मैले त्यो पाएँ, जो मलाई चाहिएको थियो

तिम्रा अगाडि विभिन्न स्वरुपमा अवसरहरू आइरहेका हुन्छन तर तिमीले अवसर चिन्दैनौ। सफल ती व्यक्ति हुँदैनन जसलाई अवसर मिल्छ, सफल तिनै व्यक्ति हुन्छन जसले अवसर पहिचान गर्न सक्छन्। जब तिमीले भगवानसँग पुतली माग्ने छौ तिमीलाई पुतली दिइने छैन। तिमीलाई झुशिल किरा दिइनेछ। चिन्न सक्यौ भने त्यही झुशिल किरालाई पुतलीमा बदल्न सक्नेछौ, यदी चिन्न सकेनौ भने झुशिल किरा दिएकोमा भगवानलाई सरापेर जिन्दगीभर रोएर बस्नेछौ

मैले त्यो पाएँ, जो मलाई चाहिएको थियो

त्यसैले मलाई एक कविता याद आउँछ: 

मैले भगवानसँग शक्ति मागेँ

भगवानले मलाई कठिनाईहरू दिए, -हिम्मत बढाउनको लागि । 

मैले भगवानसँग बुद्धि मागेँ

भगवानले मलाई उल्झन दिए, -सुल्झाउनको लागि । 

मैले भगवानसँग समृद्धि मागेँ

भगवानले मलाई समझ दिए, - काम गर्नको लागि । 

मैले भगवानसँग खुशी मागेँ,

भगवानले मलाई दुखी मान्छेहरू दिए, -मद्दत गर्नको लागि । 

मैले भगवानसँग हिम्मत मागेँ

भगवानले मलाई परेशानी दिए, -माथि उठ्नको लागि । 

मैले भगवानसँग बरदान मागेँ ,

भगवानले मलाई अवसर दिए, -शिखर चुम्नको लागि ।

मैले त्यो पाइनँ, जो मैले मागेको थिएँ । 

मैले त्यो पाएँ, जो मलाई चाहिएको थियो ॥

Dr. Tara Jii सँगको सहकार्यमा

Post a Comment

0 Comments