानी २४ अर्ब ९३ करोड (कुल विदेशी लगानीको १३.६ प्रतिशत) रहेको। सोपश्चात् नेपालमा लगानी हुने प्रमुख मुलुकमा आयरल्यान्ड, सिङ्गापुर, अस्ट्रेलिया, युएई, बङ्गलादेश, दक्षिण कोरिया, अमेरिकालगायतका मुलुक रहेका। तर, कुल वैदेशिक लगानीमा ती कुनैको पनि हिस्सा १० प्रतिशतभन्दा माथि नरहेको

प्रतिवेदनअनुसार मुलुकमा हालसम्म ५३ मुलुकबाट विदेशी लगानी भित्रिएको

१५. पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?

 विसं २०५० जेठ २५

१६. सन् १९८७ मा ब्रुटल्यान्ड आयोगद्वारा पेस गरिएको प्रतिवेदनको नाम के हो ?

 हाम्रो साझा भविष्य

१७. नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?

 सन् १९७३

१८. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?

 ओरभिल राइट र विलभर राइट

१९. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?

 सन् १९१२ अप्रिल १४

(सन् १९१२ अप्रिल १० मा बेलायतको साउथ ह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोक्किएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो। टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबैभन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ। चीनमा अहिले सोही विश्वविख्यात जहाज टाइटानिकको प्रतिकृति बनाउन थालिएको छ।)

२०. चितवनको माडीस्थित अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति कहिले स्थापना गरिएको हो ?

 विसं २०७८ वैशाख ८

ती मूर्ति रामनवमीको दिन पारेर वैशाख ८ मा प्राणप्रतिष्ठा गरिएको

भरतपुरदेखि झन्डै ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको माडी नगरपालिका९ स्थित गणेशगुञ्जमा मन्दिर निर्माण गरी मूर्ति राखिएको

२१. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?

 बेइजिङ, चीन

२२. सूर्यदेखि पृथ्वी कति किलोमिटर टाढा रहेको छ ?

 १४ करोड ८८ लाख किमि

२३. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कहाँ

रहेको छ ?

 दक्षिण अमेरिकाको भेनेजुयला

२४. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?

 क्यारेबियन सागर

२५. विसं २०७८ वैशाखमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?

 आमाखान्डो

(पुरस्कार राशि: रु. १ लाख)

त्यसैगरी, गौतम बुद्ध अवार्ड १५ सय डलरसहित भारतीय फिल्म डिक्सनेरीले जितेको

२६. मरुभूमिको हीराभनेर चिनिने राष्ट्र कुन हो ?

 लिबिया

२७. टाई लगाउने चलन कुन देशबाट सुरु भएको हो ?

 फ्रान्स

२८. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?

 मन्त्रिपरिषद्

२९. सूचनाको हकसम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

 स्वीडेन

स्वीडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको

संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९ (१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको

संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागू गरेको

सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रलाई तिनीहरूका सार्वजनिक संस्थालाई निर्देश गरेको

३०. राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?

 सहायक श्रीमान् (को हजबेन्ड)

गणेश पाण्डेद्वारा निर्देशित तथा शारदा गैरेनिर्मित बहुपतिप्रथामा आधरित वृत्तचित्र सहायक श्रीमान् उत्कृष्ट ठहरिएको

कथानक फिल्मतर्फ आमा (हिमाल उप्रेतीनिर्देशित तथा भूपेन् कुमार खड्का निर्मित) उत्कृष्ट घोषित भएको। फिल्म वृद्ध आमाबुवालाई वृद्धाश्रममा राख्नेको कथामा आधारित रहेको

जेठ २६, २०७८ बुधबार

१. आर्थिक वर्ष २०७८÷७९ को बजेटअनुसार आ.व. २०७८/७९ मा आर्थिक वृद्धिदर कति हुने लक्ष्य रहेको छ ?

 ६.५ प्रतिशत

२. सरकारले कहिलेसम्ममा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गर्ने घोषणा गरेको छ ?

 वि.सं. २०८८ (आगामी १० वर्षभित्र, आ.व. २०७८/७९ को बजेटमार्फत)

३. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

 जुन ५

अन्तर्राष्ट्रिय नारा: पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना

राष्ट्रिय नारा: नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना

४. संयुक्त राष्ट्र सङ्घद्वारा कुन अवधिलाई पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशकका रूपमा मनाउने निर्णय गरिएको छ ?

 सन् २०२१२०३०

५. नेपालमा वातावरण संरक्षण परिषद्को गठन कहिले गरिएको हो ?

 वि.सं. २०४९ असोज १५

६. काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच कहिलेदेखि गर्न थालिएको हो ?

 वि.सं. २०५१ वैशाख १

७. इजरायलको राष्ट्रपतिमा को चयन हुनुभएको छ ?

 आइज्याक हर्जोग

देशको ११ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसद्बाट ८७ मत प्राप्त गरेका

हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका

हर्जोग यसअघि लेवोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसद्मा विपक्षी दलको नेताका रूपमा रहेका

इजरायलका हालका राष्ट्रपति रुभेन रिभलिनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ

आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल ७ वर्षको हुने

८. जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस कहिले मनाइन्छ ?

 जेठ २१

(वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेको दिन यो दिवस मनाउने गरिएको।)

९. अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एक दिवसीय विश्वकप क्रिकेटमा सहभागी हुने टिमको सङ्ख्या बढाई कति कायम गरेको छ ?

 १४ (सन् २०२१ जुन १ मा)

सन् २०२७ को एक दिवसीय विश्वकपमा १४ राष्ट्रको सहभागिता हुने। अहिले एक दिवसीय विश्वकप क्रिकेटमा दश राष्ट्रको सहभागिता रहँदै आएको

त्यसैगरी, टीट्वान्टी विश्वकपमा २० टिमले सहभागिता जनाउन पाउने। अहिले १६ राष्ट्रको सहभागिता रहँदै आएको

सन् २०२४ को टीट्वान्टी विश्वकपमा २० टिमको सहभागिता हुने

सन् २०२४ को विश्वकप पछि हरेक दुई वर्षमा टीट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेको

त्यसैगरी, च्याम्पियन्स ट्रफी पुनः हुने भएको। सन् २०१७ देखि च्याम्पियन्स ट्रफी भएको छैन। च्यापियन्स ट्रफी भने ८ देशले नै खेल्ने छन्। एक दिवसीय विश्वकप क्रिकेट र च्याम्यिन्स ट्रफी चारचार वर्षको अन्तरालमा नै हुने छन्

१०. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?

 जुन ७

– ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ (क्बाभ ाययम लयध ायच ब जभबतिजथ तयmयचचयध) भन्ने नाराका साथ तेस्रो विश्व खाद्य स्वच्छता दिवस तथा तेह्रौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको

सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जून ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिएको

आम उपभोक्तालाई खाद्य स्वच्छता र गुणस्तरका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालमा वि.सं. २०६५ देखि खाद्य स्वच्छता दिवस मनाउँदै आइएको

११. थेओरी अफ रिलेटिभिटी’(सापेक्षतावाद) का प्रतिपादक अल्वर्ट आइन्स्टाइन हुन् भने सापेक्ष घनत्वको सिद्धान्तका प्रतिपादक को हुन् ?

 आर्किमिडिज

१२. प्रकृतिमा सबैभन्दा बढी मात्रामा पाइने ग्यास कुन हो ?

 नाइट्रोजन

१३. मानव शरीरको रक्त सञ्चालन प्रक्रिया विलियम हार्वेले पत्ता लगाएका हुन् भने वंशानुक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?

 ग्रेगर मेण्डल

१४. सन्तुलित भोजनको अभावले हुने स्वास्थ्यसम्बन्धी समस्यालाई के भनिन्छ ?

 कुपोषण (मालन्यूट्रेसन)

१५. विश्व स्वास्थ्य सङ्गठनले कोभिड१९ को भेरियन्टलाई ग्रिक अल्फावेटको आधारमा नामकरण कहिले गरेको हो ?

 सन् २०२१ मे ३१

प्हिलो पटक जुन देशमा भेरियन्टको पहिचान भयो त्यही देशको नामको आधारमा कोभिड१९ को भेरियन्ट नामकरण हुन थालेपछि विवाद बढेको थियो। यस्तो विवादलाई साम्य पार्न विश्व स्वास्थ्य सङ्गठनले मे ३१ मा कोभिड भाइरसको नयाँ भेरियन्टको नामकरण गरेको

डब्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई विटा’, भारतमा भेटिएको भेरियन्ट (बी१.६१७.२) लाई डेल्टा नामकरण गरेको। भारतमै फेला परेको अर्को भेरियन्ट (बी१.६१७.१) लाई कप्पानाम दिइएको

अत्यधिक सङ्क्रामक रहेका यी भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्नअर्थात् घातक भाइरसको सूचीमा राखेको

ठाउँको आधारमा नाम दिँदा सम्बन्धित क्षेत्रलाई असर पर्ने भएकोले ग्रिक वर्णमालाबाट छानिएको डब्लूएचलोले जनाएको

भाइरसहरूको आनुवंशिक संरचनाका आधारमा परीक्षण गरी खोप र औषधिको उत्पादनका लागि नामकरण गर्ने गरिएको

भाइरोलोजिस्ट र वैज्ञानिकहरूको समूहले निकालेको निष्कर्षको आधारमा इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आइसीटिभी)ले नामकरण गर्ने

१६. कालो ढुसी (म्युकरमाइकोसिस) नामक सङ्क्रमण कुन रोगका बिरामीमा देखिने सङ्क्रमण हो ?

 कोभिड१९

कोभिड१९ भएका बिरामीमा म्युकरमाइकोसिस नामक सङ्क्रमण हुन सक्ने

यो सङ्क्रमण विरलै देखिन्छ, तर सङ्क्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै यस सङ्क्रमणप्रति सजग हुनुपर्छ

प्रारम्भिक लक्षण

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने,

आँखा रातो हुने,

नाकबाट बाक्लो सिँगान आउने,

ज्वरो आउने,

आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने

रोकथामका उपाय

सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,

नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,

घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने,

धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने,

नुनिलो पानीले नाक सफा गर्ने,

पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,

जथाभावी स्टेरोइड र एन्टिवायोटिक प्रयोग नगर्ने,

सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने,

स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने,

व्यक्तिगत सरसफाइमा ध्यान दिने

१७. सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ ?

 वि.सं. २०७६२०८५

१८. ग्लोबल सेन्टर फर साइवर सेक्युरिटीको स्थापना कहिले भएको हो ?

 सन् २०१८ जनवरी २६

साइवर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेश उपलब्ध गराउने उद्देश्यका साथ विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) द्वारा यस संस्थाको स्थापना भएको

यसको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा रहेको

१९. तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?

 पाँच वर्षे (वि.सं. २०७५ चैत्र)

(रणनीतिले सङ्घीय संरचनाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका तथ्याङ्कीय एकाइ र गर्नुपर्ने काम निश्चित गर्ने। रणनीति कार्यान्वयन अवधिमा केन्द्रीय तथ्याङ्क विभागलाई स्तरोन्नति गरी राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिणत गरिने जनाइएको।)

२०. वर्षमा दुईपटक बजेट पेस गर्ने राष्ट्र कुन हो ?

 फ्रान्स

२१. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालय कहाँ छ ?

 स्वीट्जरल्यान्डको लुजाने

२२. अरूद्वारा गाइएको गीतमा ओठ चलाएर गाएजस्तो गर्नुलाई के भनिन्छ ?

 लिप सिङ्गिङ

२३. सगरमाथाको चुचुरोमा पाइला टेक्ने सबैभन्दा कम उमेरका निजामती कर्मचारी को हुनुहुन्छ ?

 युवराज धिताल

धितालले वि.सं. २०७८ जेठ १७ (सन् २०२१ मे ३१) मा २३ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेका

पश्चिम रुकुमका धिताल हाल नापी कार्यालय दाङअन्तर्गत लमही शाखामा नापी प्राविधिकका रूपमा कार्यरत रहेका

२४. अक्सिजनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?

 जे. प्रिस्टले

२५. कुनै ग्रहले सूर्यको वरिपरि एक पटक घुम्न लागेको अवधिले त्यस ग्रहको केलाई जनाउँछ ?

 एक वर्षको आवधि

(कुनै ग्रहले आफ्नो अक्ष (एक्सिस) मा एक फन्को घुम्न लागेको अवधिले त्यस ग्रहको १ दिनको अवधिलाई जनाउँछ।)

२६. सार्क जापान विशेष कोष (एसजेएसएफ) को स्थापना कहिले भएको हो ?

 सन् १९९३ सेप्टेम्बर २७

२७. दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

 नेपाल

२८. युरोपेली आर्थिक समुदाय (ईईसी) लाई कहिलेदेखि युरोपेली सङ्घ (ईयू) बनाइएको हो ?

 १ नोभेम्बर १९९३

२९. नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

 प्रथम पञ्चवर्षीय योजना

३०. नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम कहिलेदेखि सञ्चालन गरिएको हो ?

 वि.सं. २०५७ मङ्सिर

जेठ १९, २०७८ बुधबार

१. हरित् विकास र विश्वव्यापी लक्ष्य २०३० का लागि साझेदारी (पीफोरजी) सियोल शिखर सम्मेलन कहिले सम्पन्न भयो ?

 सन् २०२१ मे ३०३१ ।

गणतन्त्र कोरियामा आयोजित कार्बन तटस्थताका लागि हरित् पुनः प्राप्ति विषयक भर्चुअल शिखर सम्मेलनमा ४० भन्दा बढी मुलुकका राज्य तथा सरकार प्रमुख, २१ अन्तर्राष्ट्रिय सङ्गठनका नेता, शिक्षा क्षेत्र, नागरिक समाज, व्यावसायिक समुदायका प्रतिनिधिको सहभागिता रहेको ।

शिखर सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी वैश्विक सामूहिक कार्यलाई गति दिन बेलायतमा हुने कोप२६ सम्मेलनका लागि आधार तयार गर्ने जनाइएको ।

सम्मेलनमा मे ३० का दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सन् २०५० सम्ममा कार्बन तटस्थ मुलुक बन्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको ।

२. चीनमा एक दम्पतीलाई तीन सन्तानसम्म जन्माउन पाउने नीति कहिले बन्यो ?

 सन् २०२१ मे ३१ ।

यसअघिको दुईजनासम्म बच्चा जन्माउन पाउने नीति परिवर्तन गर्दै अब एक दम्पतीले तीनजनासम्म सन्तान जन्माउन पाउने नीति सरकारले ल्याएको ।

राष्ट्रपति सी चिन फिङद्वारा मे ३१ को पोलिटव्युरो बैठकमा उक्त नीतिलाई स्वीकृति दिइएको ।

दस वर्षयता जनसंख्या वृद्धिदर ह्वात्तै कम भएपछि राष्ट्रपति सी नेतृत्वको सरकारले जनसङ्ख्या बढाउन नयाँ नीति ल्याएको ।

चीनमा पछिल्लो वर्ष एक करोड २० लाखमात्रै बच्चा जन्मिएका थिए । सन् २०१६ मा एक करोड ८० लाख बच्चा जन्मिएका थिए । यस वर्षको जन्मदर सन् १९६० यताकै सबैभन्दा कम भएको जनाइएको ।

चीनमा सन् १९८० देखि २०१५ सम्म एक दम्पतीले एकजना सन्तानमात्रै जन्माउने नीति लागू थियो । सन् २०१६ मा दुई सन्तानसम्म जन्माउन पाउने नीति लागू भयो ।

३. चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ ?

 जेठ ७ ।

चलचित्र पत्रकार सङ्घ नेपालले २०७८ जेठ ७ गते सङ्घको २२औँ स्थापना दिवस तथा १९औँ चलचित्र पत्रकारिता दिवस मनाएको ।

सङ्घ दर्ता भएको दिनलाई आधार मानेर हरेक वर्ष जेठ ७ मा यो दिवस मनाउँदै आइएको ।

४. विष्णुमती नदी मुहानसम्बन्धी तीर्थलाई के भनी चिनिन्छ ?

 सपनतीर्थ ।

५. नेपालमा राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?

 जेठ १६ ।

६. यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कुन आधारमा गरिने भएको छ ?

 विद्यालयको आन्तरिक मूल्याङ्कनबाट ।

– (कोभिड १९ महामारीका कारण एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनबाट गरिने भएको । कोभिड१९ महामारीकै कारण गत वर्षको एसईई परीक्षा पनि विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै गरिएको ।)

७. गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार स्थापना कहिले भएको हो ?

 विक्रम संवत् २०६२ ।

– (प्रत्येक पाँचपाँच वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलोपटक विसं २०६५ बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको ।)

८. भूउपग्रहबाट पहिलोपटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?

 मुस्ताङ ।

९. नेपाल सहायता समूहको गठन कहिले भएको हो ?

 सन् १९७६ ।

१०. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

 पिगन ।

११. नेपालमा विद्युत् सङ्केतबाट ट्राफिक नियन्त्रण गर्न कहिलेदेखि थालिएको हो ?

 विसं २०२३ ।

१२. नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?

 विसं २०६१ माघ ४, वीरगन्ज ।

१३. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?

 जेठ १५ ।

– (संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको ।)

१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले भएको हो ?

 विसं २०७७ चैत ९१० (सन् २०२१ मार्च

२२२३) ।

१५. मन्त्रिपरिषद्को २०७८ जेठ १० को बैठकले कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त ग¥यो ?

 बालानन्द शर्मा (नेपाली सेनाका पूर्वरथी) ।

१६. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार२०७७ कसलाई प्रदान ग¥यो ?

 खेल पत्रकार कमल खत्री (पुरस्कार राशि रु. ५० हजार) ।

१७. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज ।

१८. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२१ मे २७ मा जारी गरेको नयाँ वरियतामा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 १७१औँ ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा रहेको ।

१९. नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ?

 सुब्बा कृष्णलाल अधिकारी ।

२०. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?

 सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

२१. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ छ ?

 साङ्घाइ (चीन) ।

२२. नेपालमा प्रमुख जिल्ला अधिकारीको नियुक्ति कहिलेदेखि सुरु भएको हो ?

 विसं २०२२ पुस १ ।

२३. सरकारी कार्यालयका साइनबोर्ड नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?

 विसं २०१८ जेठ ९ ।

२४. सर्वप्रथम मूल्य अभिवृद्धि कर लागू गर्ने देश कुन हो ?

 फ्रान्स (सन् १९५४ देखि) ।

२५. नेपालको सबैभन्दा उच्च स्थानबाट बगेको अरूण नदीलाई अर्को के नामले चिनिन्छ ?

 फुङ्चु ।

२६. मनोवैज्ञानिक चिकित्सा प्रणालीका जन्मदाता को हुन् ?

 सिग्मन्ड फ्रायड ।

२७. भारतमा बापु भन्नाले महात्मा गान्धीलाई चिनिन्छ भने नेताजी भन्नाले कसलाई चिनिन्छ ?

 सुवासचन्द्र बोस ।

२८. नेपालमा हायू जातिको मुख्य बसोवास कहाँ रहेको छ ?

 रामेछाप र सिन्धुली ।

२९. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

 माल्दिभ्स ।

– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

३०. बीमा समितिबाट हालै सञ्चालन अनुमति प्राप्त गरेको पुनर्बीमा कम्पनी कुन हो ?

 हिमालयन रिइन्स्योरेन्स कम्पनी । 

जेठ १२, २०७८ बुधबार

१. वरिष्ठ गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानको निधन कहिले भएको हो ?

 विक्रम संवत् २०७८ वैशाख २३

विसं १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रधानलाई नेपाली साङ्गीतिक क्षेत्रमा गोल्डन भ्वाइसउपनामले पनि चिनिने

१६ वर्षको उमेरमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्नुभएका प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरू, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौँलगायतका दर्जनौँ गीत चर्चित छन्

२. नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले चयन हुनुभएको हो ?

