पछिल्ला महत्वपूर्ण समसामयिक विषयवस्तु

🔘नेपालको कुन गाउँलाई किवी गाउँ घोषणा गरिएको छ?
👉थुलुङ दूधकोसी गाउँपालिका, सोलुखुम्बु।
🔘डा. अम्बेडकर अन्तराष्ट्रिय पुरस्कार २०१८ बाट कसलाई सम्मानित गरिएको छ?
👉जगतबहादुर विश्वकर्मा [युवा तथा खेलकुद मन्त्री]
🔘G-20 को १३ औं शिखर सम्मेलन कहा सम्पन्न भयो?
👉व्युनस आयर्स, अर्जेन्टिना [२०१८ नोभेम्बर ३०-डिसेम्बर १]
🔘समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको नेपाली चलचित्र कुन हो?
👉‘सय कडा १०’ [माघ १८ मा प्रदर्शन हुने]
🔘बालन डी ओर अवार्ड २०१८ बाट सम्मानित हुने खेलाडी को हुन्?
👉ल्युका मोड्रिक, क्रोएसिया
🔘नेपालमै पहिलोपटक ह्याकरहरुले अन्तराष्ट्रिय सम्मेलन कहिले आयोजना गरियो?
👉२०७५ मंसिर ६-७
🔘२०१८ डिसेम्बर ५ मा मनाइएको विश्व माटो दिवसको नारा के हो?
👉माटो प्रदूषणको समाधान गरौं। [Stop Soil Pollution]
🔘कतारले सन् २०१९ जनवरी देखि ओपेक बाट बाहिरिने घोषणा कहिले गरेको हो?
👉सन् २०१८ डिसेम्बर ३
🔘इन्टिग्रिटि आइडल २०१८ को भएका छन्?
👉बर्दियाका CDO रामबहादुर कुरुवाङ्ग लिम्बू
🔘कर्मचारी समायोजन अध्यादेश,२०७५ कहिले पारित भएको हो?
👉२०७५ मंसिर २३
🔘ट्रान्सपरेन्सी इन्टरेसनलले प्रदान गर्ने राष्ट्रिय सदाचार सम्मान २०७५ बाट सम्मानित हुने व्यक्तित्व को हुन्?
👉डा. गौरीशंकरलाल दास, सिराहा
🔘विश्वविख्यात पेय पदार्थ वितरण कम्पनी कोका कोला को १४ औं Chairman को हुने भएका छन्?
👉जेम्स क्विन्से [२०१९ अप्रिल बाट]
🔘जर्जियाको पहिलो महिला राष्ट्रपति को हुन्?
👉सालोम जुराविसभिली
🔘राष्ट्रिय जलवायु सम्मेलन २०७५ कहा आयोजना गरिने भएको छ?
👉सिन्धपाल्चोकको गुफाडाडा [२०७५ पुस १६-१८]
🔘जलवायु परिवर्तसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन कोप-२४ कहा सम्पन्न भयो?
👉काटोवाइस, पोल्याण्ड [सन्२०१८ डिसेम्बर २-१४]
🔊[विद्यादेवी भण्डारीको पोल्याण्ड भ्रमण ⇨२०७५ मंसिर १५-२०]
🔘विश्व कला परिषद् द्वारा नेपालकै पहिलो "कला नगरी" भनेर कुन नगर लाई घोषणा गरियो?
👉ललितपुर महानगरपालिका [विश्वको ३५ औं कला नगरी]
🔘"Human Rights: Human Wrongs" नामक अङ्ग्रेजी कृतिका लेखक को हुन्?
👉कूटनीतिज्ञ शम्भुराम सिंखडा
🔘विश्वकै पहिलो हाइड्रोजन ट्रेन सञ्चालनमा ल्याउने मुलुक कुन हो?
👉जर्मनी [कोराडिया आइलिन्ट]
🔘नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कुन हो?
👉कम्बोडिया [२०७५ मंसिर १३]
🔘तेस्रो एभरेष्ट प्रिमियर लिग क्रिकट प्रतियोगिता काठमाडौमा कहिलेदेखि सुरु भयो?
👉२०७५ मंसिर २२ देखि
🔘अन्तरप्रदेश परिषद्को पहिलो बैठक कहिले बस्यो?
👉२०७५ मंसिर २३
🔘डिसेम्बर ११ मा मनाइएको १६ औं पर्वत दिवस २०१८ को नारा के रहेको छ?
👉"Mountains Matters"
🔘 नेपालको संसदबाट २०७५ मंसिर ७ गते पारित गरिएको हवाई परिवहन सँग सम्बन्धित 'मन्ट्रियल सन्धि' कहिलेबाट लागु हुने भएको छ?
👉२०७५ मंसिर २९
🔘BBC अफ्रिकन वर्ष खेलाडी २०१८ अवार्ड जित्ने खेलाडी को हुन्?
👉मोहमद सलाह, इजिप्ट
⇨क्लब: लिभरपुल
⇨२०१७ मा पनि सलाहले नै पाएका।
⇨सन् १९९२ बाट प्रदान गर्न थालिएको।
⇨पहिलो BBC अफ्रिकन वर्ष खेलाडी घानाका अबेडी पेले हुन।

खोज संकलन दामोदर घिमिरे

Post a Comment

0 Comments