लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर ३

वस्तुगत प्रश्नोत्तर

१. बीमा समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था कहिलेदेखि लागू गरेको हो ? 
-वि.स. २०७५ वैशाख २३
२. यातायात क्षेत्रमा रहेका सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायीबीच कहिले सहमति भएको हो ? 
-वि.स. २०७५ वैशाख २३
३. कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालयले ५८ बुँदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? 
-वि.सं. २०७५ वैशाख २३
४.नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ? 
-शिवादेवी काफ्ले
५.रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? 
-सन् २०१८ मे ७
६.‘प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ ’भन्ने विचारक को हुन् ? 
-अल्बर्ट आइन्स्टाइन
७.‘ जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्वास सम्भव हुन्छ ।’ भन्ने भनाइ कसको हो ? 
-जर्ज चकिरिस, अमेरिकी अभिनेता
८. आरएमएआई फ्लेम अवार्डस् २०१८ र फ्लेम लिडरसीप अवार्डस्बाट सम्मानित हुने कम्पनी कुन हो ? 
-रियल स्कुल अफ नेपाल
९. सन् २०१७ मा विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रुट कुन हो ? 
-सिङ्गापुर – क्वालालम्पुर  रुट
१०. संयुक्त अरब इमिरेट्स(यूएई)ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदुतावास कहिले स्थापना गर्यो ? 
-वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)
११.अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ? 
-मे १२
१२. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ? 
-परिभ्रमण
१३. सौर्य उर्जा, वायु उर्जा, जलस्रोत उर्जा एवं ज्वारभाटा कुन प्रकृतिको उर्जाको स्रोत हुन् ? 
-नवीकरणीय
१४.प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारको उर्जाका स्रोत हुन् ? 
-अनवीकरणीय
१५. कुन अधातु विद्युतको सुचालक हो ? 
-ग्राफायट
१६.मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ छ ?
-जेनेभा (स्वीट्जरल्यान्ड)
१७.ग्रिस्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँदमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ? 
-मनसुनी वायु
१८.मनसुनी वायु कति प्रकारका हुन्छन् ? 
-दुई (ग्रिष्मकालिन र शीतकालिन मनसुन)
१९.प्रथम विश्वयुद्धमा बेलायत सरकारद्धारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? 
-कुलवीर थापा
२०. अपाङगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान(२०७२)को कुन धारामा व्यवस्था गरिएको छ ? 
-धरा ३१(३)
२१. सबै भन्दा पुरानो वेद कुन हो ? 
-ऋग्वेद (सबैभन्दा पछि रचना गरिएको वेद अथर्व वेद)
२२. नेपालमा मेसिन रिडेवल पासवर्ड कहिलेदेखि वितरण गर्न थालिएको हो ? 
-वि.सं. २०६७ पुस ११
२३. विकिरण बाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो वस्तुले गुमाएको तापशक्तिको परिणाम चिसो वस्तुले ग्रहण गरेको तापशक्तिको परिणामसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ? 
-क्यालोरिमेट्री सिद्धान्त
२४. ब्रेल लिपिका आविष्कारक को हुन् ? 
-लुई ब्रेल
२५.विक्रम संवत् को थालनी कसले गरेका हुन् ? 
विक्रम आदित्य
२६. २३ दशमलव ५ डिग्री उत्तरी अक्षांस रेखालाई मकर रेखा (Tropic of Cancer) भनिन्छ भने २३ दशमलव ५ डिग्री दक्षिणी अक्षांस रेखालाई के भनिन्छ । 
-मकर रेखा 
२७. हालै मस्कोमा सम्पन्न भिडियो आर्ट फेस्टिवलमा ‘नाओ एन्ड आफ्टर ’ विधा अन्तर्गत अवार्ड प्राप्त गर्ने नेपाली सर्ट फिल्म कुन हो ? 
अनन्त यात्रा (लेखन निर्देशन : सुनिल पाण्डे)
२८. वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धमा के व्यवस्था रहेको छ ? 
-सम्बन्धित देशको नेपाली दुतावास तथा नियोगबाट मात्र हुने
२९. गैरआवासिय नेपाली सङ्घको स्थापना कहिले भएको हो ? 
-सन् २००३ अक्टोवर ११
३०. विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
-मे ८