 विसं २०७८ वैशाख ३०

संविधानको धारा ७६ (२) अनुसारको गठबन्धन सरकार निर्माणको प्रयास असफल भएपछि प्रतिनिधिसभाकोे सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा (संविधानको धारा ७६ (३) अनुसार) उहाँ पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको। विश्वासको मत पाउन नसकेपछि संवैधानिक प्रावधानअनुसार २०७८ वैशाख २७ गते स्वतः पदमुक्त हुनुभएका एमाले अध्यक्ष ओली तेस्रो दिनमा पुनः प्रधानमन्त्री चयन हुनुभएको। उहाँले वैशाख ३१ मा पद तथा गोपनीपताको शपथग्रहण गर्नुभएको

नेपालको संविधान जारी भएपछि उहाँ पहिलोपटक र सङ्घीय संसद्को निर्वाचनपछि दोस्रोपटक प्रधानमन्त्री चयन हुनुभएको थियो

३. इकोनोमिक अर्लिवार्निङ सिष्टमभन्नाले के बुझिन्छ ?

 वित्तीय क्षेत्रमा आउन सक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई सम्भावित वित्तीय सङ्कटबाट जोगाउने उद्देश्यले राष्ट्रिय योजना आयोगद्वारा सुरुवात गर्न थालिएको पद्धति

(राष्ट्रिय योजना आयोगमातहत रहने यो प्रणालीले समष्टिगत अर्थतन्त्रका सूचकमा भइरहने उतारचढाव र त्यसले नेपालमा पार्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभाव र जोगिन अपनाउनुपर्ने उपाय सरकारलाई सिफारिस गर्ने।)

४. नेपालमा पहिलो राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइएको हो ?

 विसं २०७३ वैशाख २४

गोरखापत्र प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले विसं २०७३ बाट राष्ट्रिय पत्रकारिता दिवसमनाउन थालेको

विसं १९५८ वैशाख २४ गते साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको। सुरुमा साप्ताहिक रूपमा प्रकाशित यो अखबार हप्तामा दुईपटक, तीनपटक हुँदै विसं २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको

नेपालमा फोेटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्र नै हो। विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको थियो

गोरखापत्र २०५९ असार १० गतेबाट रङ्गीन कलेबरमा छापिन थालेको

विसं २०६४ असोज १ गतेबाट नयाँ नेपालशीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र (मातृभाषा) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएको

राष्ट्रिय पत्रकारिता दिवसको घोषणापश्चात् गोरखापत्र संस्थानले २०७३ मा पहिलोपटक ५५ हजार ५५५ रुपियाँ राशिसहितको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गरेको

५. प्रथम विश्वयुद्ध कहिले अन्त्य भएको थियो ?

 सन् १९१८ नोभेम्बर ११

(मानव सभ्यतामाथि चुनौती दिँदै विश्वभर विध्वंश मच्चाएको पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८ मा सुरु भएको थियो।)

६. स्वीट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फूलका प्रकार हुन् ?

 सयपत्री

७. अमलेखगन्जको पुरानो नाम भिच्छाखोरी हो भने वाल्मीकि नगरको पुरानो नाम के हो ?

 भैसालोटन

८. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?

 परिभ्रमण

(पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ।)

९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?

 २५४० किमि

१०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

 मेकियाबेली

११. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि) ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?

 हिमोढ ताल

१२. काठमाडौँमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनले सहयोगका क्षेत्र कति कायम गर्ने निर्णय गरेको छ ?

 १६ वटा

(चाँैथो सम्मेलनले सहयोगका २ क्षेत्र थप गरी १६ कायम गरेको।)

१३. सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?

 मन्त्रिपरिषद्

१४. आवश्यकतामा आधारित उत्प्रेरणाको सिद्धान्त (नीड थ्यौरी)का प्रतिपादक को हुुन् ?

 अब्राहम मास्लो

१५. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?

 स्थिति शक्ति (पोटेन्सियल इनर्जी)

(तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन्।)

१६. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

 सन् १९०१

अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको

नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्वीडेनको राजधानी स्टकहोममा प्रदान गरिने

यो पुरस्कार संयुक्त रूपमा तीनजनासम्मले पाउन सक्ने

१७. सबैभन्दा बढी उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?

 लियोनिङ हरविक्ज (सन् २००७, अर्थशास्त्र)

(सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने :मलाला युसुफ जाई, सन् २०१४)

१८. दोर्दीखोला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?

 २७ मेगावाट (लमजुङ)

(सो जलविद्युत् आयोजनाको प्रारम्भिक परीक्षण २०७८ वैशाखमा सुरु गरिएको। आर्थिक वर्ष २०७७/०७८ भित्रै विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको।)

१९. विसं २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?

 विसं २०७२२०८७

२०. युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 वि.सं २००२ जनवरी १

२१. चाल शक्ति (काइनेटिक इनर्जी) भन्नाले के बुझिन्छ ?

 वस्तुमा हुने चालका कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति

(बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ)

२२. छोरीलाई दाइजोका रूपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?

 चेपाङ

(चिउरीको बियाँ माछा मार्न उपयोग हुने साथै बियाँ पेलेर घिउ पनि निकाल्न सकिने हुँदा बिहेपछि छोरीले चिउरीको घिउ र माछा, मासु खान पाओस् भन्ने विश्वासका साथ।)

२३. नेटुवा जातिको बसोवास कहाँ रहेको छ ?

 कपिलवस्तुको शुद्धोधनमा

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा तीन सयजनाको हाराहारीमा नेटुवा जातिको बसोवास रहेको

यो जातिका मानिसले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गर्दै आएका

२४. हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?

 कमान्डरी किताबखाना

२५. आदिप्रयाग भनेर कुन क्षेत्रलाई बुझाउँछ ?

 देवघाट

२६. विभिन्न किसिमका जीवजन्तु, पशुपक्षी, कीटपतङ्गको वासस्थानका लागि सिम, घोल, पोखरी, नदीकिनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?

 सिमसार

२७. नेपाल राष्ट्र बैङ्कले नेपाल सरकार लेखिएको पहिलो नोट कहिलेदेखि चलनचल्तीमा ल्याएको हो ?

 विसं २०६३ असोज ६ (रु. ५ को नोट)

२८. नेपाल सरकारले कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ?

 विसं २०६६ मङ्सिर १ गते

(यसअघि नेपाली भाषामा मात्र नागरिकता दिइन्थ्यो।)

२९. नेपालले सर्वप्रथम बिप्पा सम्झौता गरेको राष्ट्र कुन हो ?

 फ्रान्स (सन् १९८३ मे २)

३०. मरुभूमि नभएको एकमात्र अरब राष्ट्र कुन हो ?

 लेबनान

जेठ ५, २०७८ बुधबार

१. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ?

 विक्रम संवत् २०७८ वैशाख ३० ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३१ गते प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको ।

वैशाख २७ गते संसद्बाट विश्वासको मत नपाएपछि पदमुक्त ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त ।

संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त ओलीले एक महिनाभित्र पुनः संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको ।

२. भारतको औषधि डिफेन्स रिसर्च डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिज प्रयोगशालासँगको सहकार्यमा विकास गरेको कोरोनाविरुद्धको औषधिको नाम के हो ?

 टुडीजी (टुडीअक्सीडीग्लुकोज)

भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले सन् २०२१ मे १७ मा टुडीजी’ (टुडीअक्सीडीग्लुकोज) औषधि सार्वजनिक गर्नुभएको ।

धूलोका रूपमा प्याकेटमा आउने औषधि पानीमा घोलेर खान मिल्ने गरी उत्पादन गरिएको । शरीरका कोससम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको ।

यस औषधिलाई कोरोनाविरुद्ध सहायक उपचार विधिका रूपमा प्रयोग गरिने जनाइएको ।

यस औषधिले कोरोना बिरामी छिटो निको हुने तथा अक्सिजनप्रतिको निर्भरता कम गर्ने दाबी गरिएको ।

सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको । त्यस्तै, सन् २०२० डिसेम्बरदेखि २०२१ को मार्चसम्म २ सय २० जना सङ्क्रमितमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको ।

३. नेपाल सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?

 विसं २०७२ चैत २५ ।

४. झापाको भद्रपुरदेखि कञ्चनपुरको दोधारासम्म निमार्णाधीन हुलाकी राजमार्गको लम्बाइ कति छ ?

 एक हजार ६६३ किलोमिटर ।

५. निजी क्षेत्रको लगानीमा सम्पन्न नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो ?

 खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) ।

६. नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र कहिलेदेखि लागू भएको हो ?

 विसं २०७० वैशाख २ ।

७. साउदी अरब सरकारद्वारा राजदूतमा नियुक्त पहिलो महिला को हुनुहुन्छ ?

 राजकुमारी रिमा विन्त वन्दार ।

८. वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन कहिले भयो ?

 विसं २०७८ जेठ ३ ।

विसं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित ।

त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गर्नुभएका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

९. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?

 बर्लिन (जर्मनी) ।

१०. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?

 प्रकाश विच्छेदन ।

११. हिप्पोक्याम्पभनेको के हो ?

 एक खगोलीय पिण्ड ।

क्यालिफोर्नियाको एसईटीआई इन्स्टिच्युटद्वारा हालै खोज गरिएको यो खगोलीय पिण्ड वरुण ग्रहको चन्द्रमा भएको दाबी गरिएको ।

अन्यन्त चिसो पिण्ड हिप्पोक्याम्पवरुणकै दोस्रो ठूलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हुन सक्ने खगोलशास्त्रीहरूको अनुमान रहेको ।

हिप्पोक्याम्प पृथ्वीको चन्द्रमाको तुलनामा एक सयगुणा सानो रहेको वैज्ञानिकहरूले जनाएका ।

१२. नेपालका महŒवपूर्ण ९९ जडीबुटीको विवरण उल्लेख गरी राणाकालमा लेखिएको प्रसिद्ध पुस्तक कुन हो ?

 चन्द्रनिघण्टु ।

१३. विश्वमा फुटबलको आविष्कार कुन देशबाट भएको मानिन्छ ?

 चीन ।

विश्वकै नम्बर एक प्रतियोगिताका रूपमा रहेको फुटबलको आविष्कार चीनमा ४७६ बीसी आसपास भएको मानिन्छ ।

फुटबल खेललाई पहिलोपटक सन् १९३७ मा टीभीमा कभरेज गरिएको ।

हरेक फुटबल खेलमा फुटबल खेलाडी औसत ९.६५ किलोमिटर दौडने ।

१४. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरेका व्यक्तिको बसाइँसराइ सम्भावना कति बढी छ ?

 झन्डै चारगुणा ।

 

१५. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

 विसं २०४७ चैत ४ ।

नागरिक लगानी कोष ऐन२०४७ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहन गरी पुँजी वृद्धिका साथै लगानीका अवसर बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखी कोषको स्थापना भएको ।

प्रमुख उद्देश्य

स्वदेश तथा विदेशस्थित नेपाली नागरिकलाई कोषको कार्यक्रममा आबद्ध गर्ने ।

सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने ।

प्राथमिकता प्राप्त क्षेत्र (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा निर्यात प्रवद्र्धन, पुँजीबजारका उपकरण) हरूमा लगानी गर्ने ।

कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।

बजार निर्माता तथा सेयरको थोक खरिद बिक्री (स्टक डिलर) गर्ने ।

पुँजीबजार सेवाका उपकरण÷औजार प्रभावकारी बनाउने ।

१६. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो

 विसं १९५१ (वीरशमशेरको पालामा) ।

१७. नेपालमा स्वास्थ्य सेवा दिवसकहिले मनाइन्छ ?

 फागुन १५ ।

– (नेपालमा विगत ६ वर्षदेखि हरेक वर्ष फागुन १५ गतेका दिन यो दिवस मनाइँदै आएको ।)

१८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

 शैलजा आचार्य ।

१९. साउदी अरबले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो ?

 सन् २०१९ सेप्टेम्बर २७ ।

२०. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

 सतार ।

– (विषखेला पर्व चौर वा खेलमैदानवरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आफूतिर तानेर विष झार्न सक्छ, त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन छ । सतारको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेष गरी झापा जिल्लामा प्रचलनमा छ ।)

२१. सन् २०२१ को मिस युनिभर्सको उपाधि जित्ने सुन्दरी को हुन् ?

 एन्ड्रिया मेजा ।

अमेरिकाको फ्लोरिडामा भएको मिस युनिभर्स प्रतियोगिताको ताज मेक्सिकोकी २६ वर्षीया एन्ड्रियाले पाउनुभएको । विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९औँ मिस युनिभर्स बन्नुभएको । उहाँ पेसाले सफ्टवेयर इन्जिनियर रहनुभएको ।

सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलोपटक रद्द भएको ।

२२. विश्व स्वास्थ्य सङ्गठनले नेपालको कुन स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो सहकार्य केन्द्र (कोल्याबरेटिङ सेन्टर) का रूपमा मान्यता प्राप्त गरेको छ ?

 तिलगङ्गा आँखा प्रतिष्ठान (विसं २०७६ साउन ६) ।

२३. कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?

 राजधनेश ।

२४. नेपालमा सूचना प्रविधि पार्क कहाँ रहेको छ ?

 बनेपा (काभ्रे) ।

२५. नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

 विसं २०७५ फागुन २१ ।

२६. नेपालमा इन्टरनेट सेवा कहिलेदेखि सुरु भएको हो ?

 सन् १९९४ ।

२७. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ?

 अप्रिल ११ ।

२८. अर्थ आवर (हाम्रो पृथ्वी) अभियानको सुरुवात कुन देशबाट भएको हो ?

 अस्ट्रेलिया (सन् २००७ देखि) ।

२९. नेपालको कुन ठाउँलाई कान्छी नेपाल भनी चिनिन्छ ?

 डोटीको सिलगढी ।

(काठमाडौँसँग मेल खाने हावापानी भएकाले सिलगढीलाई कान्छी नेपाल पनि भन्ने गरिएको ।)

बैशाख २९, २०७८

१. २०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?

 १२

नयाँ बन्ने स्मार्ट सिटीहरू :

प्रदेश १ : धनकुटा र गौरीगन्ज

प्रदेश २ : रौतहटको मौलापुर र चन्द्रपुर

वाग्मती प्रदेश : काभ्रेको काभ्रेभ्याली र भक्तपुरको गुन्डु

गण्डकी प्रदेश : वालिङ

लुम्बिनी प्रदेश :लुम्बिनी र तुल्सीपुर

कर्णाली प्रदेश : दुल्लु

सुदूरपश्चिम प्रदेश : भीमदत्त र अमरगढी

सरकारले यसअघि नै १३ वटा सहरलाई स्मार्ट सहरका रूपमा निर्माण गर्ने निर्णय गरेकोमा चैत ३० को मन्त्रिपरिषद्को निर्णयबाट पहिलाको १३ मध्ये ८ र चारवटा नयाँ थप भएर आएको। अहिलेको मन्त्रिपरिषद्को निर्णयबाट १३ वटा बाट आठवटा मात्र छानिए पनि बाँकी पाँचवटा खारेज नभएको र दोस्रो प्राथमिकतामा परेको सहरी विकास मन्त्रालयले जनाएको

२. सर्वप्रथम सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्झनामा तेन्जिङहिलारी मेमोरियल पार्क कहाँ निर्माण गरिएको छ ?

 जिरी (दोलखा) (२०७८)

३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?

 अप्रिल २९

यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड१९ का कारण भर्चुअल रूपमा मनाइएको

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको

४. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे) कहिले मनाउने गरिन्छ ?

 मे २

(चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस२०७८ को नारासमृद्ध नेपालको आधार : सूचना तथा सञ्चार प्रविधिको विस्तार रहेको।)

५. नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?

 विक्रम संवत् २०७८ वैशाख १९

सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकोमा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट डे अहेड विधिअनुरूप प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको

यो एक दिनअघि नै खरिद र बिक्रीदर अनि परिमाण सुनिश्चित हुने (डे अहेड) बजार हो

प्राधिकरणले पहिलो दिन वैशाख १८ गते राति १२ः०० बजे दुई सयदेखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्फत खरिद गरी ढल्केबरमुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको

प्राधिकरणले दुई साता पहिले भारतीय ऊर्जा एक्सचेन्जको सदस्यता प्राप्त गरेसँगै यसका लागि प्रक्रिया अघि बढाइएको थियो। सदस्यता प्राप्तिसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्रसमेत बनेको

बजारको मागअनुसार कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात र निर्यात दुवै गर्न सकिने भएकाले दुई मुलुकबीच विद्युत् व्यापारका लागि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको। साथै, भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच प्राप्त गरेकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि समेत यसबाट सहजता हुन सक्ने जनाइएको

नेपालले दिएको मूल्यभन्दा बढी दिएर अरूले नै लैजान पनि सक्ने भएकाले कतिपय अवस्थामा बढी मूल्य तिर्नुपर्ने वा मागबमोजिमको विद्युत् प्राप्त गर्न असमर्थ हुने स्थिति पनि सिर्जना हुन सक्ने। त्यस्तो अवस्थामा सधैँ सस्तोमा किन्न र महँगोमा बेच्न पाइने अवस्था नरहन सक्ने

६. प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्टटीपीपीए) मा कहिले हस्ताक्षर गरिएको हो ?

 सन् २०१६ फेबुअरी ४

(न्युजिल्यान्डको राजधानी अकल्यान्डमा भएको हस्ताक्षर समारोहमा ३० बुँदे बडापत्र जारी गरिएको।)

७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुनकुन हुन् ?

 लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर (क्रमशः जन्मस्थल/बुद्धत्व प्राप्ति/प्रथम प्रवचन/निर्वाण प्राप्ति)

८. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा स्मार्टकार्डको व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४

९. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?

 विसं २०६५ पुस १७

१०. सहरलाई कुरूप बनाउनेगरी राखिएका होर्डिङबोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?

 विसं २०७६ पुस १०

११. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?

 भारतको इलाहावाद

(यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ। गङ्गा र यमुना नदीको सङ्गमस्थलमा स्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास रहेको छ।)

१२. सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा कहिले गरेको हो ?

 विसं २०७५ फागुन १

१३. एसिया कोअपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?

 सन् २००२ जुन १८

(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको। हाल एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका।)

१४. असंलग्न आन्दोलन (एनएएम) मा आबद्ध सार्क राष्ट्र कुनकुन हुन् ?

 सबै आठ राष्ट्र

१५. राणाकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?

 इस्तिहार

१६. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?

 लाओस

१७. महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

 न्युजिल्यान्ड

न्युजिल्यान्डले सन् १८९३ मा यससम्बन्धी व्यवस्था गरेको

महिलाका लागि मताधिकारको व्यवस्था गर्ने हालसम्मको पछिल्लो राष्ट्र साउदी अरब (सन् २०११ मा) हो

१८. तीनजुरेमिल्केजलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

 विसं २०५५

१९. एटीएम मेसिनको सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९६७

एटीएम मेसिनको आविष्कार जोन सेफर्ड बारोनले गरेका

बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलोपटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको

सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा ४ अङ्कको पिन नम्बर प्रचलनमा रहेको

नेपालमा पहिलोपटक हिमालयन बैङ्कले एटीएम प्रयोगमा ल्याएको

२०. बालविधाको हाइकू चञ्चलका सर्जक को हुनुहुन्छ ?

 भक्त कार्की (पुलाचौर, म्याग्दी)

२१. केन्द्रीय तथ्याङ्क विभागले २०७८ वैशाखमा प्रकाशित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?

 ४.०१ प्रतिशत

चालु आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको। यो प्रक्षेपण तयार गर्न लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो तर कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा प्रक्षेपणलाई संशोधन गर्नुपर्ने

विभागले जनाएको

विभागका अनुसार उक्त वृद्धिदर पछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपियाँ पुग्ने। गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालु मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रुपियाँ रहेको विभागले उल्लेख गरेको। त्यस्तै, विभागले गत आवको वृद्धिदरमा संशोधन गरेर २.१२ प्रतिशत ऋणात्मक रहेको उल्लेख गरेको। यसअघि विभागले १.१९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर ऋणात्मक रहने

अनुमान गरेको थियो

विश्व बैङ्कले भने चालु आवमा नेपालको वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको

एडीबीले सन् २०२१ मा नेपालको वृद्धिदर ३.१ प्रतिशत पुग्ने प्रक्षेपण हालै मात्र (सन् २०२१ अप्रिल) सार्वजनिक गरेको

एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२१ अप्रिलमा सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको

विभागको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय चालु आवमा करिब १० हजार रुपियाँले वृद्धि भई १ लाख ४० हजार ८१९ रुपियाँ पुग्ने। गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ लाख ३० हजार ९५७ रुपियाँ रहेको

२२. हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?

