१. ग्लोबल पिस इन्डेक्स, २०२६ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
१११ औँ
– नेपाल २.१४३ अङ्कसहित विश्वका १६३ देशमध्ये १११ औँ स्थानमा रहेको,
– दक्षिण एसियाली राष्ट्रमा भुटान पहिलो, श्रीलङ्का दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका ।

२. ‘मिस युनिभर्स नेपाल, २०२६’ को उपाधि विजेता को हुन् ?
प्रायश्ना गुरुङ
– बेलायतकी गैरआवासीय नेपाली प्रायश्ना गुरुङ यस वर्षको उपाधि जित्न सफल भएकी ।
– मिस अर्थ, २०२६ : विनीता ओली
– आयोजक : दी हिडन ट्रेजर
३. प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई कहिले सम्बोधन गरिएको हो ?
सन् २०२६ सेप्टेम्बर २४
– प्रधानमन्त्री वालेन्द्र शाहद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुभएको थियो । साथै प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा सेप्टेम्बर २४ का दिन सम्बोधन भएको र सम्बोधनमा नेपालमा आएको बाढी तथा जलवायु न्यायको विषय मुख्य एजेन्डा रहेको थियो ।
– प्रधानमन्त्रीद्वारा महासभामा भोटेकोशी बाढी विश्वका लागि चेतावनीका रूपमा रहेको, हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा नगर्ने, जलवायु सङ्कटसँग जुध्न नेपाल, भारत र चीनबिच संयुक्त संयन्त्र निर्माणको प्रस्ताव, जलवायु न्याय राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्य बन्नु हुँदैन, ७२ घण्टामै हतियार आपूर्ति हुन सक्ने विश्वमा किसानले मल पाउन किन सक्दैनन् भन्ने धारणा व्यक्त गरिएको ।
– ‘पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँड्न सकोस्’ भन्ने धारणासमेत उहाँले महासभामा राख्नुभएको ।
४. ‘डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट सम्मानित हुने नेपाली संस्था कुन हो ?
नेपाल नेत्रज्योति सङ्घ
– यो सम्मान नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ एवं विपन्न समुदायकेन्द्रित नेत्र स्वास्थ्यसेवाको विस्तारमा पु¥याएको योगदानबापत प्रदान गरिएको ।
५. १६ औँ योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय कति कायम गर्ने लक्ष्य रहेको छ ?
२३५१ डलर
६. बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?
अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स
(सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन् ।)
७. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?
सन् २०२१–२०३०
८. अटवारी पर्व कुन समुदायमा प्रचलित पर्व हो ?
थारू
– श्रीकृष्णजन्माष्टमीपछिको पहिलो आइतबार यो पर्व मनाइन्छ ।
– यो दिन थारू समुदायका पुरुषले दिदीबहिनीका लागि व्रत बस्ने गर्छन् ।
– व्रत बसेर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।
– सोही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर अर्को दिन जाने चलन रहेको छ ।
– दाजुभाइले दिदीबहिनीप्रतिको स्नेह दर्साउने विशेष अवसर नै अटवारी पर्व हो ।
– अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ ।
– आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि अटवारीलाई लिइने गरिएको छ । थारू समुदायमा यस पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकका रूपमा लिने गरिन्छ ।
– यो पर्वमा महाभारतकालीन पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गरिन्छ । अटवारी पर्व विशेष गरी दुई दिन मनाउने चलन छ ।
९. अरुण, तमोर र सुनकोशी नदीको सङ्गमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ ?
खुवालुङ
– धनकुटा, भोजपुर र उदयपुरको सीमाक्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ ।
१०. विसं २०८२ को प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ बाट पुरस्कृति हुने कृति कुन हो ?
औपन्यासिक कृति ‘सलह’ (कृतिकार : श्रवण मुकारुङ)
– पद्मश्री साहित्य पुरस्कार : श्रवण मुकारुङ (उपन्यास : ‘सलह’); नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक रूपमा प्रस्तुत गरिएको ।
– पद्मश्री साधना सम्मान : साहित्यकार कृष्ण धरावासी; पाँच दशकदेखि साधनारत, ‘शरणार्थी’, ‘राधा’, ‘आधा बाटो’ लगायत दुई दर्जनभन्दा बढी कृतिका लेखक ।
– पद्मश्री गौरव पुरस्कार : प्राडा जयराज आचार्य; नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता (संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधि भई काम गरेका) ।
– पुरस्कार : तीन वटै विधाका पुरस्कारको राशि जनही तीन लाख रुपियाँ र सम्मानपत्र ।
– प्रदान गर्ने संस्था : खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान (अध्यक्ष : जीवा लामिछाने) ।
– विसं २०८१ को पद्मश्री साहित्य पुरस्कार रमेश भुसाल (कृति : छालबाटो) लाई प्रदान गरिएको ।
११. विश्व मुटु दिवस कहिले मनाइन्छ ?