विषयगत प्रश्नोत्तर

१. प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार के के हुन् ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका र भाग १४ मा प्रदेश व्यवस्थापिका सम्बन्धी व्यवस्था छ । यी व्यवस्था अनुसार प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकार निम्नानुसार छः
-प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने,
-मुख्यमन्त्रीको सिफारिसमा प्रदेश मन्त्रीपरिषद् गठन गर्ने,
-प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउने,
-प्रदेशसभाको अधिवेसनको आह्वान र अन्त्य गर्ने,
-प्रदेशसभालाई सम्बोधन गर्ने ,
-विधेयक प्रमाणीकरण गर्ने,
-अध्यादेश जारी गर्ने,
-मुख्यमन्त्रीले पदबाट दिएको लिखित राजिनामा स्वीकृत गर्ने,
-सङ्घीय शासन लागू भएको कारणबाट प्रदेश कार्यकारिणी कायम नरहेमा नेपाल सरकारको निर्देशनबमोजिम प्रदेशको कार्यकारिणी अधिकार प्रयोग गर्ने ,
प्रदेश प्रमुख प्रदेशमा नेपाल सरकारको प्रतिनिधि हुने र निजको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ । सङ्घीय संसदमा राष्ट्रपतिले निर्वाह गर्ने भूमिका सरकह प्रदेशमा प्रदेश प्रमुखका भूमिका हुने व्यवस्था देखिन्छ । नेपालको राष्ट्रपति सङ्घीय संसद् र प्रदेशसभाका सदस्यबाट निर्वाचित हुनुपर्ने व्यवस्था छ भने प्रदेश प्रमुख, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने र प्रदेश प्रमुखको पदावधि पाँच वर्षको भए पनि सो सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था भएकाले सङ्घीय प्रणालीमा केन्द्रको नियन्त्रण प्रदेशमाथि सदैव हुने देखिन्छ ।
२.सार्वजनिक नीति चक्रबारे चर्चा गर्दै नीति निर्माणमा व्यवस्थापिका र कार्यपालिकाको भूमिका स्पस्ट गर्नुहोस् ।
सार्वजनिक हित प्रवर्दन गर्न राज्यले घोषणा गरेको सार्वजनिक प्रतिबद्धता सार्वजनिक नीति हो । सार्वजनिक नीति एक निश्चित चरणमा रहेर निरन्तर घुमिरहन्छ, यो सार्वजनिक नीति चाक्र हो । जसमा नीति तर्जुमा पूर्वको चरणदेखि नीति कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा पृष्ठपोषण पर्छन् जसलाई निम्नानुसार चर्चा गर्न सकिन्छ :
क.नीति तर्जुमा पूर्वको चरण
-सूचना संकलन गर्ने,
-समस्या पहिचान गर्ने,
-स्रोतसाधनहरुको खोजीनीति गर्ने,
-यससँग सम्बन्धित पुराना नीतिहरुको खोजी गर्ने,
ख. नीति तर्जूमाको चरण
-समस्या समाधानकोलागि विकलपको खोजी गर्ने,विकास गर्ने,
-सर्वोत्तम विकल्पको पहिचान गर्ने, यसमा सरोकारवालाहरुसँग छलफल गरेर सकेसम्म सहमति कायम गर्ने,
-सैद्धान्तिक र व्यवहारिक दृष्टिकोणबाट नीतिको विष्लेशण गर्ने,