 टेथिस सागर

२३. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ?

 राउटे

२४. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?

 स्नायु प्रणाली

२५. कुन पारिस्थितिक पद्धतिमा जीवपिण्डको पिरामिड ठाडो हुन्छ ?

 स्थलीय पारिस्थितिक पद्धति (टेरिस्ट्रियल इकोसिष्टम)

२६. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?

 विसं २०३९ कात्तिक ३

२७. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?

 विसं १९५८ वैशाख २४

(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र विसं २००० असोज २९ देखि हप्तामा दुईपटक, विसं २००३ पुस २८ देखि हप्तामा तीनपटक र विसं २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको।)

२८. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?

 मनको बाँघ

(पाश्र्वसङ्गीत दिइएको पहिलो नेपाली चलचित्र।)

२९. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमई)को पहिलो महिला प्रमुख को हुन् ?

 क्रिस्टिन ल्यागार्ड (फ्रान्सकी वित्तमन्त्री)

३०. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?

 ब्रह्माण्ड वर्ष (कस्मिक वर्ष)

बैशाख १५, २०७८ बुधबार

१. नेपालको विविध पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको औपचारिक सुरुवात कहिले गरिएको हो ?

 विक्रम संवत् २०७८ वैशाख ६

सुरुवाती लगानी १० अर्ब भएको सो कोषमा नेपाल सरकारको ५ प्रतिशत हिस्सा रहेको

नेपाल सरकारको सहकार्यमा सामूहिक लगानी भिœयाउँदै देश विकासमा काम गर्न कम्पनी खडा गरिएको जनाइएको

२. २०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनःनिर्माणपश्चात् कहिले उद्घाटन गरिएको हो ?

 विसं २०७८ वैशाख ११

पहिलेको धरहराभन्दा उस्तै देखिने तर नयाँ प्रविधिबाट धरहरा पुनःनिर्माण/नवनिर्माण गरिएको

पहिलेको धरहराभित्र केवल सिँढीमात्र थियो भने अहिले भित्र सङ्ग्रहालयलगायत संरचना रहनेगरी निर्माण गरिएको। धरहरा चढ्नका लागि सिँढीका साथै लिफ्ट राखिएको

ढलेको धरहराभन्दा नयाँ बनेको धरहराको चौडाइसमेत ठूलो रहेको

धरहराको ऐतिहासिक महत्त्वलाई कायम राख्दै आधुनिक र व्यवस्थित रूपमा निर्माण गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेस रहेको

२०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मेरो धरहरा, मै बनाउँछुअभियानको घोषणा भएको

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट शिलान्यास गरिएको नवनिर्मित धरहराको प्रधानमन्त्री ओलीबाटै उद्घाटन भएको

पुनःनिर्माण सम्पन्न भए पनि धरहरापरिसरमा अन्य काम बाँकी रहेकाले तत्काल सर्वसाधारणका लागि भने धरहरा खुला नगरिएको

धरहराको पुनःनिर्माणका लागि तीन अर्ब ४८ करोडमा ठेक्का सम्झौता भएको

विसं १८८२ मा भीमसेन थापाद्वारा निर्मित धरहरा ६१.८८ मिटर अग्लो रहेको। १९९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा सो धरहराको पुनःनिर्माण भएको थियो। १९९० सालको भूकम्पअघि ११ तला रहेको धरहरा पुनःनिर्माण गर्दा ९ तलामात्र निर्माण गरिएको थियो

३. विश्व औलो दिवस कहिले मनाइन्छ ?

 अप्रिल २५

(सन् २०२१ मा यो दिवस शून्य औलोको लक्ष्यमा पुग्दै छौँ’ (च्भबअजष्लन त्जभ श्भचय:बबिचष्ब त्बचनभत) को नारासाथ मनाइएको।)

४. सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?

 हास्य कलाकार मदनकृष्ण श्रेष्ठ

५. विसं २०७८ वैशाख ८ मा नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित गरिएको प्रतिवेदनअनुसार प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा बढी हिस्सा कुन राष्ट्रको रहेको छ ?

 भारत (३० प्रतिशत)

६. समावेशीकरण राष्ट्रिय आयोगको गठन कहिले गरिएको हो ?

 विसं २०६५ पुस २९

७. कुन चाडलाई बिस्का वा विस्पती चाड पनि भनिन्छ ?

 विसु पर्व

८. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

 सुवानन्द दास

९. बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?

 कादम्बरी

१०. नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना कहिले भएको हो ?

 विसं २०५५ पुस १६

(नेपालका नागरिक उड्डयनको विकास तथा विस्तार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथप्रदर्शन (एअर नेभिगेसन) र हवाई परिवहन (एअर ट्रान्सपोर्टेसन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यसाथ स्थापित।)

११. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०१८ (हरेक १०/१० वर्षमा हुने)

१२. नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?

 विसं २०७५ साउन १६ (सन् २०१८ अगस्ट १)

(साउन १६ मा नेदरल्यान्डसँगको खेलबाट एक दिवसीय क्रिकेटमा डेव्यु गरेको नेपाल पहिलो खेलमा पराजित भएको थियो भने साउन १८ मा नेदरल्यान्डसँगको दोस्रो खेलमा जित हासिल गरेपछि सिरिज एकएकको बराबरी भएको।)

१३. नेपालसँग दोहोरो करमुक्ति सम्झौता (-DTAA– Double Taxation Avoidence Agreement) भएको पहिलो राष्ट्र कुन हो ?

 भारत (सन् १९८७ जनवरी १८)

१४. २०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी२० सिरिजको उपाधि कसले जित्यो ?

 नेपाल

वैशाख ११ गते त्रिदेशीय टी२० शृङ्खलाको फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि चुमेको

नेपालले घरेलु मैदानमा पहिलोपटक सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचको उपाधि जितेको थियो। सो प्रतियोगिता ५० ओभर फम्र्याटको रहेको थियो

नेपालले समग्रमा दुईभन्दा बढी टोली सहभागी रहेको टी२० शृङ्खला जितेको यो पहिलोपटक हो

यो जित अन्तर्राष्ट्रिय टी२० खेलमा नेपालले अहिलेसम्म प्राप्त गरेको फराकिलो (रनका आधारमा) अन्तरको जित हो। यस्तै, २३८ रनको योगफल नेपालले कुनै पनि विपक्षीविरुद्ध बनाएको ठूलो योगफल पनि हो। यसअघि नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुुटानविरुद्धको खेलमा २३६ रनको योगफल बनाएको थियो। उक्त खेलमा भुटान १४१ रनले पराजित भएको थियो नेदरल्यान्ड्सविरुद्धको यो खेलको योगफल र जितको अन्तरले त्यसलाई पछि पारेको हो

आफ्नो डेव्यु खेलमै लगातार तीनसहित चार अर्धशतक प्रहार गरेका नेपालका प्रारम्भिक व्याट्सम्यान कुशल भुर्तेल त्रिदेशीय टी२० शृङ्खलाको सर्वोत्कृष्ट खेलाडी चुनिएका

यस प्रयिोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सको सहभागिता रहेको

१५. युरो मुद्रालाई कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 विसं २००२ जनवरी १

१६. सार्क जापानविशेष कोष (क्व्क्ँ) को स्थापना कहिले भएको हो ?

 सन् १९९३ सेप्टेम्बर २७

१७. संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकलाई के भनी चिनिन्छ ?

 ब्ल्युु हेल्मेट्स

१८. बायोभिलेज नमुना कार्यक्रम सर्वप्रथम कुन जिल्लामा सञ्चालन गरिएको हो ?

 तनहुँ

१९. ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेक्ने पहिलो नेपाली महिला आरोही बन्न सफल महिला को हुन् ?

 पूर्णिमा श्रेष्ठ (गोरखा)

२०७८ वैशाख ३ मा उनले सो शिखरको सफल आरोहण गरेकी। पूर्णिमासहित दावा याङ्जुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, सर्मिला स्याङ्तान र डाबुटी शेर्पाले आरोहण यात्रालाई सफल बनाएका

आरोहणका हिसाबले जेठो हिमाल अन्नपूर्णमा ३ वैशाखमा दुई कीर्तिमान कायम भएका। पहिलोपटक एकै दिन ६ नेपाली महिलाले आरोहण गरेकै दिन अहिलेसम्मकै धेरै जनाले आरोहण गरेर कीर्तिमान राखेका

२०. पहिचान सम्मान कोषले पहिचान सम्मानबाट कसलाई सम्मानित ग¥यो ?

 खगेन्द्र सङ्ग्रौला (२०७८ मा)

(चार लाख दुई हजार दुई रुपियाँ तथा ताम्रपत्रसहित)

२१. बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ?

 मार्च ३

(विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मार्च ३ मा यो दिवस मनाइँदै आइएको भए पनि नेपालमा भने यसै वर्षदेखि मनाउन लागिएको।)

२२. पार्लियामेन्ट अफ नेपालनामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?

 विसं २०७४ साउन १२

(युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसदको बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने।)

२३. प्रसिद्ध धार्मिक स्थल बडीकेदार कहाँ रहेको छ ?

 डोटी

२४. पुरादित्य गढी महोत्तरी जिल्लामा पर्छ भने दुगुनागढी कहाँ पर्छ ?

 सिन्धुपाल्चोक

२५. नइ चन्द्रधन पुरस्कार२०७७ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

 प्रा.डा. दीर्घराज घिमिरे

त्यस्तै, नइ कीर्तिनिधि पुरस्कारबाट कमल थापा, नई भूपालदुर्गा पुरस्कारबाट प्रा.डा. राजेन्द्र विमल, नइ देरुनिख सुकीर्ति पुरस्कारबाट नीर शाह, नइ ईश्वर बल्लभ पुरस्कारबाट वसन्तकुमार चौधरी सम्मानित भएका

पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको

२६. EPG को पूरा रूप के हो ?

 Eminent Persons Group .

२७. मुलुककै जेठो राष्ट्रिय सङ्ग्रहालयकहाँ रहेको छ ?

 छाउनी, काठमाडौँ

(१८ हजारभन्दा बढी महत्त्वपूर्ण एवम् विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय विसं १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको।)

२८.CERID को पूरा रूप के हो ?

 Research Centre For Educational Innovation and Development

२९. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?

 चिल्का ताल, भारत

३०. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

 रूस

बैशाख ८, २०७८ बुधबार

१. २०७७ चैतमा भएको गैँडा गणनाअनुसार हाल नेपालमा गैँडाको सङ्ख्या कति रहेको छ ?

 ७५२

२०७७ चैत २८ मा सार्वजनिक गरिएको गैँडा गणनाको नतिजाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा भेटिएका। गैँडा गणना २०७७ चैत ९ देखि २८ सम्म गरिएको

कुल गैँडामध्ये वयस्क ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ रहेको

६ वर्षपहिले अर्थात् सन् २०१५ मा गरिएको गैँडा गणनामा नेपालमा कुल ६४५ गैँडा रहेका

२. नेपालको कुन संस्थालाई मानित विश्वविद्यालय (डिम्ड युनिभर्सिटी) बनाउनेगरी प्रारम्भिक कार्य अघि बढाइएको छ ?

 नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)

नार्कलाई मानित विश्वविद्यालय बनाउने धेरै पहिलेदेखि प्रयास हुँदै आएको। नार्कको तीन वर्षीय अन्तरिम योजना (२०६४२०६७) मा पनि यससम्बन्धी कुरा उल्लेख रहेको

नार्कमा मानित विश्वविद्यालय स्थापना भएपछि त्यहाँ अनुसन्धानका साथै अध्यापनको कार्य पनि हुने

यसको स्थापनामा भारतको सहयोग रहने

३. विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्ने संस्था कुन हो ?

 एसियाली विकास बैङ्क (एडीबी)

सरकारले सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन बनाउने भएको

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ

एक वर्ष (२०७८ चैत) भित्र चार्जिङ स्टेसनको निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत्् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने

तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्नेगरी नेपाल विद्युत् प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ। ५० वटै स्टेसनको कन्ट्रोल काडमाडौँबाट हुनेछ

४. नेपाल आयल निगमले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर कहिलेदेखि लागू गर्नेगरी निर्णय गरेको हो ?

 विक्रम संवत् २०७८ वैशाख २

देशभरका सबै डिपोमा ईआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्चस्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको

ईआरपी सफ्टवेयर लागू भएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको

देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आईओसी) ले दिएको तेलको परिमाणलगायत सबै तथ्याङ्क सफ्टवेयरमार्फत सजिलै जानकारी पाउन सकिने

पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेलसमेत मिलाउन सकिने

व्यवसायीले घर बसेरै तेलको डिमान्ड गर्न र पैसा तिर्न सक्ने। त्यस्तै, ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा प्राप्त गर्न सक्ने

५. सरकारले व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ कुन अवधिलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाउन थालेको छ ?

 वैशाख १ देखि ७ (विसं २०७८ देखि)

नेपाल सरकारले सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ

अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको

६. मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?

 विसं २०७८ वैशाख २

नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदनलगायतका सेवा अनलाइनबाट पाउनेगरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको। यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्वलगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको

यस प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ गरिएको

७. जुडशीतल पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?

 तराई

तराईमधेसका थारू, मैथिली तथा मधेसी समुदायमा यो पर्व पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्ष मनाउनेक्रममा मनाउने गरिन्छ

मैथिली भाषीले यसलाई बाइस पावैन (पर्व) पनि भन्ने गर्छन्

यस पर्वमा परिवारका ज्येष्ठ सदस्यले आपूmभन्दा सानो उमेरका व्यक्तिलाई शिरमा पानी राखेर आशिर्वाद दिने चलन रहेको छ

यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धिका लागि परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनसँग आशिर्वाद लिने चलन रहेको छ

८. सिरुवा पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?

 पूर्वी तराई

वैशाख १ गतेदेखि सुरु हुने नयाँ वर्षसँगै पूर्वी तराईका विशेषगरी राजवंशी, ताजपुरिया, गनगाई, माझी, थारूलगायतका आदिवासी समुदायमा यो पर्व प्रचलनमा रहेको छ

यस पर्वमा नयाँ लुगा लगाउने, मीठा परिकार खाने, परिवार, गाउँ, समाज र राष्ट्रको शान्ति एवम् समृद्धिका लागि ग्राम तथा महाराजथानमा पूजा र घरमा कुलपूजा गरी मनाउने गरिन्छ। यस पर्वमा थानहरूमा मेला लाग्ने गर्छ

९. लैङ्गिक उत्तरदायी बजेट सुरु गर्ने राष्ट्र कुन हो ?

 अस्ट्रेलिया (सन् १९८४)

१०. फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?

 इलाम

नयाँ वर्ष २०७८ सँगै यस विमानस्थलमा उडान अवतरणको तयारी भइरहेको

३२८ रोपनी क्षेत्रफलमा बनेको सो विमानस्थल २०६७ चैत १३ मा शिलान्यास (तत्कालीन प्रधानमन्त्री झलनाथ खनालद्वारा) भएको

११. नेपालमा स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७२ चैत २५

तपाईंको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल नारासाथ कैलाली जिल्लाबाट यो कार्यक्रम सुरुवात गरिएको

२०७७ चैत २५ गते पाँचौँ स्वास्थ्य बीमा दिवस मनाइएको।)

१२. अमेरिकाको आर्थिक अखबार सीईओ वल्र्डद्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा महँगा देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

 स्वीट्जरल्यान्ड

महँगा देशको सूचीमा दोस्रो स्थानमा नर्वे तथा तेस्रो स्थानमा आइसल्यान्ड रहेका

महँगा देशको सूचीमा नेपाल १२२औँ स्थानमा रहेको

विश्वको सबैभन्दा सस्ता देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा रहेको

सस्ता देशको सूचीमा नेपाल ११औँ स्थानमा रहेको

घरभाडा, रेस्टुरेन्टमा खानाको मूल्य, लुगा, ट्याक्सीभाडा, इन्टरनेटको मूल्यलगायतका विषयलाई आधार मानी सो सूची तयार पारिएको। सर्वेक्षण १३२ देशका राजधानीमा गरिएको

१३. २०७६ माघ २० को मन्त्रिपरिषद् बैठकले देशका कति स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय ग-यो ?

 

(डोटीको जोरायल गाउँपालिका, बझाङको तलकोट गाउँपालिकाका, ओखलढुङ्गाको मोलुङ गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका९ र स्याङ्जाकै गल्याङ नगरपालिका१ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्र्णय भएको।)

१४. एसएलसी (हाल एसईई) मा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द भएको हो ?

 विसं २०६२

१५. नेपालको एकमात्र सिकार आरक्ष कुन हो ?

 ढोरपाटन सिकार आरक्ष

१६. सबैखाले पुँजीमध्ये सर्वोत्तम होमानव जातिमा लगानी भएको पुँजीभन्ने विचारक को हुन् ?

 अल्फ्रेड मार्सल

१७. नेपाल र भारतबीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुका कारण के हो ?

 नेपालले निर्यातभन्दा आयात बढी गर्नु

१८. पत्रपत्रिकाका लागि हुलाक टिकटको व्यवस्था कहिलेदेखि हटाइएको हो ?

 विसं २०६३ जेठ १२

१९. रेड एप्पल भनी केलाई बुझिन्छ ?

 गोलभेँडा

२०. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

 उत्तरी गोलाद्र्ध

२१. नेपालको शिक्षा पद्धतिमा नेपाली विषयलाई अनिवार्य गराउने पहिलो व्यक्ति को हुन् ?

 महाकवि लक्ष्मीप्रसाद देवकोटा

२२. वैशाख १ गते मनाउने गरिएको विसु पर्वकुन ठाउँमा प्रचलित पर्व हो ?

 सुदूरपश्चिम

विसु पर्वलाई विसु सङ्क्रान्ति पनि भन्ने गरिन्छ। मीठामीठा खानाका परिकार बनाई खाने, देउडा खेल्ने एवम् सिस्नुपानी छ्यापेर यो पर्व मनाउने गरिन्छ

विसुका दिन सिस्नु लगाउँदा छालामा भएका घाउ खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ

विसु पर्वमा महिलाले पुतला नाच खेल्ने र पुरुषले विसु बाघ बनाएर दौडाउने चलन रहेको छ

विसु पर्वको दिन कुलदेवताको पूजा गरी गतानीडुब्का (स्थानीय खानाको परिकार) पकाएर खाने साथै मासको दालबाट बनाइने विशेष स्थानीय परिकार बटुकर चुकाउनी खाने चलन रहेको छ

यस दिन भारतको हरिद्वारमा नेपाल तथा भारतका विभिन्न स्थानबाट गङ्गा स्नानका लागि जाने चलनसमेत रहेको छ

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरूप यो पर्व मनाउने गरिएको विश्वास रहेको छ

२३. एसियाली राष्ट्र जोड्ने आइरन सिल्क रोडसम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

 सन् २००६ नोभेम्बर १०

२४. रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५,८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?

 बेडेन पावेल स्काउट पिक

२५. नेपाल सरकारद्वारा जनता आवास कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

 आव २०६६/०६७

सरकारले आव २०६६/०६७ को बजेट तथा कार्यक्रममार्फत सिरहा, सप्तरी तथा कपिलवस्तु जिल्लाबाट जनता आवास कार्यक्रम सुरुवात गरेको

गरिबीको रेखामुनि रहेका नागरिकलाई स्वस्थ तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो

२६. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

 जापान

२७. जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ निघन्टुको प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?