सेप्टेम्बर २९
– सन् २०२६ को नारा ‘धड्कन नछुटाऔँ’ ।
१२. धन समुद्री पानी जस्तै हो । हामी यसलाई जति धेरै पिउँछौँ, त्यति नै धेरै तिर्खा लाग्छ भन्ने विद्वान् को हुन् ?
आर्थर सोपेनहार
१३. वायुप्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रदूषण शुल्क शीर्षकमा कहिलेदेखि कर लगाउँदै आएको छ ?
आर्थिक वर्ष २०६५/६६
१४. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि भएको हो ?
विसं २०२२ पुस १
१५. नेपालको आधुनिक मूर्तिकलाका पितामह मानिने ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको निधन कहिले भएको हो ?
विसं २०८३ असोज ६
– स्वर्गीय क्रोध शिरोमणि कुमालेले निर्माण गर्नुभएका मूर्तिमध्ये पाटन बालकुमारी मन्दिरको भैरवको मूर्ति, धन्वन्तरी वराही मूर्ति, शङ्खमूलको राधारुक्मणी मूर्ति, त्यागलको गणेश र भैरवको मूर्ति, महाबुद्धको वज्र, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गण एवं मन्थली रामेछापको नागदेवसहित १३ देवीमन्दिरका मूर्ति प्रसिद्ध रहेका छन् ।
– बौद्धकलामा आधारित क्रोध मुद्राको मूर्ति बनाउन खप्पिस मानिने मूर्तिकार कुमालेले चीन, बेलायतलगायत दर्जनभन्दा बढी मुलुकमा नेपाललाई मूर्तिकलाका माध्यमबाट परिचित गराउनुभएको । उहाँ सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक, ललितकला प्रज्ञा सम्मानलगायत दर्जनौँ पुरस्कारबाट सम्मानित हुनुभएको ।
१६. काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माको निधन कहिले भएको हो ?
विसं २०८३ असोज ७
– नेपाली शिक्षा जगत्का एक दूरदर्शी व्यक्तित्व प्राडा शर्मा लामो समयदेखि नेपालको उच्च शिक्षाको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा निरन्तर सव्रिmय रहँदै आउनुभएको थियो ।
– काठमाडौँ विश्वविद्यालयको स्थापना र यसलाई नेपालको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न शर्माको योगदान अतुलनीय रहेको छ ।
१७. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?
ब्राजिल
१८. विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
सन् १९०१
– अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।
– नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिने । नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्ने ।
१९. स्काई ल्याब भन्नाले के बुझिन्छ ?
पृथ्वीका बारेमा विविध प्रकारका अनुसन्धान गर्न अन्तरिक्षमा स्थापित प्रयोगशाला
२०. सतार/सन्थाल जातिको बसोबास कहाँ रहेको छ ?
झापा, मोरङ, सुनसरी
– मेहनती र सोझो जाति सतार आफूलाई सन्थाल भन्न रुचाउने ।
– २०३८ सालको जनगणनाले सतार र सन्थाललाई बेग्लाबेग्लै भाषिक जातिमा राखेको थियो । त्यो समय सतारको जनसङ्ख्या २२ हजार ४०३ र सन्थालको पाँच हजार ८०४ थियो ।
– २०७८ सालको जनगणनामा सन्थालको जनसङ्ख्या ५७ हजार ३१० पुगेको ।
– सन्थाल जातिको भाषा सन्थाली र लिपि अलचिकी हो ।
२१. हालै (सन् २०२६ सेप्टेम्बर) अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल नेपालमा आयोजना हुने ट्रेल रेस कुन हो ?
एभरेस्ट भ्यु ट्रेल रेस
– अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) ले यस रेसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको ।
– माप्य दुधकोशी गाउँपालिका (सोलुखुम्बु) मा आयोजना हुँदै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ अन्तर्राष्ट्रिय ट्रेल रनिङको प्रणालीमा समावेश भएको ।
– यस साहसिक खेलकुद प्रतियोगिताले माप्य दुधकोशी गाउँपालिकालाई खेल तथा साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न र स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने अपेक्षा गरिएको ।


0 Comments