-नीतिको मस्यौदा ढाँचा तयार गर्ने, कानुनी प्रक्रिया पपूरा गरेर नीति स्वीकृत गर्ने,
ग. नीति कार्यान्वयनको चरण
-राजनीतिक, प्रशासनिक,सामाजिक, आर्थिक हिसाबले नीति कार्यान्वयनका अनुकुल वातावरण तयार गर्ने,
-कार्ययोजना बनाउने, जिम्मेवारी बाँडफाँट गर्ने,
-स्रोतसाधनका व्यवस्था गर्ने,
-सरोकारवालाहरुसँग समन्वय गरेर नीति कार्यान्वयन गर्ने,
घ. अनुगमन र मूल्याङ्कन तथा पृष्ठपोषणको चरण
-नीति मापनकालागि आधारभूत मापदण्ड एवं प्रगति सूचक निर्धारण गर्ने,
-नीतिका कमजोरी पहिचान गरी सुधार गर्ने,
-प्रभाव र असरको लेखाजोखा गर्ने,
-आगामी दिनमा राम्रो पक्षको अनुशरण र नराम्रो पक्षमा सुधार गर्ने गरी पृष्ठपोषण लिनेदिने,
सार्वजनिक नीति निर्माणमा व्यवस्थापिका र कार्यपालिकाको भूमिका
व्यवस्थापिकाको भूमिका
व्यवस्थापिका जनताका प्रतिनिधिहरुबाट निर्माण भएको संस्था हो । यो जनता प्रति जिम्मेवार र जवाफदेही हुन्छ,त्यसैले जनहित बमोजिम सार्वजनिक नीति निर्माण गर्ने पहिलो भूमिका यसैको हुन्छ । यसले राज्यको मूल कानुन संविधान समेत निर्माण गर्छ, आवश्यकता अनुसार संशोधन पनि गर्छ । यसले संविधानको प्रतिकुल नहुने ऐन निर्माण पनि गर्छ । व्यवस्थापिकाले सरकारको वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्छ । जनताको माग र आवश्यकता अनुसारका नियमित, आकस्मिक एवं विकास निर्माणका कार्य गर्न सरकारलाई निर्देशन दिन्छ । व्यवस्थापिकामा विभिन्न समिति र उपसमिति हुन्छन् । त्यसमा सरकारले ल्याएका नीति तथा कार्यक्रममा विषयगत छलफल हुन्छ , सांसदहरुको विषय विज्ञताको पूर्ण उपयोग हुन्छ । संसदका विभिन्न समितिले सरकारका हरेक काम कारबाहीका निगरानी गरी कमी कमजोरी देखिएमा सुधारका लागि निर्देशन दिने गर्छन् ।
कार्यपालिकाको भूमिका
कार्यपालिका मूलतः नीति कार्यान्वन गर्ने निकाय भए पनि यसले सार्वजनिक नीति निर्माण पनि गर्छ । संविधान र ऐनको अधिनमा रही यसले नियम, निर्देशिका, योजना, दिग्दर्शन, क्षेत्रगत नीति निर्माण गर्छ ।व्यवस्थापिकाले स्वीकृत गर्ने बजेट तयार गर्ने, विभिन्न ऐनको मस्यौदा तयार गर्ने र संसदमा पेस गर्ने कार्य कार्यपालिकाले गर्छ ।
सार्वजनिक नीति देश विकासको आधार हो । यसको निर्माण सिद्धान्ततः व्यवस्थापिकाले गर्ने र कार्यपालिकाले कार्यान्वयन गर्ने भए पनि व्यवहारमा कार्यपालिकाले पनि नीति निर्माण गर्छ । सार्वजनिक नीतिनिर्माण र कार्यान्वयनमा व्यवस्थापिका र कार्यपालिका दुवैले सहयोगी एवं समन्वयात्मक भूमिका निर्वाह गरेर मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने कार्य दुवै क्रियाशिल हुनुपर्ने देखिन्छ ।

Post a Comment

0 Comments