 विसं २०२५

यो ग्रन्थ प्रथम संस्करण प्रकाशित भएको २५ वर्षपछि दोस्रो संस्करण प्रकाशित (नेपाल प्रज्ञाप्रतिष्ठानबाट) भएको

लोकजीवन र आयुर्वेद चिकित्सा क्षेत्रका विज्ञका लागि उपयोगी उक्त ग्रन्थमा संंस्कृत भाषामा रहेका जडीबुटीका नामसँग सम्बन्धित शब्दका साथै नेपाली, हिन्दी, बंगाली, कर्नाटकी, महाराष्ट्री र ल्याटिन भाषामा समेत यथासम्भव ती शब्दहरूको नाम दिइएको

२८. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?

 इसावेल पेरोन, अर्जेन्टिना

२९. पेलेग्रा रोग भिटामिन बीको कमीले लाग्छ भने स्कर्भी रोग कुन भिटामिनको कमीले लाग्छ ?

 भिटामिन सी’ 

३०. जापानको हिरोसिमामा ६ अगस्ट १९४५ मा विस्फोट गरिएको परमाणु बमको नाम के थियो ?

 लिटिल बोय

बैशाख १, २०७८ बुधबार

१. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसाथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?

 विक्रम संवत् २०७७ चैत २५ ।

सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवम् व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको ।

सार्वजनिक प्रशासनको सुधारका लागि पहिलोपटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको ।

सरोकारवालामा सङ्घीयताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबीच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नुजस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रूपमा लिइएको ।

२. नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय अरनिको प्रज्ञासम्मान २०७७ कसलाई प्रदान ग-यो ?

 वरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठ ।

– (पुरस्कार राशि: एक लाख) ।

३. मुक्तक विधालाई समृद्ध बनाउन तथा जनस्तरमा विस्तार गर्ने उद्देश्यसाथ घुम्ती मुक्तक नेपाल स्थापना कहिले गरिएको हो ?

 विसं २०७७ चैत २७ ।

४. अमेरिकी चर्चित म्यागजिन फोब्र्सद्वारा सन् २०२१ अप्रिल ७ मा सार्वजनिक विश्वका धनाढ्यको सूचीअनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?

 जेफ बेजोस

फोब्र्सको सूचीअनुसार सर्वाधिक धनी दस अर्बपति

अर्बपतिको सूचीमा सबैभन्दा धेरै अर्बपति (७२४ जना) अमेरिकाका रहेका । यसपछि दोस्रो स्थानमा चीन (६९८ जना) का रहेका ।

दक्षिण एसियाली राष्ट्र भारतबाट १४० जना अर्बपति सूचीमा पर्न सफल भएका ।

५. रेडियो नेपालले कहिलेदेखि बाल समाचार सुरु गरेको हो ?

 विसं २०६४ वैशाख १ ।

६. गृह मन्त्रालयद्वारा प्रकाशित तथ्याङ्कअनुसार हाल देशभर लागूऔषधका दुव्र्यसनी कति छन् ?

 एक लाख ३० हजार ४२४ ।

तथ्याङ्कअनुसार अधिकांश दुव्र्यसनी १५ देखि २४ वर्ष उमेर समूहका रहेका ।

प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले दुव्र्यसनी बढ्ने देखिएको ।

७. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

 लिच्छविकाल ।

८. भियतनामको राष्ट्रपति पदमा को चयन भएका छन् ?

 नुएन झुआन फुक ।

फुकले सन् २०२१ अप्रिल ५ मा औपचारिक रूपमा सपथ लिनुभएको ।

९. कम्प्युटरमा प्रयोग हुने इन्टेलको पूरा रूप के हो ?

 इन्टिग्रेटेड इलेक्ट्रोनिक्स ।

१०. नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा को चयन भएका छन् ?

 राजेन्द्र मल्ल (विसं २०७७ चैत २६) ।

११. संयुक्त अधिराज्य (बेलायत)का महारानी एलिजावेथ द्वितीयाका पति राजकुमार फिलिप (ड्युक अफ एडनवर्ग)को निधन कहिल भएको हो ?

 सन् २०२१ अप्रिल ९ ।

१२. आर्थिक वर्ष २०७७÷०७८ को पहिलो आठ महिनामा नेपालको सार्वजनिक ऋण जीडीपी कति प्रतिशत पुगेको छ ?

 ३८.५१ प्रतिशत ।

२०७७ फागुन मसान्तसम्म सरकारले भुक्तानी गर्न बाँकी कुल ऋण १५ खर्ब १८ अर्ब ९२ करोड पुगेको ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब ७० करोडबराबर रहेको ।

अर्थ मन्त्रालयका अनुसार २०७७ फागुन मसान्तसम्म नेपालको कुल आन्तरिक ऋण सात खर्ब १८ अर्ब तीन करोड रुपियाँ पुगेको । त्यस्तै, कुल सार्वजनिक विदेशी ऋण आठ खर्ब ८९ करोड रुपियाँबराबर पुगेको ।

विभागले राष्ट्रिय लेखा गणनाका आधार वर्ष परिवर्तन गर्दै जीडीपीको रिवेसिङ गरेको । विभागले यसअघि सन् २०००÷०१ लाई आधार वर्ष मानेर त्यसका आधारमा राष्ट्रिय लेखा गणना गर्दै आएकोमा अहिले त्यसलाई प्रतिस्थापन गरी सन् २०१०÷११ लाई नयाँ आधार

वर्ष कायम गरेको ।

गणना वर्ष परिवर्तनपश्चात् अर्थतन्त्रको आकार १ खर्ब ७६ अर्ब ७० करोड रुपियाँले वृद्धि भएको ।

पहिलेकै आधार वर्षका आधारमा हेर्दा हाल नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपियाँ हुने, साथै पहिलेको जीडीपीलाई आधार मान्दा नेपालको सार्वजनिक ऋणको आकार ४०.३२ प्रतिशतबराबर हुन आउने ।

१३. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनुपर्छ ?

 ५० एक्युआईभन्दा तल ।

– (विश्व स्वास्थ्य सङ्गठनले ५० एक्युआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्युआई एक सयसम्मको अवस्थालाई सामान्य मानेको ।)

१४. आईएसओ९०० वस्तुको गुणस्तरसँग सम्बन्धित छ भने आईएसओ १४०० केसँग सम्बन्धित छ ?

 वातावरण व्यवस्थापन ।

१५. दादानी प्रथाकसकसको बीचमा प्रचलित व्यापारिक प्रथा हो ?

 अलैँची उत्पादक किसान र खरिद गर्ने व्यापारीबीच

१६. सवारीसाधनको धूँवाको मात्रा नाप्ने इकाइ एचएसयुको पूरा रूप के हो ?

 हेरिटेज स्मोक युनिट ।

१७. कलाकार अरनिकोलाई चिनियाँले के भनी सम्बोधन गर्थे ?

 आनिक ।

१८. रेड रिबन कुन रोगको जनचेतनाको चिह्नका रूपमा प्रयोग गरिन्छ ?

 एचआईभी एड्स ।

१९. नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?

 जुद्धशमशेर ।

२०. नेपालमा सबैभन्दा बढी गजुर भएको मन्दिर कुन हो ?

 पाटनको कृष्णमन्दिर (२१ गजुर) ।

२१. तीन जिल्ला जोड्नेगरी तीनमुखे झोलुङ्गेपुलको निर्माण कहाँ गर्न थालिएको छ ?

 रिडीधाम (स्याङ्जा, गुल्मी र पाल्पा जिल्लालाई जोड्नेगरी) ।

आवागमनको सहजीकरणका साथै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्व राख्नेगरी सरकारले सो पुल निर्माण गर्न थालेको । सरकारले यस पुललाई विशिष्टीकृत पुलको नामकरण गरेको ।

आव २०७७÷०७८ भित्रै पुल निर्माण गरिसक्ने योजना रहेको जनाइएको ।

२२. नेपाल उद्योग वाणिज्य महासङ्घले कुन अवधिसम्ममा नेपालको अर्थतन्त्र सय अर्ब डलर पु-याउने लक्ष्यसहित भिजन पेपर२०३० सार्वजनिक गरेको छ ?

 १० वर्ष ।

भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पनासहित एक सयवटा योजना समावेश गरिएको ।

त्यस्तै, भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अङ्कमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब डलर पु-याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको ।

महासङ्घको ५५औँ वार्षिक साधारणसभा एवम् उद्योगवाणिज्य दिवस २०७७ को अवसरमा भिजन पेपर सार्वजनिक गरिएको ।

२३. २०७७ चैतमा पोखरामा सम्पन्न आहारारा गोल्ड कपको उपाधि कसले जित्यो ?

 काठमाडौँको सङ्कटा क्लब ।

२४. पर्यटनका लागि सँगसँगैभन्ने नारासाथ नेपाल पर्यटन वर्षकहिले मनाइयो ?

 सन् २०११ ।

– (यसअघि सन् १९९८ लाई नेपाल भ्रमण वर्षर सन् २००२२००३ लाई गन्तव्य नेपाल वर्षका रूपमा मनाइएको थियो ।)

२५. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

 तीन भागमा ।

२६. नेपाली साहित्यमा त्रिमूर्ति भनी चिनिने साहित्यकार कोको हुन् ?

 लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण सम ।

२७. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

 प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट ।

२८. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्ड एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?

 तारापुञ्ज ।

– (सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाश गङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)

२९. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

 वंशाणुगत परिवृत्ति ।

३०. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

 विसं १९४६ साउन १२ ।

चैत २५, २०७७ बुधबार

१. नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी वायुसेवा कम्पनीहरूले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउनेसम्बन्धी निर्णय कहिले गरेको हो ?

 विक्रम संवत् २०७७ चैत ९ ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सो सेवा उपलब्ध गराउने निर्णयसँगै नेपाली आकाशमा विदेशी एयरलायन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)बाट अनुमतिप्राप्त एयरलायन्सले सो सुविधा प्राप्त गर्ने ।

नेपालका आन्तरिक वायुसेवाप्रदायकले भने यस्तो सुविधा उपलब्ध गराउन पाउने छैनन् ।

दूर सञ्चार प्राविधिकरणका अनुसार नेपाली आकाशमा प्रवेश गर्ने र नेपाली आकाश हुँदै बाहिरिने अवस्थामा नेपालको सीमाभित्र एयरलायन्सहरूले इन्टरनेट उपभोग गर्न सक्नेछन् । १० हजार फिटभन्दा कम उचाइमा जहाज उडान र अवतरणको तयारी चरणमा रहने र उक्त उचाइभन्दा कम अवस्थामा इन्टरनेट उपलब्ध गराउँदा स्थानीय दूरसञ्चार सेवाप्रदायकको सेवामा असर पर्न सक्ने भएकाले यो उचाइ कायम गरिएको प्राधिकरणले जनाएकोे ।

२. सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि कति रकम घोषणा गरेको छ ?

 पाँच अर्ब ६ करोड ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ चैत १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको प्रतिवेदनमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा लैजाने घोषणा गरिएको ।

सरकारले गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको घोषणा गरे पनि कोरोना महामारीका कारण यो कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन ।

मन्त्रालयका अनुसार ४ हजार २५० सामुदायिक विद्यालयले ६ लाख ५० हजार देखि १ करोड रुपियाँसम्म पाउन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको ।

३. राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

 देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने

नेपालमा पहिलोपटक सबै निकायबाट हुने अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीद्वारा राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गरिने भएको । कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना गर्न लागिएको ।

यसले अपराधमा संलग्न व्यक्तिको सूचना आदानप्रदानमा सहजता हुुने विश्वास गरिएको ।

प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभागजस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिको समेत एकीकृत तथ्याङ्क राखिनेछ । यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानका क्रममा रहेकोसमेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुने बताइएको ।

४. २०७७ चैत २० को मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?

 लक्ष्मण हुमागार्इं ।

५. बैतडीको सिगासमा पत्ता लागेको फलामखानीबाट फलाम उत्खननको कार्य कहिलेदेखि सुरु गरियो ?

 विसं २०७७ चैत ८ ।

६. विश्व बैङ्कले दक्षिण एसियाको अर्थतन्त्रबारे २०७७ चैत १८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 २.७ प्रतिशत ।

आफ्नो अघिल्लो प्रक्षेपणलाई संशोधन गर्दै विश्व बैङ्कले आव २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रातशत पुग्ने जनाएको ।

यसअघि जनवरीमा बैङ्कले वृद्धिदर केवल २.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले गत आवमा भने नेपालको वृद्धिदर १.९ प्रतिशतले ऋणात्मक हुन पुगेको उल्लेख गरेको ।

प्रतिवेदनअनुसार दक्षिण एसियाली राष्ट्रहरूमध्ये आव २०२१÷२२ मा भारतको आर्थिक वृद्धिदर उच्च (१० प्रतिशत) रहने अनुमान गरिएको,

समग्र दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा माइनस ५.४ रहेको उल्लेख गर्दै यस क्षेत्रको सन् २०२१ मा भने ७.२ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण रहेको ।

७. राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?

 ३ (कञ्चनपुरको दैजीछेला, बाँकेको नौबस्ता र मकवानपुरको मयुरधाप)

आयोगको २०७७ चैत ९ को बैठकले ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरिएको ।

यी औद्योगिक क्षेत्र आयोगको आयोजना बैङ्कमा समेत समावेश भएका छन् ।

आयोगले बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड२०७७ अनुसार ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको ।

५० करोड रुपियाँभन्दा बढी लागत अनुमान भएका तथा निर्माण सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने मादण्डमा

उल्लेख रहेको ।

८. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण सिफारिस गर्ने संवैधानिक निकाय कुन हो ?

 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ।

९. कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्ने उद्देश्यले गाउँपालिकामा गठित न्यायिक समितिको संयोजक को हुने व्यवस्था छ ?

 गाउँपालिकाको उपाध्यक्ष (नगरपालिकामा उपप्रमुख

संयोजक रहने ।)

१०. इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा सार्वजनिक ग्लोबल टेरोरिजम इन्डेक्स२०२० अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 २७औँ ।

११. स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडलाई पहिले के नामले चिनिन्थ्यो ?

 नेपाल ग्रिन्डलेज बैङ्क लिमिटेड ।

१२. युएनओ बडापत्रमा कति धारा रहेका छन् ?

 १११ ।

१३. पशुपतिमा भट्ट पुजारी राख्ने चलन चलाउने राजा को हुनुहुन्थ्यो ?

 यक्ष मल्ल ।

१४. तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुनुहुन्थ्यो ?

 रत्न मल्ल ।

१५. भेल्भेट क्रान्ति कुन देशसँग सम्बन्धित छ ?

 चेकोस्लोभाकिया (सन् १९८९) ।

– (त्यस्तै, ओरेन्ज क्रान्ति: युक्रेन, लोटस क्रान्ति: इजिप्ट, बुल्डोजर क्रान्ति: सर्बिया, पिङ्क रिभोलुसन: किर्गिस्तानसँग सम्बन्धित रहेका ।)

१६. गोल्डमाइन भनी केलाई चिनिन्छ ?

 मुनाफायुक्त उद्योग ।

१७. अरब लिगको मुख्यालय इजिप्टको कायरोमा रहेको छ भने अफ्रिकी एकता सङ्गठन (ओएयु)को मुख्यालय कहाँ रहेको छ ?

 आदिसअवावा (इथियोपिया) ।

१८. बिट्क्वाइनको सुरुवात कहिले र कुन देशबाट भएको हो ?

 सन् २००९ जनवरी, जापान ।

बिट्क्वाइन एकप्रकारको भर्चुअल मुद्रा हो, यो कुनै क्वाइन अर्थात् नोट होइन ।

यसलाई अनलाइन करेन्सी तथा क्रिप्टोकरेन्सी पनि भनिन्छ ।

ओपनसोर्स सफ्टवेयरमा आधारित यो अभौतिक मुद्रालाई वास्तविक मुद्रा भुक्तानी गरी किन्नुपर्ने हुन्छ ।

इन्टरनेटबाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिट्क्वाइनलाई

राख्ने गरिन्छ ।

अनलाइन कारोबार गरिने यसको प्रयोग अनलाइन सपिङ, विनाबैङ्क लेनदेन गर्न तथा गैरकानुनी ट्रान्जेक्सन

आदिमा हुन्छ ।

१९. बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा औपचारिक रूपमा सुरुवात कहिले गरियो ?

 विसं २०७७ चैत २० ।

काठमाडौँमा वितरण भएको ६ दिनपछि मेलम्ची खानेपानीको औपचारिक रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भृकुटीमण्डपको ढुङ्गेधारामा मेलम्चीको पानी धारा खोलेर उद्घाटन गरिएको ।

मेलम्चीको पानी आएपछि उपत्यकाको जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणका साथै जमिनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको ।

२०. वैदेशिक ऋण लिने वा नलिनेसम्बन्धमा ग्रीसमा जनमतसङ्ग्रह कहिले भएको थियो ?

 सन् २०१५ जुन ५ ।

त्यस्तै, ईयूमा रहने वा अलग हुने भन्ने विषयमा बेलायतमा सन् २०१६ जुन २३ मा जनमतसङ्ग्रह भएको ।

संवैधानिक सुधारका विषयमा इटालीमा सन् २०१६ डिसेम्बर ४ मा जनमतसङ्ग्रह भएको । टर्कीमा राष्ट्रपतिको अधिकारका सम्बन्धमा सन् २०१७ अप्रिल १६ मा जनमतसङ्ग्रह भएको ।

२१. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?

 कार्लविलहेल्म सीले (सन् १७७४) ।

– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)

२२. नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको उद्घाटन कहिले गरिएको हो ?

 विसं २०७६ जेठ १५ ।

२३. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

 १६ वर्ष ।

२४. अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको हो ?

 विसं २०७५ वैशाख २४ ।

२५. सबैभन्दा धेरैपटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

 रूस ।

– (भिटो प्रयोग गर्नेमा दोस्रो अमेरिका र तेस्रो बेलायत रहेका ।)

२६. नेपालमा पहिलो निर्वाचन दिवस कहिले मनाइयो ?

 विसं २०७४ फागुन ७ ।

२७. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

 काठमाडौँ ।

– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तरपूर्व बागमती नदीकिनारमा रहेको ।)

२८. सङ्कटमा परेका विभिन्न प्रजातिका जीवजन्तुको सूची कसले प्रकाशित गर्छ ?

 आईयूसीएन ।

२९. स्क्रब टाइफस रोग पहिलोपटक कहिले र कुन देशमा पहिचान भएको हो ?

 सन् १९३०, जापान ।

– (नेपालमा यो रोग पहिलोपटक सन् २००४ मा पहिचान भएको ।)

चैत १८, २०७७ बुधबार

१. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?

 विक्रम संवत् २०७७ माघ १३

भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुनेछन्। यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन्। त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन्। यससँगै फरकफरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ। अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ

भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ। कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाट सबै काम सम्पन्न गर्नेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो

२. प्रसिद्ध चित्रकार÷मूर्तिकार पाब्लो पिकासोको जन्म कुन देशमा भएको हो ?

 स्पेन

(ग्वेर्निका यिनको प्रख्यात चित्रकला हो। यिनले कलामा घनवादको सुरुवात गरेका।)

३. एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स अवार्ड प्राप्त गर्ने नेपालको वाणिज्य बैङ्क कुन हो ?

 नबिल बैङ्क

(मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरद्वारा एचआर मिटअन्तर्गत पहिलोपटक समावेश गरिएको अवार्ड नबिल बैङ्कले प्राप्त गरेको। वर्किङ कल्चर, सेवासुविधा र उत्प्रेरणाका हिसाबले उत्कृष्ट भएका कारण अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको

४. मिथिला नाट्यकला परिषद्द्वारा दिइँदै आएको महामुर्खको उपाधि यस वर्ष (२०७७) कसलाई प्रदान गरियो ?

 चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

(परिषद्द्वारा प्रत्येक वर्ष होली पर्वको पूर्वसन्ध्यामा महामुर्ख सम्मेलन गरी समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएकालाई सम्मानस्वरूप महामुर्खसहितका उपाधि प्रदान गरिंदै आएको।)

५. एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?

 गँड्यौला

६. अर्वुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो ?

 मल्टिड्रग थेरापी

७. सङ्गीतशास्त्रको मूल कुन वेदलाई मानिन्छ ?

 सामवेद

सामवेदमा १८२४ मन्त्र रहेका

सबै वेदको प्रमुख अंश यसमा रहेको। यसमा तीन शाखा र ७५ ऋचा रहेका

यस वेदमा अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको

८. भारतीय अन्तरीक्ष प्रक्षेपणले एकैपटक कतिवटा उपग्रह प्रक्षेपण गरी कीर्तिमान कायम ग¥यो ?

 १०४ वटा

आईएसएले भारतलगायत अमेरिका, इजरायल, नेदरल्यान्ड, स्वीट्जरल्याड, कजाकिस्तान र युएई गरी १०४ उपग्रह प्रक्षेपण गरेको

सन् २०१७ फेबु्रअरी १५ मा ती उपग्रह प्रक्षेपण गरिएको

यसअघि सन् २०१४ मा रूसले एकैपटक ३७ भूउपग्रह प्रक्षेपण गरेको

९. सत्यनिरूपण तथा मेलमिलाप आयोगको गठन कहिले गरिएको हो ?

 विसं २०७१ माघ २७

(बेपत्ता छानबिन आयोगको गठन पनि २०७१ माघ २७ मा नै गरिएको।)

१०. मकै पर्व (विसं १९७७)को पोल खोल्ने व्यक्ति रामहरि अधिकारी र भोजराज जोशी हुनुहुन्छ भने लाइब्रेरी पर्व (विसं १९८७)को पोल खोल्ने व्यक्ति को हुनुहुन्छ ?

 रामचन्द्र अधिकारी

अन्य घटनामा पोल खोल्ने व्यक्ति ?

भण्डारखाल पर्व (विसं १९०३ कात्तिक १२): विजयराज पण्डित

३८ सालको पर्व (विसं १९३८)ः उत्तरध्वज खवास

प्रचण्ड गोरखा पर्व (विसं १९८८)ः लक्ष्मण राज

प्रजा परिषद् काण्ड (विसं १९९३)ः रामजी जोशी र मुरलीधर पण्डित

११. यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?

 मुगु

१२. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?

 शुक्ल पक्ष

(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष भनिन्छ। शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ।)

१३. विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल कहाँ पाइन्छ ?

 मुगु जिल्लास्थित रारातालआसपास

१४. नेपालका प्रथम ग्राजुयट सिभिल इन्जिनियर को हुनुहुन्छ ?

 डिल्लीजङ्ग थापा

(हेटौँडाकाठमाडौँ रोपवे, विसं १९९० को भूकम्पमा भत्केको धरहरा र घण्टाघरको पुनर्निर्माण, डिल्लीबजार चारखाल अड्डा, जनकपुरजयनगर रेल्वे, भूकम्पमा भत्केको शितल निवासको पुनर्निर्माणलगायतका भवन÷मार्ग आदिको निर्माण डिजाइनमा यिनको भूमिका रहेको। यिनकै नामबाट काठमाडौँस्थित डिल्लीबजारको नामकरण गरिएको।)

१५. विश्व कविता दिवस कहिले मनाइन्छ ?

 मार्च २१

१६. ला मिजरेबलनामक वृहत् उपन्यासका लेखक को हुनुहुन्छ?

 फ्रेन्च साहित्यकार भिक्टर ह्युगो

१७. मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा वितरण सुरुवात कहिले गरियो ?

 विसं २०७७ चैत १५

बाइस वर्ष लगाएर बनाइएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा पहिलोपटक वितरण सुरु गरिएको

सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउनयोग्य बनाएर महाँकालस्थित पोखरी (वितरण केन्द्र) बाट चाबहिल, बत्तीसपुतली, कालोपुल, सिफल, एयरपोर्टलगायतका क्षेत्रमा वितरण गरिएको

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा वितरण गर्ने योजना बनाएको

मेलम्चीबाट प्राप्त १७ करोड लिटर पानी र काठमाडौँ उपत्यकाको भूमिगत पानी आठ करोड लिटर गरी जम्मा दैनिक २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ

काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ

दोस्रो परियोजनाअन्तर्गत याङ्ग्री र लार्केखोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ कारोड लिटर पानी उपत्यकामा आउनेछ

मेलम्चीको पानी वितरण सुरु भएपछि भूमिगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको

१८. इलियड र ओडिसी नामका दुई प्रसिद्ध महाकाव्यका सर्जक को हुनुहुन्छ ?

 होमर (ग्रीक सभ्यताका महान् कवि तथा इतिहासवेत्ता)

१९. नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

 जेठ २१

२०. शान्ति र समृद्धिका लागि गहन एकताकतिऔँ सार्क शिखर सम्मेलनको नारा हो ?

 १८औँ

२१. सिस्टर रोबर्ट के हो ?

 कोभिड१९ लगायत रोगबाट सङ्क्रमित (विशेषगरी आइसोलेसनमा रहेका) बिरामीको सहयोग एवम् स्वास्थ्यकर्मीलाई ती बिरामीबाट सुरक्षित राख्न सहयोग पु¥याउने रोबर्ट

बागमती प्रदेशको सक्रियतामा नेपाल इन्जिनियर्स एसोसियसनद्वारा यसको निर्माण गरिएको

यस रोबर्टको सहयोगबाट बिरामीलाई आवश्यक पर्ने औषधि, खाना, पानीलगायतका सामग्री रिमोट कन्ट्रोलको सहायताले बिरामीसम्म पु¥याउन सकिने

२२. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले भएको हो ?

 विसं २०७६ माघ २६

२३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?

 मार्च २४

(सन् २०२१ मा यो दिवसको नारा सङ्केत समयको, क्षयरोग अन्त्यकोरहेको।)

२४. नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन कहिले भएको हो ?

 विसं २०७७ चैत १३

२५. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?

 पिण्ड

(वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ। अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ।)

२६. राष्ट्रिय मानवअधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रूपमा व्यवस्था गरिएको हो ?

 विसं २०६३ माघ १

(नेपालको अन्तरिम संविधान२०६३ सँगै)

२७. प्रसिद्ध ओल्को पर्व नेपालको कु्न ठाउँमा प्रचलित छ ?

 सुदूरपश्चिम

२८. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 विसं २०७५ कात्तिक ४

(विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको।)

२९. नेपालमा मात्र पाइने चरा कुन हो ?

 काँडे भ्याकुर

(सबै चराको नक्कल गर्न सक्ने चरा।)

३०. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?

 कपिलवस्तुको शुद्धोधन

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोवास रहेको

यो जातिका मानिसले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गर्दै आएका

चैत ११, २०७७ बुधबार

१. विक्रम संवत् २०७७ फागुनमा सम्पन्न दसौँ नेफ्टा फिल्म अवार्डस्मा लाइफटाइम अवार्ड कसलाई प्रदान गरियो ?

 प्रदीपकुमार उपाध्याय (ध्वनि इन्जिनियर) र नारायण तिमिल्सिना (प्रकाश व्यवस्थापक)

२. सगरमाथा शिखरको सफल आरोहण गर्ने पहिलो पत्रकार महिला को हुन् ?

 कल्पना महर्जन (ललितपुर)

(वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी। उनलाई २०७७ चैत ४ गते पूर्वराष्ट्रपति डा. रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको।)

३. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बङ्गलादेशको राजकीय भ्रमण कहिले सम्पन्न भयो ?

 विसं २०७७ चैत ९ र १०

४. नेपाल सरकारको महान्यायाधिवक्ता कसलाई नियुक्त (२०७७ चैत ६) गरियो ?

 रमेश बडाल

५. तान्जानियामा पहिलोपटक महिला राष्ट्रपतिका रूपमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ?

 सामिया सुलुह हसन (सन् २०२१ मार्च)

(तान्जानियाका राष्ट्रपति जोन मुगुफुलीको निधन (सन् २०२१ मार्च १७) भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बनेकी। संविधानअन्तर्गत हसनले मुगुफुलीको दोस्रो चरणको बाँकी अवधिमा काम गर्ने। सो अवधि सन् २०२५ सम्म हुनेछ।)

६. संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने विभेद उन्मूलन (सिड)को सदस्यमा निर्वाचित नेपाली नारी को हुन् ?

 वन्दना राणा (सन् २०२० नोभेम्बर ९)

हाल समितिको उपाध्यक्ष रहेकी राणा उक्त समितिमा दोस्रोपटक निर्वाचित भएकी

राणा सन् २०२१२०२४ सम्मको कार्यकालका लागि चयन भएकी

यो समिति संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्च आयोगको मातहतमा रहेको

७. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?

 उत्तर अमेरिका

८. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको छ ?

 विसं २०७३ असार १०

(भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ। असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ। विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो। यसअघि कोलकाताहल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ। दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको व्यवसायीहरूको भनाइ छ।)

९. कुवेरको बगैँचालाई के भनिन्छ ?

 चैत्ररथ

१०. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

 राजवंशी

११. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?

 शिवपुरी

१२. नेपाली नोटमा साबिकमा छापिँदै आएको राजाको फोटो र श्रीपेचको सट्टा हाल के छाप्ने गरिन्छ ?

 सगरमाथा

१३. मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

 नारायणी

१४. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?

 सैलुङ (दोलखा)

१५. नेपालको तराई, भावर, दुन, भित्री मधेस टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?

 उष्ण मनसुनी हावापानी

१६. द्वितीय चरणको रूसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

 बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति

१७. नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने स्वीट्जरल्यान्डका बासिन्दालाई के भनिन्छ ?

 स्वीस

१८. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

 गुणकाम देव

१९. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

 राजा त्रिभुवन

२०. राजमाता वसन्तावतीले कुन नदीकिनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?

 चेपेनदी

२१. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?

 आर्य सभ्यता

२२. यदि तपार्इं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस्भन्ने विचारक को हुन् ?

 कन्फ्युसियस

२३. चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?

 खाम्ची

२४. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीनकालमा के भनी चिनिन्थ्यो ?

 विदेह

२५. नेपालमा एफएम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो ?

 विसं २०५२

२६. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?

 अल्जेरिया

(यसअघि सुडान थियो।)

२७. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

 बुचो

२८. प्रसिद्ध खेलाडी मोहम्मद अली कुन खेलसँग सम्वन्धित छन् ?

 बक्सिङ

(विश्वमा महान् बक्सिङ खेलाडीको पहिचान बनाउन सफल अलीको ७४ वर्षको उमेरमा सन् २०१६ जुन ४ मा निधन भएको।)

२९. गङ्गाजमुना कुण्ड धादिङ जिल्लामा पर्छ भने गोसाइँकुण्ड कहाँ पर्छ ?

 रसुवा

चैत ४, २०७७ बुधबार

१. निर्वाचन आयोगद्वारा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गर्ने निर्णय कहिले भएको हो ?

 वि.सं. २०७७ फागुन २५

सर्वोच्च अदालतले २०७७ फागुन २३ मा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा फागुन २५ मा बसेको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको ।

एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्ववत् दल कायम रहेको व्यहोरा जानकारी गराएको ।

२. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी सम्झौता कहिले गरेको हो ?

 वि.सं. २०७७ फागुन

नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२ औँ मुलुक हो ।

विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूषणको हानि व्यहोर्नु परेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपालजस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारवापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाचँ अर्ब रुपियाँभन्दा बढी रकम पाउने ।

३. संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्अन्तर्गतको लागू औषध नियोगको सदस्यमा नेपाल कहिले चयन भएको हो ?

 सन् २०१९ मे ७ (नेपाल पहिलो पटक निर्वाचित भएको)

सो समितिमा नेपाल सन् २०२० देखि २०२३ सम्मको अवधिका लागि निर्वाचित भएको ।

नियोगको सदस्यमा नेपालसँगै एसिया प्रशान्त क्षेत्रबाट चीन, जापान, थाइल्यान्ड, बहराइन, काजकिस्तान, तुर्कमेनिस्तान र पाकिस्तान चयन भएका ।

लागू औषधसम्बन्धी सन्धिमा नेपालद्वारा सन् २००३ मा हस्ताक्षर गरिएको साथै सन् २०११ मा अनुमोदन गरिएको ।

यस सन्धिमा हाल १८६ राष्ट्र आबद्ध भएका ।

४. अन्तर्राष्ट्रिय वन दिवस कहिले मनाइन्छ ?

 मार्च २१

– (संयुक्त राष्ट्र सङ्घले सन् २०१२ डिसेम्बर २१ मा हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने निर्णय गरेको ।)

५. अमिलो मह कुन देशमा पाइन्छ ?

 ब्राजिल

६. वल्र्ड डिजिटल कम्पिटिटिभनेस इन्डेक्स २०२० अनुसार पहिलो पाँच स्थानमा पर्न सफल राष्ट्र कुनकुन हुन् ?

 क्रमशः अमेरिका, सिङ्गापुर, डेनमार्क, स्वीडेन र हङकङ

७. बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?

 अमेरिकी स्वतन्त्रता सङ्ग्राम

८. तराई प्रदेशमा मात्र फैलिएको प्रदेश कुन हो ?

 प्रदेश नं. २

९. अडियो क्यासेटका आविस्कारक को हुनुहुन्छ ?

 लो ओट्टेन्स (डच इन्जिनियर)

उनको आविस्कारको कारण विश्वका सङ्गीत श्रोताहरूको जीवनशैलीमै व्यापक पारिवर्तन आएको थियो ।

तर, कालान्तरमा सीडीको जमानासमेत सकिएर पेनड्राइभहरूमा गीत सङ्गीत सजिलै बोकेर हिँड्न सकिने भएकाले क्यासेट चक्काको प्रचलन सुस्ताउन पुग्यो ।

१०. सबैभन्दा बढी स्थानीय तह पिछडिएको क्षेत्रमा परेको जिल्ला कुन हो ?

 बझाङ

पिछडिएको क्षेत्रमा पर्ने नगरपालिकाको सङ्ख्या ८ र गाउँपालिकाको सङ्ख्या ४९ रहेको ।

सरकारले २०७४ आश्विन २५ मा विभिन्न ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा समावेश गरेको ।

११. इतिहासका पिता भनी कसलाई चिनिन्छ ?

 हेरोडोटस (प्राचीन ग्रिक दार्शनिक)

१२. इटालियन अन्वेषक क्रिष्टोफर कोलम्बसले युरोपबाट अमेरिका पुग्ने बाटो कहिले पत्ता लगाउनुभएको थियो ?

 सन् १४९२

१३. विश्वका कुन शासकलाई वार टाइम प्राइम मिनिस्टर भनेर पनि चिनिन्छ ?

 सर विन्स्टन चर्चिल (ब्रिटिस प्राइममिनिस्टर)

१४. विश्व बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?

 वासिङ्टन डिसी (अमेरिका)

१५. गोरखापत्रको प्रकाशन सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. १९५८ वैशाख २४

तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरका पालादेखि यसको प्रकाशन सुरु भएको ।

सुरुमा गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित हुने गरेको ।

वि.सं. १९८४ वैशाख १३ मा गोरखापत्रमा पहिलोपल्ट तस्बिर छापिएको ।

वि.सं. २००३ पौष ८ देखि हप्तामा ३ पटक प्रकाशित हुन थालेको ।

वि.सं. २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशित हुन थालेको ।

वि.सं. २०१९ असारबाट शनिबारीय परिशिष्टाङ्क प्रकाशन सुरु ।

वि.सं. २०५९ असार १ देखि गोरखापत्र रङ्गीन छापिन थालेको ।

वि.सं. २०६४ आश्विन १ देखि बहुभाषिक रूपमा प्रकाशित हुन थालेको ।

१६. कुन हिमाललाई अफ्रिकाको छानो भनेर चिनिन्छ ?

 किलिमञ्जरो

अफ्रिकी महादेशको तान्जनियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।

यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको ।

यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने अल्टिच्युड सिक्नेसभने लाग्न सक्ने ।

१७. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना गरिने भएको छ ?

 पाँचखाल (काभ्रे)

१८. लोलुफेरा अभियानकेसँग सम्बन्धित छ ?

 पदयात्रा

१९. नेपालमा पहिलोपटक कुसुन्डा भाषाको पढाइ औपचारिक रूपमा कहाँ सुरु गरिएको छ ?

 लमही (दाङ)

२०. नेपालको कुन ठाउँमा हिमचितुवा अनुसन्धान केन्द्रस्थापना गर्ने निर्णय भएको छ ?

 ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र

२१. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?

 सन् २००० को सिड्नी ओलम्पिकदेखि

२२. बारुदी सुरुङमुक्त घोषित हुने पहिलो एसियाली राष्ट्र कुन हो ?

 नेपाल

२३. नेपाललाई कहिलेसम्म शून्य भोकमरी मुलुक (श्भचय ज्गलनभच) मुलुक बनाउने योजना छ ?

 सन् २०२५

२४. पछिल्लो वनस्रोत सर्वेक्षणअनुसार तराईमा प्रतिवर्ष कति वन विनास भएको छ ?

 ०.४४ प्रतिशत

त्यस्तै, चुरे क्षेत्रमा प्रतिवर्ष ०.१८ प्रतिशतले वन विनास भइरहेको ।

वनस्रोत सर्वेक्षण २०१६ अनुसार नेपालमा वनले ओगटेको क्षेत्र ४४.७४ प्रतिशत रहेको ।

नेपालमा सबैभन्दा बढी वन मध्य पहाडी क्षेत्र (३७.८० प्रतिशत) मा रहेको ।

नेपालमा औसत प्रतिहेक्टर रुख सङ्ख्या ४३० रहेको ।

सन् १९९० को वनस्रोत सर्वेक्षणअनुसार नेपालमा वनक्षेत्रले ओगटेको भूभाग ३९.६ प्रतिशत रहेको ।

२५. गगनपुर (प्रस्तावित) अन्तरिक्ष बस्तीको योजनाकार को हुनुहुन्छ ?

 सुशान्त खड्का

२६. ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका

यो प्रविधि पहिलोपल्ट सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमताका साथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको ।

आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँको बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।

यो स्पेसबेस्ड स्याटेलाइट नेभिगेसन सिस्टम हो ।

२७. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने ADSL को पूरा रूप के हो ?

 Asymmetric Digital Subscriber Line

२८. सूचना तथा सञ्चारको सबैभन्दा पुरानो सेवा कुनलाई मानिन्छ ?

 हुलाक सेवा

२९. नेपाल आँखा बैङ्कको स्थापना कहिले र कहाँ भएको हो ?

 सन् १९९४, तिलगङ्गा (काठमाडौँ)

आँखाको नानी प्रत्यारोपण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको ।

अन्तर्राष्ट्रिय आँखा बैङ्कहरूको सङ्घ बाल्टिमोर (अमेरिका) को प्राविधिक सहयोग एवं सहायतामा यस बैङ्कको स्थापना भएको ।

आँखा दान गर्ने व्यक्ति मरेको १२ घण्टाभित्र आँखाको सबैभन्दा बाहिरपट्टि रहेको पातलो झिल्ली अर्थात् कोर्निया झिकी यस बैङ्कमा सुरक्षित साथ राखी अर्को व्यक्तिमा

प्रत्यारोपण गरिने ।

३०. रावलपिण्डी रिजोलुसन नामक कार्यक्रम केसँग सम्बन्धित छ ?

 बाल मजदुरी उन्मूलन

फागुन २६, २०७७ बुधबार

१. संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी)ले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तोन्नतिका लागि सिफारिस गरेको छ ?

 ५ वर्ष (सन् २०२६) ।

संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । तर, त्यसका लागि समय भने केही पर सरेको छ । नेपालले पाँच वर्षको सहुलियतपूर्ण

समय पाएको छ ।

सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै रहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको ।

अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा मापदण्ड तोकी सोअनुसारका सूचक पूरा हुनुपर्ने सर्त राखेको भए पनि दुईवटा मापदण्ड मात्र पूरा भए स्तरोन्नति हुन सकिने प्रावधान छ । आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकमा तोकिएको न्यूनतम अङ्क (थ्रेसहोल्ड) कायम भएकाले नेपाल सन् २०१५ मै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य थियो तर नेपालकै अनुरोधमा यस्तो स्तरोन्नतिलाई स्थगन गरिएको थियो । स्तरोन्नतिको महŒवपूर्ण सूचक प्रतिव्यक्ति आम्दानीमा भने नेपाल अहिले पनि न्यूनतम सीमा (अङ्क) भेट्न सकेको छैन । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय १२३० अमेरिकी डलर

(वार्षिक) हुनुपर्नेमा पछिल्लो मानव विकास सूचकाङ्कअनुसार नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १०२७ अमेरिकी डलर मात्रै रहेकाले यसलाई वृद्धि गरी न्यूनतम बिन्दुमा पु¥याउनुपर्ने दायित्व तथा चुनौती नेपालका अगाडि रहेको छ ।

राष्ट्रसङ्घको प्रचलन अनुसार नयाँ स्तरोन्नत मुलुकले थप ३ वर्ष तयारीका लागि समय पाउने प्रावधान छ । नेपालले २०२४ सम्ममा स्तरोन्नतिका निर्धारित तीनवटै मापदण्ड पूरा गर्नुपर्ने हो तर कोभिड१९ का कारण उत्पन्न विश्वव्यापी असामान्य अवस्थामा नेपालले गरेको विशेष अनुरोधअनुसार दुई वर्ष बढाई सन् २०२६ सम्ममा यस्ता सूचक पूरा गर्न पाउने सुविधा पाएको छ ।

त्यसैगरी, सन् २०३० मा नेपाललाई मध्यम आयको देश बनाउने पनि चुनौती रहेको छ ।

३. अमेरिकी सरकारद्वारा प्रदान गरिएको

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने नेपाली किशोरी को हुन् ?

 मुस्कान खातुन ।

तेजाव आक्रमणमा परेकी खातुन तेजाव आक्रमण अन्त्यको अभियानमा लागेकी । सोही कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई सो सम्मान प्रदान गरिएको ।

धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाव आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि पहल गर्दै आएकी ।

३. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?

 विसं २०७७ फागुन २१ ।

४. फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई न्यायाधीशलाई घुस दिने प्रयास गरेको आरोपमा तीन वर्ष जेल सजायको फैसला कहिले सुनाइएको हो ?

 सन् २०२१ मार्च १ ।

– (फ्रान्सको इतिहासमा भ्रष्टाचारको मुद्दामा जेल जाने सार्कोजी दोस्रो राष्ट्रपति हुन् । यसअघि मार्सल फिलिपेलाई पनि अदालतले जेल पठाएको थियो ।)

५. सन् २०२१ मार्च ८ मा मनाइएको १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको नारा के हो ?

 वुमेन इन लिडरसिप: एचिभिङ एन इक्वायल फ्युचर इन अ कोभिड१९ वल्र्ड ।

– (राष्ट्रिय नारा: महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार ।)

६. नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७२ चैत २५ ।

– (स्वास्थोपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरी आमनागरिकको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यसाथ यो कार्यक्रम सञ्चालन गरिएको ।)

७. नेपालमा पहिलोपटक पूर्वाधार सम्मेलनको आयोजना कहिले गरियो ?

 विसं २०७१ कात्तिक २५२६ काठमाडौँ ।

८. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७७ फागुन २२ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको ।

सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।

युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।

९. राष्ट्रिय अरनिको सम्मान२०७७ कसलाई प्रदान गरियो ?

 कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्य (पुरस्कार राशि: १ लाख) ।

नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानले विभिन्न सात विधामा राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरेको, पुरस्कृत हुनेमा मिलन शेरचन (हस्तकला), सुरेश लवट (परम्परागत मूर्तिकला), भूषण दुवाल (आधुनिक मूर्तिकला), गणेश जोशी (आधुनिक चित्रकला), कृष्णराम घेमेसू (परम्परागत चित्रकला), लक्ष्मण मन्डल (लोककला) र प्रमिला लामा (वास्तुकला तथा अन्य सृजनात्मक कला) रहेका । पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको ।

त्यस्तै, कलाकार केशव खनाललाई ललितकला राष्ट्रिय पत्रिकारिता पुरस्कार२०७७ एवम् लय मैनालीलाई ललितकला राष्ट्रिय लेखन पुरस्कार२०७७ प्रदान गरिएको ।

१०. युरो३ केसँग सम्बन्धित छ ?

 सवारी मापदण्ड ।

११. इनवार केसँग सम्बन्धित छ ?

 बाँस र बेतबाँस ।

१२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

 सन् १९६१ ।

वैचारिक आस्था एवम् राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी बनाइएकाको सहयोग गर्ने उद्देश्यसाथ यो संस्थाको स्थापना भएको ।

विविध पक्ष (राजनीतिक, धार्मिक, साँस्कृतिक)का आस्थाका बन्दीको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्छ ।

– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठनभनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।

यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।

१३. सीएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?

 अनुराधा कोइराला (दोस्रो नेपाली: पुष्पा बस्नेत) ।

१४. नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शान्तिसम्बन्धी तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर कहिले भएको हो ?

 विसं २०७७ फागुन २१ ।

– (प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितिमा फागुन २१ मा गृहमन्त्री तथा सरकारी वार्ताटोलीका प्रमुख रामबहादुर थापा बादलर नेकपाका प्रवक्ता तथा वार्ताटोली प्रमुख खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको । सरकारी र विप्लव समूहको वार्ताटोलीबीच २० गते तीनबुँदे सहमति भएको थियो । सो सहमतिलाई फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै विप्लव समूहमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।)

 

१५. ब्लड मनी भनेको के हो ?

 मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउनेगरी दुवै पक्षको हित गर्न गरिने रकमको आदानप्रदान ।

१६. संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगद्वारा नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धमा पारित प्रस्तावलाई के भनी चिनिन्छ ?

 आइटम १९ ।

१७. मर्स नामक श्वासप्रश्वाससम्बन्धी रोग सन् २०१५ मा कुन देशमा देखापरेको थियो ?

 दक्षिण कोरिया ।

१८. पर्वतारोहणका लागि खुला गरिएको नेपालको पहिलो हिमाल कुन हो ?

 अन्नपूर्ण ।

१९. केन्द्रीय तथ्याङ्क विभागले कुल गार्हस्थ उत्पादन (जीडीपी) गणनाको आधार वर्ष परिवर्तन गरी नयाँ आधार वर्ष कुन कायम गरेको छ ?

 सन् २०१०÷११ ।

हालको राष्ट्रिय लेखा तथ्याङ्कको आधार वर्ष सन् २०००÷०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरिएको ।

नयाँ आधार वर्षपछि देशको अर्थतन्त्रको आकार बढेको छ । विभागका अनुसार सन् २०००÷०१ लाई आधार वर्षभन्दा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्बको थियो । नयाँ आधार वर्ष सन् २०१०÷११ लाई आधार मान्दा अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब ७० करोड रुपियाँ पुगेको ।

अर्थतन्त्रमा अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन भएको विभागले जनाएको । नेपालले पनि अन्य देशले जस्तै १० वर्षमा आधार वर्ष परिवर्तन गरेको ।

केही विकसित देशले भने तीनदेखि पाँच वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको पाइन्छ । नेपालको इतिहासमा यो पाँचौँ आधार वर्ष हो ।

विभागले २०७७ फागुन २० गते आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले आधार दर र गत वर्षको परिमार्जित जीडीपी प्रस्तुत गरिएको बताएका ।

फागुन १९, २०७७ बुधबार

१. हेटौँडा उपमहानगरपालिका१३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरियो ?

 विक्रम संवत् २०७७ फागुन १३ ।

१९९ किघा १७ कठ्ठा क्षेत्रफल रहेको औद्योगिक क्षेत्रको निर्माण लागत सात अर्क २ करोड ३४ लाख रुपियाँ रहेको ।

६२ वटा प्लट रहने सो औद्योगिक क्षेत्रमा औद्योगिक प्लट, आवासीय क्षेत्र, प्रशासनिक क्षेत्र, सेवा क्षेत्र, मुद्रण क्षेत्र, पेट्रोल पम्प तथा धर्मकाँटा पुल क्षेत्र, भन्सार, ठूला ट्रक पार्किङ क्षेत्र, सशस्त्र बेस क्याम्प, फोहोर पानी प्रशोधन केन्द्र, सडक सञ्जाल, वन तथा मनोरञ्जन क्षेत्रका लागि पूर्वाधार निर्माण गरिने भएको ।

२०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयुरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको ।

२. सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला कहिले भएको हो ?

 विसं २०७७ फागुन ११ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसमा विघटन गर्ने २०७७ पुस ५ गतेको सरकारको निर्णय बदर गर्ने फैसला गरेको । विघटनका पूर्वसर्त पालना नभएको तथा नेपालले अवलम्बन गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संविधानबमोजिम बाहेक असीमित अधिकार नरहेको भन्दै बदर गरेको ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो फैसला गरेको । त्यस्तै, इजलासले १३ दिनभित्र अधिवेशन आह्वानको पनि परमादेश गरेको ।

प्रधानमन्त्री नियुक्ति नै हुन नसक्ने अवस्था रहेमा वा विश्वासको मत प्राप्त गर्ने आधार नभएमा मात्र विघटन गर्न सक्ने परिकल्पना संविधानको धारा ७६ ले गरेको व्याख्या अदालतले गरेको ।

३. झापामा नेपालचीनमैत्री औद्योगिक पार्क शिलान्यास कहिले गरियो ?

 विसं २०७७ फागुन १६ ।

४. महासिद्ध विश्व शान्ति केन्द्र कहाँ निर्माण गर्न

थालिएको छ ?

 लुम्बिनी ।

५. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार२०७७ कसलाई प्रदान ग¥यो ?

 खेल पत्रकार कमल खत्री (पुरस्कार राशी: ५० हजार) ।

६. नेपालमा सरसफाइ सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?

 विसं २०५६ ।

७. फेवातालको चार किल्ला निर्धारणपश्चात् यसको क्षेत्रफल कति कायम भएको छ ?

 ५.७२६ वकिमि (११,२५५ रोपनी ११ आना एक पैसा) ।

गण्डकी प्रदेशले २०७७ फागुन १६ मा पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको । त्यस्तै, सीमारेखाको, परिधि १८ किमि निर्धारण गरिएको ।

तालको चार किल्ला कायम हुन नसक्दा बढ्दो अतिक्रमण हटाउन समस्या भएपछि गण्डकी प्रदेश सरकारले गठन गरेको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिको प्रतिवेदनका आधारमा चार किल्ला कायम गरिएको । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्द्वारा चार किल्ला निर्धारण गरिएको थियो ।

समितिले तालवरपर रहेका जनप्रतिनिधि, स्थानीय तथा ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण र दूरसंवेदन तथा भूभौतिक अध्ययनमार्फत क्षेत्रफल कायम गरेको गण्डकी प्रदेश सरकारले जनाएको । तालको पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खर्पाैंदीचङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन क्षेत्र रहेको ।

विगतको अध्ययन

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोकिँदै आएको थियो ।

यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल ६.५४ वकिमि (१२,८७४ रोपनी)

तोकिएको थियो ।

२०३८ मा यूएनडीपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ५.८ वकिमि (११,४०० रोपनी) तोकेको थियो ।

तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर रहेको जनाइएको ।

८. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज ।

९. श्रीलङ्काको परिवर्तित व्यवस्थापकीय राजधानी कुन हो ?

 श्री जयवर्धनेपुरा (कोलम्बो कार्यपालिकीय र न्यायिक राजधानी रहेको ।)

१०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

 माल्दिभ्स ।

– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

११. डट्स प्लस उपचार कुन रोगसँग सम्वन्धित छ ?

 क्षयरोग ।

१२. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?

 विष्णु गुप्त ।

१३. धार्मिक, पर्यटकीय एवम् जैविक विविधताका हिसाबले महŒवपूर्ण बर्जुताल कहाँ रहेको छ ?

 सुनसरी ।

१४. भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिले

भएको हो ?

 विसं २०७४ साउन १ ।

१५. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?

 फेब्रुअरी २१ ।

– (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)

१६. कुपोषण समस्या समाधान गर्न नेपालमा सञ्चालित दोस्रो बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो ?

 सन् २०१८२०२२ ।

– (पहिलो बहुक्षेत्रीय पोषण योजना अवधि: २०१३२०१८) ।

१७. २०७७ फागुन १४ मा महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरी देवी निधि पुरस्कारबाट ककसलाई सम्मान गरियो ?

 होमनाथदाहाल (वरिष्ठ पत्रकार), डा. रामदयाल राकेश

(साहित्यकार), काशीदेवी झा र गिरिराजकुमारी प्रसाईं ।

पुरस्कारको राशि: जनही एक लाख रुपियाँ रहेको ।

होमनाथ दाहाल गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल पत्रकार महासङ्घको सभापति, सांसद तथा मन्त्रीसमेत भइसक्नुभएको ।

यसैगरी, डा. राकेश नेपाली, हिन्दी, अङ्ग्रेजी भाषाका वरिष्ठ साहित्यकार हुनुहुन्छ ।

काशीदेवी झा पूर्वसांसद एवम् तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० सालमा फाँसी दिइएका दुर्गानन्द झाकी धर्मपत्नी हुनुहुन्छ ।

यस्तै, ९० वर्षीया प्रसाईं काँग्रेस नेता स्वर्गीय भरतबाबु (सीके) प्रसार्इंकी धर्मपत्नी हुनुहुन्छ । उहाँ विभेदको अन्त्य, छुवाछूत प्रथा एवम् कुरीति हटाउन क्रियाशील रहँदै आउनुभएको ।

१८. आधा अङ्ग भाले र आधा पोथीको स्वरूप भएको अनौठो प्रकृतिको चरा कहाँ फेलापरेको छ ?

 अमेरिका ।

सन् २०२१ फेब्रुअरीमा चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चरा फेलापारेका ।

एउटै शरीरमा भाले र पोथीको रङसहित अन्डाशय र डिम्वाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ ।

हिलका अनुसार दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको भाले कार्डिनलको रङ चम्किलो रातो र पोथीको रङ फिक्का खैरो हुने ।

१९. उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रत्येक वर्ष एक हजार नयाँ उद्योग स्थापना गरी डेढ लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ अघि बढाउन थालेको

अभियान कुन हो ?

 ‘मेक इन नेपालस्वदेशीअभियान ।

– (विसं २०७७ फागुन १२ गते उक्त अभियानबारे विस्तृत जानकारीसहितको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आगामी पाँच वर्षमा वार्षिक निर्यात करिब पाँच खर्ब पु¥याउने लक्ष्य लिइएको । हाल नेपालबाट वार्षिक करिब एक खर्बसम्मको निर्यात हुने गरेको ।)

२०. फुटबल खेलाडीलाई बल हेडिङ गर्दा कुन रोग लाग्ने खतरा हुन्छ ?

 मस्तिष्कघात ।

२१. जटिलरोग पहिचान गर्न सक्ने पारमाणविक प्रयोगशाला

(मलिकुलर ल्याब) कुन अस्पतालमा सञ्चालनमा ल्याइएको छ ?

 मीनभवनस्थित सिभिल अस्पताल ।

२२. बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास कहिले गरिएको हो ?

 विसं २०७७ फागुन १ ।

– (त्यस्तै, बुटवलमै दोस्रो केबलकार सिद्धार्थ केबलकारको शिलान्यास २०७७ फागुन ९ मा गरिएको)

२३. कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ?

 विसं २०७७ फागुन १० ।

सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्नेगरी ६ वटा क्षेत्र निर्माणकार्य अघि बढाएको ।

सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको ।

कञ्चनपुरको दैजीछेला, बाँकेको नौवस्ता, रूपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैतमा निर्णय गरेको थियो ।

२४. अन्तर्राष्ट्रिय एकल महिला दिवस कहिले मनाइन्छ ?

 जुन २३ ।

२५. सातवटै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ?

 सुस्मिता मास्के ।

२६. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?

 साङ्घाई (चीन) ।

२७. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटना दर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?

 सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।

२८. वाकर कप÷राइडर कप कुन खेलसँग सम्बन्धित छन् ?

 गल्फ ।

२९. सर्वप्रथम महिला विश्वकप फुटबल आयोजना कहिले गरिएको हो ?

 सन् १९९१ ।

३०. मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गर्ने यन्त्र ब्रेथलाइजरले कति अङ्कभन्दा बढी देखाएमा मापसेगरेको मानिन्छ ?

 ०.१३ ।

फागुन १२, २०७७ बुधबार

१. नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ को मङ्सिर महिनासम्म इन्टरनेटको पहुँच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?

 ८१ प्रतिशत ।

तथ्याङ्कअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५९.६७ प्रतिशत रहेको । गत आवको सोही अवधिमा फिक्स ब्रोडब्यान्डको पहुँच १५.५३ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५६.४२ प्रतिशत रहेको थियो ।

आव २०७७÷७८ सम्मको मङ्सिरसम्ममा पौने ४ करोड भ्वाइस टेलिफोन लाइन वितरण भएको ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार ७ लाख ३५ हजार ६ सय ९१ फिक्स टेलिफोन सेवा वितरण भएको । त्यस्तै, ३ करोड ८१ लाख १७ हजार ७ सय ३५ मोबाइल लाइन वितरण भएको ।

तथ्याङ्कअनुसार ३ करोड ६४ लाख २७ हजार ५ सय ३९ जिएसएम लाइन वितरण भएको । सिडिएमए १६ लाख ९० हजार १ सय ९६ लाइन वितरण भएको ।

नेपालमा फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ पुगेका । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार ७ सय ७२ र एनसेलका फोरजी प्रयोगकर्ता ४१ लाख ५३ हजार १ सय ९० पुगेका । त्यस्तै, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख ११ हजार ३ सय ५४ रहेका ।

२. धुलिखेल नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कहिले गरिएको हो ?

 विसं २०७७ फागुन ५

– (नगरको ३५औँ स्थापना दिवसको अवसरमा जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको ।)

३. नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?

 हितेन्द्रदेव शाक्य ।

शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको ।

शाक्यले २०७७ फागुन २ मा प्राधिकरणको १७औँ कार्यकारी निर्देशकका रूपमा पदबहाली गरेका ।

शाक्यले चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पु¥याउने घोषणा गरेका । अहिले नेपालको प्रतिव्यक्ति विद्युत्् खपतदर २६७ युनिट रहेको ।

४. नगर विकास कोषले आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट नगरपालिका कुनलाई घोषित (२०७७ फागुन) गरेको छ ?

 सर्लाहीको लालबन्दी नगरपालिका ।

– (देशभरिका नगरपालिकाको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषले सो

घोषणा गरेको ।)

 

५. विश्व व्यापार सङ्गठन (डब्लुटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?

 एन्गोजी ओकोन्जोइबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।

डब्लुटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी

पनि हुनुहुन्छ ।

ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुहुनेछ र उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।

सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुनुभएको ।

एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनमा निकै सङ्कटबाट गुज्रिनुपरेको डब्लुटीओलाई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक सङ्कटबाट मुलुकलाई राहत प्रदान गर्न डब्लुटीओको काँधमा ठूलो जिम्मेवारी रहेको ।

६. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) कसलाई प्रदान गरियो ?

 टपेन्द्र कार्की (नागरिक दैनिक) र सुशील पन्त

(लोकान्तर डटकम) ।

– (एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गरिएको ।)

७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषणा ग¥यो ?

 पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ ।

२०७७ फागुन ८ मा आयोजित १५औँ एनएनआईपीए स्पोर्टस् अवार्डमा गौरिका महिलातर्फ र मन्डेकाजी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका ।

पुसमा सम्पन्न पल्सर स्पोर्टस् अवार्डमा पनि यी दुवै खेलाडी वर्षका उत्कृष्ट खेलाडी बनेका ।

यसपटकबाट थप भएको राइजिङ प्लेयर अफ द इयर अवार्ड विधामा पुरुषतर्फ गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी सङ्गीता धामी चयन भएका ।

त्यस्तै, प्रतिभावान खेलाडी अवार्ड पुरुषतर्फ फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरेका । नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित गजराज आदर्श खेलाडीअवार्डबाट कराते प्रशिक्षक अकवर शाह सम्मानित भएका ।

त्यस्तै, पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले जितेका । एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भएका ।

८. विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल नेपालका चार स्वास्थ्यकर्मी कोको हुन् ?

 नर्स दुर्गा सापकोटा, सुष्मा योञ्जन एवम् मिडवाइफ प्रशंसा बुढा लामा र रुक्मणी त्रिपाठी ।

– (नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य सङ्गठन, युएनएफपीए एवम् अन्तर्राष्ट्रिय मिडवाइफ सङ्घद्वारा संयुक्त रूपमा सो सूची

प्रकाशित गरिएको ।)

९. मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश २ प्रमुखमा कसलाई नियुक्त (विसं २०७७ फागुन ७ गरियो ?

 डा. राजेश झा (अहिराज) ।

१०. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?

 म्यारिक लुकास रिज्नेभेल्ड ।

११. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?

 पेरिस (फ्रान्स) ।

१२. विश्वको पहिलो बोल्ने रोबोट किरोवो हो भने नागरिकता प्राप्त गर्ने पहिलो रोबोट कुन हो ?

 सोफिया ।

१३. विश्व खुसी सूचकाङ्क २०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 ९२औँ (अङ्क ५.१३७) ।

सस्टेनेबल सोलुसन नेटवर्कद्वारा सार्वजनिक सो सूचीअनुसार विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड (७.०८

अङ्क) परेको ।

त्यस्तै, सबैभन्दा कम खुसी देशमा अफगानिस्तान (२.५६७ अङ्क) रहन पुगेको ।

सबैभन्दा खुसी पहिलो पाँच राष्ट्रहरूमा क्रमशः फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका ।

सबैभन्दा कम खुसी पछिल्ला पाँच राष्ट्रहरूमा सेन्ट्रल अफ्रिकन रिपब्लिक (१४८औँ), रुवान्डा (१४९औँ), जिम्बावे (१५०औँ), दक्षिण सुडान (१५१औँ), अफगानिस्तान

(१५२औँ) रहेका ।

सार्क राष्ट्रहरूमा पाकिस्तान ६६औँ, माल्दिभ्स ८७औँ, नेपाल ९२औँ, बङ्गलादेश १०७औँ, श्रीलङ्का १३०औँ, भारत १४४औँ र अफगानिस्तान १३५औँ स्थानमा रहेका । सो अध्ययनमा भुटान समावेश नभएको ।

१४. मिसोफोनिया भन्नाले के बुझिन्छ ?

 विभिन्नप्रकारका ध्वनि सुनेर हुने असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ) ।

१५. नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ?

 विसं २०७० साउन ३ ।

– (कमैया मुक्त घोषणा विसं २०५७ साउन २ र हलियाप्रथा मुक्त घोषणा २०६५ भदौ २१ मा गरिएको ।)

१६. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?

 प्रताप मल्ल ।

१७. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?

 विसंं २०७१ पुस ४ ।

१८. राष्ट्रिय बीमा संस्थानले व्यावसायिक कारोबारको थालनी कहिलेदेखि गरेको हो ?

 विसं २०२४ फागुन ११ ।

– (पाँच दशकअघि स्थापित भई बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय बीमा संस्थान विसं २०७७ फागुन ११ देखि ५४औँ वर्षमा प्रवेश गरेको ।)

१९. सार्कद्वारा घोषित अन्तरक्षेत्रीय सम्पर्क दशकको अवधि कुन हो ?

 सन् २०१०२०२० ।

२०. शिक्षा क्षेत्रका दधिची भनेर कसलाई चिनिन्छ ?

 शङ्करदेव पन्त ।

२१. साइलेन्ट स्पिङ नामक वातावरणसँग सम्बन्धित पुस्तकका लेखक को हुन् ?

 राचेल कारसन ।

२२. नेपालका कुन सहिदलाई सहिद माइलाउपनामले चिनिन्छ ?

 दशरथ चन्द ।

२३. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरियो ?

 सन् २०१८ जनवरी २६ ।

साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको

स्थापना गरिएको ।

सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।

२४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने रोबोट सेवाको उद्घाटन कहिले गरियो ?

 विसं २०७६ फागुन ८ ।

 

२५. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?

 काभ्रे ।

जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।

गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।

बौद्ध धर्मावलम्बीले कार्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँलापर्व एवम् हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थी जुट्ने गर्छन् ।

२६. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?

 १८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता

र पलेम्बाङ)

फागुन ५, २०७७ बुधबार

१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले डीग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ?

 मूल प्रमाणपत्र उपलब्ध नगराउने ।

कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा नन ग्रेडेडउल्लेख गर्न सिफारिस गरेको । नन ग्रेडेडप्राप्त गर्नेलाई मूल प्रमाणपत्र उपलब्ध नगराई ग्रेडसिटमात्र उपलब्ध गराउन सिफारिस गरिएको ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत हासिल नगरेकालाई सो व्यवस्था गर्नका लागि सिफारिस गरिएको ।

हाल कक्षा ८ देखि १२ सम्मका परीक्षामा सहभागी भएका सबैले कम्प्लिटेडभनेर मूल प्रमाणपत्र पाउने गरेका छन् । हालको अभ्यासमा परीक्षामा विषयगत रूपमा ३० देखि ४० प्रतिशतसम्म प्राप्त भएमा त्यसलाई डीप्लस र २० देखि ३० प्रतिशतसम्म प्राप्त गरेमा त्यसलाई डीग्रेडमा मूल्याङ्कन गर्ने गरिएको ।

२. सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड (पत्रुखाना) खुवाउन नपाइने व्यवस्था कहिले गरेको हो ?

 विक्रम संवत् २०७७ फागुन ३ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिकासार्वजनिक (२०७७ फागुन ३) गर्दै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा जङ्क फुड खुवाउन

निषेध गरिएको ।

स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका मेनुतयार गरेर पुस्तिका सार्वजनिक गरिएको ।

सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयलाई प्रदान गरेको । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने । सरकारले कर्णालीमा प्रति विद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य क्षेत्रमा १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको ।

३. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ?

 सन् २०१९ जुलाई २४ ।

प्रतिरक्षा योजना सन् २०१२ यता पहिलोपटक सार्वजनिक गरिएको ।

विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।

४. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?

 धारा १३९ ।

– (प्रत्येक प्रदेशमा एक उच्च अदालत रहनेछ । उच्च अदालतले आफ्नो र आफ्नामातहतका अदालत वा न्यायिक निकायबाट हुने न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा पैmसलाको अवज्ञा गरेमा सङ्घीय कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।

प्रत्येक उच्च अदालतमा मुख्य न्यायाधीशका अतिरिक्त सङ्घीय कानुनमा व्यवस्था भएबमोजिमको सङ्ख्यामा न्यायाधीशहरू रहनेछन् ।)

५. सबैका लागि न्याय सुनिश्चित गर्ने मूल लक्ष्यसहित न्यायपालिकाको चौथो रणनीतिक योजना कहिलेदेखि लागू भएको हो ?

 विसं २०७६ साउन १ ।

विसं २०६१ देखि सुरु भएको योजनाबद्ध न्यायालय सुधार अभियानअन्तर्गत चौथो पञ्चवर्षीय रणनीतिक योजना लागू भएको । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराद्वारा २०७६ असार ३१ मा सो योजना सार्वजनिक गरिएको । योजना २०८१ असार मसान्तसम्म कार्यान्वयनमा रहनेछ ।

६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?

 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।

सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।

तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।

यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।

एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

सो पश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।

७. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?

 नेगुल्ट्रम ।

८. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

 भीमशमशेर ।

९. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?

 सन् १९२९ ।

– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा विङ्सचलचित्रलाई प्रदान गरिएको थियो ।)

१०. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

 विसं १९३८ ।

११. विसं २०७५ मा मनाइएको प्रथम राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको नारा के हो ?

 सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिको आधार ।

१२. राष्ट्रिय महिला आयोगद्वारा निःशुल्क हेल्पलाइन सेवा

खबर गरौँ ११४५कहिलेदेखि सञ्चालन गरिएको हो ?

 विसं २०७४ मङ्सिर २५ ।

१३. राणाकालीन समयमा नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?

 १० जना ।

१४. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७४ भदौ ५ ।

१५. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

 विसं २०७४ मङ्सिर १ ।

१६. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्वीक एक्सन टीम)को गठन कहिले गरिएको हो ?

 विसं २०७४ मङ्सिर १ ।

१७. पाटनको सुन्दरीचोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?

 विसं २०७४ कात्तिक १२ ।

१८. राष्ट्र बैङ्कको अनुमतिविना वित्तीय संस्थाले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?

 विसं २०७४ पुस ११ ।

 

१९. विष्णुका दस अवतार केके हुन् ?

 मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र बल्की

२०. सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति होभन्ने विचारक को हुन् ?

 गौतम बुद्ध ।

२१. प्रशासकीय पुनर्गठन योजना आयोग२०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?

 टङ्कप्रसाद आचार्य ।

२२. एक वडा एक कालोपत्रे सडक आयोजना तय गर्ने स्थानीय तह कुन हो ?

 फुङलिङ नगरपालिका, ताप्लेजुङ ।

२३. हाइवे अफ स्पेसियल प्रोग्रामकेसँग सम्बन्धित छ ?

 एक गाउँ एक उत्पादन ।

२४. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?

 दुर्लभ वन्यजन्तु र वनस्पति संरक्षण ।

२५. राष्ट्रिय योजना आयोगद्वारा दोस्रो बहुपक्षीय पोषण आयोजना (सन् २०१८२०२२) कहिले सार्वजनिक

गरियो ?

 विसं २०७४ मङ्सिर २८ ।

– (पहिलो बहुपक्षीय पोषण योजना: सन् २०१३२०१७)

सो पोषण आयोजनाअनुसार सन् २०२२ सम्ममा कुपोषणलाई २४ प्रतिशतमा झार्ने, पाचँ वर्षमुनिको पुड्कोपन तीन प्रतिशतबाट २० प्रतिशतमा झार्ने, कम तौल भएका बालबालिकाको अनुपात २७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।

सो योजना देशभर नै सञ्चालन हुने ।

२६. मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?

 गुल्मी ।

गुफा करिब एक सय ८५ मिटर लामो रहेको ।

गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटर भित्र पुगेपछि पाँच सयजनासम्म अट्ने स्थान रहेको जसलाई सभाहल नामकरण गरिएको । त्यस्तै, गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृति रहेको । गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेँडु लखेट्दै जानेक्रममा फेलापरेको स्थानीयले बताएका ।

माघ २८, २०७७ बुधबार

१. विक्रम १. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार मुलुकभर जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?

 रु. २०,५४३ ।

प्रतिवेदनअनुसार देशभर १७ लाख ९ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।

ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ छ भने मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय रहेको । त्यस्तै, साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ बुझ्ने गरेको पाइएको । लघु संस्थामा कार्यरत कर्मचारीको मासिक तलब १६ हजार एक सय रुपियाँ रहेको ।

ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै साढे १० हजार रुपियाँभन्दा बढी देखिएको ।

संस्थागत रूपमा ठूला संस्थाले वार्षिक १ खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले एक खर्ब १० अर्ब र लघुप्रकृतिका संस्थाले ९६ अर्ब ४५ करोड वार्षिक तलबबापत खर्च गर्ने गरेका ।

अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरेर सङ्कलन गरिएको तथ्याङ्कअनुसार दर्ता भएर सञ्चालनमा आएका उद्योगले वार्षिक ४ खर्ब ६ अर्ब रुपियाँ तलब वितरण गर्ने पाइएको ।

दर्ता नभई सञ्चालनमा रहेका उद्योगले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।

अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको ।

देशैभर गरी प्रतिवेदनले समेटेका २ लाख १९ हजार ३ सय संस्थाले २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेका । यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी ७ खर्ब २ अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन भएको । यसरी अध्ययनमा समेटिएका ती संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम रहेको ।

२. जनकपुरजयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

 विक्रम संवत् २०७७ असोज ३ ।

३. नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनी कसलाई चिनिन्छ ?

 राजा महेन्द्र ।

४. विदेशी नागरिकका लागि गोल्ड कार्ड भिसायोजना सुरुवात गर्ने देश कुन हो ?

 युएई ।

५. महिलाले महिलाले बोलेको सुन्ने तर पुरुषले बोलेको नसुन्ने रोगलाई के भनी चिनिन्छ ?

 रिभर्स स्लोप हियरिङ लस (चीनमा देखिएको) ।

६. ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ ?

 सङ्गीत ।

– (यो अवार्ड पहिलोपटक सन् १९५४ मे ४ मा प्रदान गरिएको ।)

७. पोतला दरबार कहाँ रहेको छ ?

 ल्हासा, चीन ।

चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा रहेको यो दरबारको प्रारम्भिक निर्माण सम्राट स्रङचङ गम्पोले सन् ६३७ तिर गरेका । उनी नेपालकी राजकुमारी भृकुटीका पति थिए । यो दरबार कालान्तरमा तिब्बती धर्मगुरु दलाई लामाको नियन्त्रणमा पर्न गयो । पोताला दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा समावेश भएको ।

८. नवकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यसाथ इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी

(आइरेना)को स्थापना कहिले भएको हो ?

 सन् २००९ जनवरी २९ ।

२०७४ असोज २५ को संसद् बैठकले यसबारेको विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । संसद्बाट अनुमोदन भएको दस्तावेज आइरेना मुख्यालय युएई पठाएपछि नेपाल सो निकायको औपचारिक रूपमा सदस्य बन्ने । सन् २००९ मा जर्मनीको वोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।

यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बन्ने ।

यसअघि नेपालबाहेक सार्कका सबै सदस्य राष्ट्रसहित कुल १ सय ५२ मुलुक सो नियोगको सदस्य बनेका ।

९. बेइजिङ फाइभसम्मेलन केसँग सम्बन्धित छ ?

 महिला विकास ।

१०. डाउटर अफ इस्टनामक पुस्तकका सर्जक को हुन् ?

 बेनजिर भुट्टो ।

११. कुनै विदेशी नागरिकले नेपालीलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरमा कति वर्षको अन्तर हुनुपर्ने प्रावधान छ ?

 ३० वर्ष ।

१२. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको हो ?

 विसं २०७३ असार १० ।

– (भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाताहल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको

व्यवसायीको भनाइ छ ।)

१३. नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटीओ)को सदस्य कहिले बनेको हो ?

 सन् २००४ अप्रिल २३ ।

१४. ला मिजरेवलनामक वृहत् उपन्यासका लेखक को हुन् ?

 फ्रेन्च साहित्यकार भिक्टर ह्युगो ।

१५. विश्वमा सबैभन्दा बढी सङ्ख्यामा चरा पाइने उपत्यका कुन हो ?

 अरूण उपत्यका ।

१६. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन राष्ट्रसित युद्धको अन्त्यसँगै एकीकरण भएको हो ?

 जर्मनी ।

१७. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?

 विसं २०६८ साउन २० ।

१८. दस हजार किशोरी र महिलालाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यसाथ स्मार्ट छोरीअभियानको सुरुवात कहिले गरिएको हो ?

 विसं २०७५ फागुन ११ ।

– (स्मार्ट फोन प्रयोग गर्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिला यो अभियानमा सामेल हुन सक्ने ।)

१९. कर्णाली प्रदेशद्वारा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न गरियो ?

 विसं २०७५ भदौ ९ ।

– (नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा पहिलोपटक २०७५ साउन १० मा पेपरलेस बैठक सम्पन्न भएको थियो ।)

२०. हिप्पोक्याम्पभनेको के हो ?

 एक खगोलीय पिण्ड ।

क्यालिफोर्नियाको एसईटीआई इन्स्टिच्युटद्वारा हालै खोज गरिएको यो खगोलीय पिण्ड वरुण ग्रहको चन्द्रमा भएको दाबी गरिएको ।

अत्यन्त चिसो पिण्ड हिप्पोक्याम्पवरुणकै दोस्रो ठूलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हुन सक्ने खगोलशास्त्रीको अनुमान रहेको ।

हिप्पोक्याम्प पृथ्वीको चन्द्रमाको तुलनामा एक सय गुना सानो रहेको वैज्ञानिकले जनाएका ।

२१. जीवन साइकलको सवारीजस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छभन्ने भनाइ कसको हो ?

 अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक ।

२२. प्रसिद्ध समाजसेवी तुलसीमेहरद्वारा जनचेतना जगाउने उद्देश्यसाथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

 भीमशमशेर ।

२३. नेपालमै पहिलोपटक वंशाणुगत रोग परीक्षण गर्ने प्रयोगशाला कहाँ स्थापना गरिएको छ ?

 वीर आस्पताल ।

– (वीर अस्पतालले स्थापनाको १ सय २७ वर्ष पुगेको उपलक्ष्यमा सो ल्याब सुरु गरेको ।)

२४. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काँइला) लाई चिनिन्छ भने आधुनिक कविभनी कसलाई चिनिन्छ ?

 गोपालप्रसाद रिमाल ।

२५. सार्सको पूरा रूप के हो ?

 सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ।

सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।

सन् २००४ पछि सार्सको सङ्क्रमण नदेखिएको ।

२६. भारतको उत्तरप्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?

 मुगल शासक शाहजहाँ ।

मुगल शासक शाहजहाँद्वारा आफ्नो रानी मुमताजको सम्झनामा बनाइएको । यस महलको डिजाइन पर्सियन मुस्लिम वास्तुविद् उस्ताद अहमद लाहौरीले गरेका ।

यसको निर्माण अवधि सन् १६३२१६४८ रहेको ।

विश्वका सात आश्चर्यमध्येमा पर्ने ताजमहल सन् १९८३ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको ।

दि जेवेल अफ मुस्लिम आर्ट इन इन्डिया पनि भनिने यस ताजमहलमा बर्सेनि एक करोडभन्दा बढी पर्यटकले भ्रमण गर्ने ।

२७. पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ?

 कतार ।

माघ २१, २०७७ बुधबार

१. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

 डिसेम्बर ९ ।

यस वर्ष (सन् २०२०) सदाचारका साथ पुनरुत्थान नारासाथ यो दिवस मनाइएको ।

मानवअधिकारको प्रत्याभूति, दिगो विकास, समृद्धि र शान्तिका लागि भ्रष्टाचार बाधक रहेको तथ्य स्वीकार गर्र्दै यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयास र ऐक्यबद्धताको आवश्यकता बोधको प्रतिफलस्वरूप संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरिएको ।

सन् २००५ देखि लागू भएको यस महासन्धिमा नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २०११ मा संसद्बाट अनुमोदनसमेत भएको ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको ।

नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध कारबाही गर्न विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाज, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील अभियन्तालगायतका प्रबुद्ध समूहसँग छलफल गरी नयाँ संस्थागत रणनीतिक योजना (२०७६÷०७७२०८०÷०८१) तर्जुमा गरी कार्यान्वयनमा ल्याएको । भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने दूरदृष्टि बोकेको नयाँ संस्थागत रणनीतिले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ ।

२. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?

 चिनियाँ प्रोफेसर वाङ हङ वेई ।

प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङ वेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।

यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।

त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।

सभाले दुईदुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।

३. विक्रम संवत् २०७७ माघ १७ मा चौथो संस्करणको पीएम कप क्रिकेटको उपाधि कसले जित्यो ?

 त्रिभुवन आर्मी क्लब ।

– (उपविजेता: नेपाल एपीएफ क्लब) ।

४. ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सुशासनको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 ११७औँ ।

विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) समेत गरी छवटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सूची तयार गरेको ।

यस वर्ष नेपालले ३३ अङ्क प्राप्त गरेको । अघिल्लो वर्ष नेपाल ३४ अङ्कका साथ ११३औँ स्थानमा थियो ।

ट्रान्सपरेन्सीका अनुसार यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका । दक्षिणी सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा सूचीकृत भएका ।

सुशासनमा दक्षिण एसियाली राष्ट्रहरूको स्थिति छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८औँ स्थानमा रहेको । अघिल्लो वर्ष भारत र चीन दुवै ८०औँ स्थानमा रहेका ।

५. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२० नोभेम्वर १११५, हनोई (भियतनाम)

– (यस संस्थाको ३६औँ सम्मेलन पनि हनोइमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)

६. विश्वका उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको १२औँ सम्मेलन कहिले सम्पन्न भयो ?

 सन् २०२० नोभेम्बर १७, रूस ।

सम्मेलनको नारा स्थायी संसार, सुरक्ष चासो आदानप्रदान र अनुसन्धात्मक वृद्धि रहेको । ब्रिक्सको प्रथम सम्मेलन सन् २००९ जुन १६ मा रूसमा सम्पन्न भएको थियो । यो संस्थाको १३औँ सम्मेलन सन् २०२१ मा भारतमा गर्ने तय भएको छ ।

ब्रिक्सको स्थापना सन् २००६ जुनमा भएको । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच राष्ट्र रहेका छन् ।

७. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रूपमा कहिले बाहिरिएको हो ?

 सन् २०२० नोभेम्बर ४ ।

८. विश्वकै सबैभन्दा अग्लो किशोर बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल को हुन् ?

 रेन केयू (चीन) ।

उनले आफ्नो १४औँ जन्मदिन गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउँदै मनाए । उनको उचाइ ७ फिट ३.२ इन्च छ ।

९. सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?

 चीन ।

१०. भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डी गामाले प्रयोग गरेको नक्सा कसले निर्माण गरेका थिए ?

 मुहम्मद अलइद्रिस

११. नेपालमा कृषक परिचयपत्र प्रदान गर्ने कार्यको सुरुवात कुन जिल्लाबाट गरिएको हो ?

 बागलुङ ।

१२. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?

 सन् १९४९ अप्रिल ४ ।

१३. नेपालमा सबैभन्दा धेरै वडा भएको स्थानीय तह कुन हो ?

 पोखरा महानगरपालिका (३३ वटा) ।

– (काठमाडौँ: ३२ वडा) ।

१४. मन्त्रिपरिषद्को २०७७ माघ १९ को बैठकले बीमा समितिको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ?

 सूर्यप्रसाद सिलवाल (पूर्वगृहसचिव) ।

१५. मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ?

 चोभार, काठमाडौँ ।

एक सय टन तौलको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो प्रस्तर मूर्ति रहेको ।

ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा उनीसहित आठ कलाकारद्वारा आठ वर्ष लगाई यो मूर्ति तयार गरिएको ।

यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको । करिब ३७ रोपनी क्षेत्रफलमा आकर्षक पार्कसमेत निर्माण गरिने ।

१६. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्नेसम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?

 १५ बुँदे ।

विभिन्न चौध अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई, अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका ।

संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आधारभूत मार्गदर्शन जारी गरेका ।

कार्यसञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलोपटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र सोपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको ।

१७. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवम् अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?

 राज्यशक्ति ।

 

१८. साझा पृथ्वीनामक कृतिका लेखक को हुन् ?

 मदनकृष्ण श्रेष्ठ (उनको दोस्रो कृति: महको म)

१९. चीन सरकारले उत्तरी ध्रुवको आसपास एउटा समुद्री मार्ग पोलार सिल्क रोडनिर्माणको घोषणा कहिले गरेको हो ?

 सन् २०१८ जनवरी २६ ।

२०. सार्कद्वारा कुन अवधिलाई अन्तर्राष्ट्रिय सम्पर्क दशकका रूपमा मनाइएको छ ?

 सन् २०१०२०२० ।

२१. क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको जीवनमा आधारित भएर लेखिएको पुस्तक कुन हो ?

 गुरिल्ला अफ टाइम ।

२२. नेपाली भाषामा निर्मित पहिलो चलचित्र सत्य हरिश्चन्द्रहो भने नेपालमा बनेको पहिलो चलचित्र कुन हो ?

 आमा ।

२३. साहित्य लोकहितमा सिर्जित कलापूर्ण विषय एवम् स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन् ?

 घटराज भट्टराई

२४. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

 विक्रम संवत् २०७७ साउन ३० ।

अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगत्मा पठाउन पनि बाटो खुलेको ।

विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा २०७७ जेठमा प्रकाशन गरिएको थियो ।

२५. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?

 एक ।

२६. सेम डे टुरिस्टभन्नाले के बुझिन्छ ?

 एक रात वास नबस्ने अर्थात् जुन दिन आयो त्यसै दिन फर्किने पर्यटक ।

२७. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन२०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ?

 कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा

२८. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन२०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ?

 कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।

सो ऐनअनुसार प्रारम्भिक बालविकास तथा शिक्षाभन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा हो ।

त्यस्तै, विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम (अपाङ्गता) भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो ।

२९. नेपालको पहिलो पूर्वाधार विकास बैङ्कका रूपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको वित्तीय कारोबारको शुभारम्भ कहिले भएको हो ?

 विसं २०७५ फागुन २२ ।

– (बैङ्कले विसं २०७५ माघ २८ मा वित्तीय कारोबारको इजाजतप्राप्त गरेको ।)

३०. अरब राष्ट्रहरूबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

 सन् १९४५ मार्च २२ ।

– (यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)

माघ १४, २०७७ बुधबार

१. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?

 विक्रम संवत् २०७७ पुस ६

खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने

यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने

२. महाकवि देवकोटा सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?

 मैतिदेवी, काठमाडौँ

(नेपाल प्रज्ञाप्रतिष्ठानले सङ्ग्रहालय निर्माणका लागि देवकोटाको घर (जसलाई कविकुञ्ज भनी चिनिन्छ)लाई आफ्नो स्वामित्वमा लिएको।)

३. दक्षिण एसियाकै पहिलो स्काई वाक टावरको निर्माण कहाँ गरिने भएको छ ?

 कमलादी, काठमाडौँ

विसं २०७६ मङ्सिर २१ मा टावरको शिलान्यास गरिएको

टावरको उचाइ ७८ मिटर रहेको

४. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई इन्टरनेसनल इएर अफ क्रिएटिभ इकानोमी फर सस्टेनेबल डिभेलपमेन्टका रूपमा मनाउने निर्णय ग¥यो ?

 सन् २०२१

५. अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने महिला

को हुन् ?

 क्रिस्टिना कोच (अमेरिकी इन्जिनियर)

उहाँले अन्तरीक्षमा ३२८ दिन बिताउनुभएको

सन् २०१९ मार्च १४ मा अन्तरीक्षतर्फ लाग्नुभएकी उहाँले सन् २०२० फेब्रुअरी ६ मा पृथ्वीमा अवतरण गर्नुभएको

अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने व्यक्ति रूसका भलेरी पोल्याकोभ (४३७ दिन) हुनुहुन्छ

६. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?

 १३

७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?

 विसं २०७६ माघ २६

(राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात् यसमा समाहित भएका आयोजनाले मात्र बजेटमा प्रवेश पाउने।)

८. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्छ ?

 पाँचथर

९. एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त हुने मानवधिकारकर्मी को हुन् ?

 आभा मुर्तो (फिनल्यान्ड)

जलवायु परिवर्तन एवम् महिला अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने मुर्तोलाई फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी

महिला अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यसाथ उनलाई सो पदमा नियुक्त गरिएको जनाइएको

१०. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गरिएको नास्ट प्रविधि पुरस्कार २०७६ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

 कुलमान घिसिङ

११. हाल कुन देशले कृत्रिम चन्द्रमा निर्माण परियोजना अघि बढाएको छ ?

 चीन

सो कृत्रिम चन्द्रमा पृथ्वीभन्दा ५०० किमि टाढा रहने

कृत्रिम चन्द्रमाले १० वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने

यसअघि यसकिसिमको परियोजना सन् १९९० को दशकमा रूसले अघि बढाउन खोजेको थियो तर सो परियोजना सफल हुन सकेन

१२. नाइजेरियामा खेतमा काम गरिरहेका सयभन्दा बढी व्यक्तिको घाँटी रेटी वीभत्स हत्या गर्ने आतङ्ककारी समूह कुन हो ?

 आईएसआएस सम्बद्ध बोको हराम

नाइजेरियाको उत्तरपूर्वी सहर मैदुगुरी नजिकैको गाउँमा सो समूहले निर्दोष नागरिकलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर वीभत्स तवरले हत्या गरेको

सो हत्या सन् २०२० नोभेम्बर २८ मा भएको

१३. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?

 कोभिड१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग

बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड१९ लगायत रोग सङ्क्रमण भएका एवम् आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग गर्न सकिने

रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने

१४. भाषा आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनअनुसार थपिएका दुई भाषा कुनकुन हुन् ?

 मारेक याक्खा र नावा शेर्पा

यसअघि आव २०७५÷०७६ को प्रतिवेदनअनुसार थप भएका छ भाषा: १. राना थारू (कैलाली), नार फु (मनाङ), ३. चुम (स्यार) गोरखा, ४. नुब्री (लार्के) गोरखा, ५. पोइके (डोल्पा) र ६. सेराके (सेके) मुस्ताङ हुन्

२०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेकोमा पछि थप भएका आठसहित हाल जम्मा भाषाको सङ्ख्या १३१ पुगेको

१५. पशुपक्षी एवम् बालीनालीको उत्पादकत्व बढाउने उद्देश्यसाथ व्यावसायिक रूपमा झिँगापालनको सुरुवात कहाँ गरिएको हो ?

 चितवन

१६. मन्त्रिपरिषद्को २०७४ असोज २५ को निर्णयअनुसार कति स्थानीय तह पिछडिएको क्षेत्रमा समावेश गरिएको हो ?

 ५७

पिछडिएको क्षेत्रमा आठ नगरपालिका र ४९ गाउँपालिका परेका

सबैभन्दा बढी स्थानीय तह पिछडिएको क्षेत्रमा परेको जिल्ला बझाङ (६) हो

१७. बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका कुन हो ?

 भीमेश्वर नगरपालिका, दोलखा

१८. युनेस्कोको सहयोगमा वार्के फाउन्डेसनद्वारा प्रदान गरिने ग्लोबल टिचर प्राइज२०२० बाट सम्मानित व्यक्तित्व को हुन् ?

 रणजितसिंह डिस्ले (भारत), पुरस्कार राशि १० लाख अमेरिकी डलर

१९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले विज्ञान पुरस्कार२०७६ कसलाई प्रदान ग¥यो ?

 डा. यादवकुमारदेव भट्टराई (नर्भिक इन्टरनेसनल हस्पिटल)

२०. आव २०७५÷७६ को लेखापरीक्षणमा बेरुजु पछ्र्यौटमा सर्वोत्कृष्ट स्थानीय तह कुन बन्यो ?

 थाहा नगरपालिका (मकवानपुर)

(२.५४ प्रतिशतमात्र बेरुजु कायम गर्न सफल सो नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट घोषणा गरेको।)

२१. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक)को स्थापना कहिले भएको हो ?

 सन् १९८९

स्थापनाकालमा १२ देशमात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन्

यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको

यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको

२२. कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन गरी के बनाइएको छ ?

 दोधाराचाँदनी नगरपालिका

२३. बहुमुखी प्रतिभाका धनी एवम् महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?

 इटाली

उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको

मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्र हुन्

२४. सरकारले एसएलसी परीक्षा (हाल: एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?

 २०७१ सालको एसएलसी परीक्षादेखि

(२०७२ सालदेखि साधारणतर्फ पनि ग्रेडिङ प्रणाली लागू गरिने।)

२५. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा स्मार्टकार्डको व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४

२६. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?

 चिम्पाञ्जी

२७. हिन्दमहासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

 साइक्लोन

(थार तथा गोबी मरुभूमिमा बहने तातो हावालाई लुभनी चिनिने।)

२८. खस आर्य भन्नाले कुनकुन जाति बुझिन्छ ?

 ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासीदसनामी

२९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

 स्नातक तह

३०. हरित् जलवायु कोष (जीसीएफ)को मुख्यालय कहाँ छ ?

 दक्षिण कोरिया

विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको

हाल यस कोषमा १० अर्ब अमेरिकी डलर रकम रहेको

माघ ७, २०७७ बुधबार

१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी कोको हुन् ?

 पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह

पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका ।

अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला राष्ट्रिय भलिबल टोली

टिम अफ द इयर २०७६घोषित भएका । त्यस्तै, तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ

वर्षको स्पेसल अवार्डबाट सम्मानित भएका ।

पारा क्रिकेट टोलीका कप्तान दिगमसिंह चेम्जोङ पारा एथ्लेटिक अवार्डबाट सम्मानित भएका ।

टेबलटेनिसका पूर्वमहिला खेलाडीद्वय सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको ।

पिपुल्स च्वाइस उपाधि भलबलकी कप्तान अरूणा शाहीले जितेकी ।

गल्फका सुवास श्रेष्ठ उत्कृष्ट युवा खेलाडी घोषित भएका ।

२. दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?

 डोनाल्ड ट्रम्प ।

सन् २०२० जनवरी ७ मा ट्रम्प समर्थकहरूले क्यापिटल हाउसस्थित अमेरिकी संसद् भवनमा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए । अमेरिकी इतिहासकै सबैभन्दा खराब दिनका रूपमा लिइएको सो दिन ट्रम्पले आफ्ना समर्थकलाई भड्काएको र हिंसा प्रेरित अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । ट्रम्प समर्थकद्वारा गरिएको हिंसात्मक गतिविधि नियन्त्रण गर्नेक्रममा प्रहरीको कारबाहीमा परी सातजनाको ज्यान गएको थियो ।

३. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?

 बागलुङ (१३७ किमि) ।

४. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?

 विसं २०२७ पुस २६ ।

विसं २०२७ पुस २६ गते कम्पनी ऐन२०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।

निगम विसं २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।

५. विसं २०७७ माघ १ मा मनाइएको राष्ट्रिय योग दिवसको नारा के हो ?

 गरौँ योग डटेर, कोभिड जान्छ हटेर ।

६. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?

 जनवरी २६ ।

७. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

 सन् २०१६ जुन २३ ।

अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको ।

यसको मुख्यालय जर्मनीमा रहेको ।

८. भारतले कोरोनाविरुद्धको खोप अभियान कहिले सुरु ग¥यो ?

 सन् २०२१ जनवरी १६ ।

– (विश्वकै ठूलो खोप अभियानका रूपमा लिइएको सो अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका । यस कार्यक्रमको उद्देश्य एक अर्ब ३० करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिनु रहेको ।)

९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?

 २५४० किमि ।

१०. आईयुसीएनले लोप र दुर्लभ हुन लागेका जीवहरूलाई कति भाग (अवस्था)मा विभाजन गरेको छ ?

 ५ (विलोप, सङ्कटापन्न, अति संवेदनशील, दुर्लभ

र सम्भस्त) ।

११. साइटिस स्थापनाको मुख्य उद्देश्य के हो ?

 दुर्लभ जीवजन्तु तथा पशुपक्षीहरूको संरक्षण एवम् सम्बद्र्धन ।

१२. हिउँदे याममा पहिलोपटक माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?

 नेपाली टोली (सन् २०२१ जनवरी १६) ।

सेभेन समिट ट्रेकिङका छाङदावा शेर्पा नेतृत्वको टोली माउन्ट केटुको चुचुरोमा पुगेको ।

केटु हिमालको उचाइ ८,६११ मिटर रहेको ।

केटु हिमाल आरोहणलाई निकै कठिन तथा खतरनाक आरोहणका रूपमा लिने गरिन्छ ।

१३. नेपाल सरकारले सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवाभन्ने नाराका साथ नागरिक एपको शुभारम्भ कहिले गरेको हो ?

 विसं २०७७ माघ २ ।

सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले यो एप प्रयोगमा ल्याएको ।

यस एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने ।

त्यस्तै, नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने साथै सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने ।

हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एप प्रयोग

गर्न सकिने ।

सो सेवा प्रप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण

उल्लेख गर्नुपर्ने ।

एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका सेवाहरू थप गर्दै लगिने ।

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने जनाइएको ।

नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरर आइफोन प्रयोगकर्ताले एप स्टोरबाट नागरिक एपबेटाडाउनलोड गर्नुपर्ने ।

१४. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?

 सन् २०२५ ।

१५. मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिनेगरी नेपाल

पासपोर्टएपको शुभारम्भ कहिले गरियो ?

 विसं २०७३ पुस १९ ।

१६. हाल (२०७७ माघ) स्वास्थ्य बीमा लागू गर्ने जिल्ला कति पुगेका छन् ?

 ६४ (६४ औँ जिल्ला: लमजुङ ।)

लमजुङमा २०७७ माघ २ गते देखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको । अब १३ जिल्लामा विस्तार हुन बाँकी रहेको ।

आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम लागू गरिने योजना रहेको ।

१७. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ शून्य होम डेलिभरीअभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?

 मालिका गाउँपालिका, गुल्मी ।

– (अभियानअन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)

१८. नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?

 विसं २०७५ असोज ५ ।

१९. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रूपमा वर्गीकरण गरेको छ ?

 ९८ (विसं २०७४ वैशाख ८) ।

२०. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?

 परिभ्रमण ।

– (पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)

२१. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?

 धुनी ।

२२. प्राचीनकालको रामचरित्र मानसर आधुनिक कालको कुष्णायनकुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?

 अवधी ।

२३. व्यापार घाटा भन्नाले के बुझिन्छ ?

 निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने ।

२४. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि)ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?

 हिमोढ ताल ।

२५. तराईमधेसीका जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी मार्ग निर्माण औपचारिक रूपमा कहिले सुरुवात

भएको हो ?

 आर्थिक वर्ष २०६५/०६६ ।

हाल (२०७७ पुस) सम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको ।

आयोजना निर्माण थालनी गर्दा आव २०७४/०७५ मा सम्पन्न गर्ने भनिए पनि पछि संशोधन गरेर आव

२०७९÷०८० पु¥याइएको ।

आयोजना थालनीमा एक लेनको मात्र सडक हुने भनिएकोमा यसलाई वृद्धि गरेर दुई लेनको बनाइएको । त्यस्तै, पहिले कुल लम्बाइ १७९२ किमि रहेकोमा अहिले करिब ६२ किलोमिटर लम्बाइ थप हुन गई १८५४ किमि पुग्ने भएको ।

अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास भइनसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौंपहिले चिठीपत्र बोकेर एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्साङ्कन गरेर हुलाकी सडक

अस्तित्वमा आएको थियो ।

तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई पदम रोडपनि भनिन्छ ।

भारतको सहयोगमा नेपाल सरकारले यो मार्ग निर्माणकार्य गरिरहेको छ ।

२६. बडघर प्रथा कुन समुदायमा प्रचलनमा रहेको छ ?

 थारू ।

२७. बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने सिङ्गल स्पान झोलुङ्गेपुलको लम्बाइ कति रहेको छ ?

 ५६७ मिटर ।

२०७७ वैशाखमै निर्माण सम्पन्न भएको सो पुलको उद्घाटन २०७७ माघ ३ मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाद्वारा गरिएको । यो मुलुककै लामो सिङ्गल स्थान झोलुङ्गेपुलका रूपमा रहेको ।

नेपालको सबैभन्दा लामो झोलुङ्गेपुल चाँदनी र दोधारा जोड्ने महाकाली नदीमाथि निर्मित (१४५२.९६ मिटर) पुल हो ।

२८. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?

 महाभारत पर्वत ।

– (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)

२९. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?

 मनसुनी वायु ।

३०. मनसुनी वायु कति प्रकारका हुन्छन् ?

 दुई (ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन) ।

३१. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

 श्री ५ त्रिभुवन ।

Post a Comment

0 Comments