गोरखापत्र वस्तुगत ३० पुस २०८२*

१.  राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ?

सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत)


–  प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीको दर गण्डकी प्रदेशमा (११.८८ प्रतिशत),

नेपालमा २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि,

–  देशभर कुल गरिब सङ्ख्या ६२ लाख ३६ हजार १४५

–  जिल्लागत रूपमा सबैभन्दा बढी गरिबीको दर अछाम जिल्लामा (४९.५८ प्रतिशत),

–  जिल्लागत रूपमा सबैभन्दा कम गरिबीको दर कास्की जिल्लामा (६.६३ प्रतिशत),

–  स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशतसम्म रहेको,

–  स्थानीय तहमा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनिचाँदे गाउँपालिकामा (७७.८९ प्रतिशत),

–  स्थानीय तहमा सबैभन्दा कम गरिबीको दर मुस्ताङको घरपझोङ गाउँपालिकामा (१.१८ प्रतिशत),

–  काठमाडौँ महानगरमा गरिब जनसङ्ख्या ः ५९,२१८ (६.८७ प्रतिशत)

–  सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत गरिबीको रेखामुनि,

–  ३४ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा बढी,

–  स्थानीय तहस्तरको विश्लेषणमा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४४४ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको,

–  नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी रहेको,

–  यस पटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक ७२,९०८ रुपियाँको नयाँ गरिबीको रेखा निर्धारण गरिएको । यसअघि २०६६÷६७ मा गरिबीको रेखा १९,२६१ रुपियाँ निर्धारण गरिएको थियो । 


२.  नेपालको दोस्रो स्याटेलाइट–मुनाल कहिले प्रक्षेपण गरियो ?

विसं २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)

–  प्रक्षेपण स्थान ः सतीश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, भारत

–  प्रयोग ः बिरुवाहरूको अनुगमन, घरेलु प्रविधिको परीक्षण र एआई– सञ्चालित डेटाको प्रशोधन

–  नेपालको पहिलो भू–उपग्रह ः नेपाली स्याट १

–  प्रक्षेपण ः विसं २०७६ वैशाख ५

–  पहिलो स्याटेलाइट पृथ्वीमा फिर्ता ः विसं २०७८ 

असोज १८


३.  नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ?

विसं २०८२ पुस २७

–  स्थान ः मेचीनगर–७ (झापा)

–  आयोजक ः राजवंशी समाज विकास समिति, मेचीनगर

–  चामलको पिठोबाट पानीको बाफमा पकाइने भक्का स्वादिलो एवं पोसिलो हुन्छ । 

–  जिल्ला भर राजवंशी समुदायले विगत ९ वर्षदेखि पुस २९ गते भक्का दिवस मनाउँदै आएका । 


४. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ? 

८० प्रतिशत


५.  नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

९०३

–  ९०३ औँ चरा ः रातोकण्ठे डुबुल्की (रेड नेक्ड ग्रेब)

–  वैज्ञानिक नाम ः पोडिसेप्स÷ग्राइसजिना

–  सुर्खेतको बुलबुल ताल क्षेत्रमा सो चरा फेला (विसं २०८२ असोज २९) परेको ।

–  पुष्टि गर्ने संस्था ः नेपाल पन्छी संरक्षण सङ्घ र राष्ट्रिय अन्तर्राष्ट्रिय चराविद् ।

–  चराविद् सुगम गुरागाईं र सुस्मिता चौधरीले सो प्रजातिको चरा पत्ता लगाएका । 


६.  विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभब नी आरोही को हुन् ?

हरि बुढामगर

–  बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) 

आरोही बनेका । 

–  सन् २०२६ जनवरी ६ को राति १० बजे उनले अन्टार्कटिका स्थित ४,८९२ मिटर उचाइको अग्लो शिखरमा पाइला टेकेका । 

–  अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको अत्यधिक कठ्याङ्ग्रिँदो चिसो, हावा र हिउँको ठाडो भिरलाई कृत्रिम खुट्टाको सहायताले परास्त गर्दै उनी कीर्तिमानी आरोही बनेका । 

–  बुढामगरले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरेका ।

–  उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने दुवै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर आरोहणको अर्को इतिहास पनि रचेका । 


७. आइएसओ ९००१ः २०१५ को प्रमाण पत्र प्राप्त गर्न सफल नेपालको केवलकार कम्पनी कुन हो ? 

प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड 

कम्पनीलाई अमेरिकास्थित गुणस्तर मापदण्ड रेजिस्टेकले सो प्रमाणपत्र प्रदान गरेको ।


८.  राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

विसं २०८२ पुस २६, काठमाडौँ 

–  सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रको रूपमा पुनस्र्थापना गर्ने लक्ष्य राखेको ।

–  सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क, लगानीकर्ता, गैरआवासीय नेपाली, किसान र उद्यमीहरू 

उपस्थिति रहेका । 

–  उक्त खेतीका लागि तराई क्षेत्रमा १००–७५० मिटर र पहाडमा ७५०–१,५०० मिटर उचाइमा अवस्थित भूभाग उपयुक्त मानिने । 


९.  एफएटिएफ÷इन्टरनेसनल कोअपरेसन रिभियु ग्रुप मिटिङ हालै कहाँ सम्पन्न भएको हो ? 

बैङ्कक, थाइल्यान्ड (सन् २०२६ जनवरी ६)

–  नेपाली प्रतिनिधिमण्डलको नेतृत्वः गभर्नर 

विश्वनाथ पौडेल

–  के सँग सम्बन्धितः सम्पत्ति शुद्धीकरण

–  नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेकोः २०८१ फाल्गुन ९ (२०२५ फेब्रुअरी २१)

–  यस अघि सन् २०११ म पनि ‘ग्रे लिस्ट’ मा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।


१०.  बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भएको हो ?

सन् २०२५ डिसेम्बर ३० (८० वर्षको उमेरमा)

–  खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बङ्गलादेशको प्रधानमन्त्री बनेकी ।

–  उनी सन् १९८१ मा बङ्गलादेशको राष्ट्रपति बनेका जियाउर रहमानकी पत्नी थिइन् । 


११.  दरबार हाइस्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन् ?

शारदा कुमारी पौडेल

नियुक्त ः विसं २०८२ मङ्सिर ४ गते

–  पहिलो प्रधानाध्यापक ः मिस्टर कयानिङ

–  पहिलो नेपाली प्रधानाध्यापक ः रुद्रराज पाण्डे

–  दरबार स्कुलको स्थापना ः विसं १९१०


१२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो ? 

डिसेम्बर २७


१३. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०७७ पुस ६


१४.  ‘विश्वशान्तिको भविष्य सम्झौता र सन्धिहरूमा निर्भर छैन, मानिसको आफ्नै मनमस्तिष्कमा निर्भर छ’ भन्ने विद्वान् को हुन् ? 

  जयपृथ्वीबहादुर सिंह 


१५. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ? 

कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच) 

राजापुर नगरपालिका र टीकापुर नगरपालिकाद्वारा शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको ।

तोकिएको क्षेत्रभित्र माछा मार्न जाल थाप्न नपाइने, आसपासका क्षेत्रमा पनि प्रजनन समयभन्दा बाहेकको समयमा महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थको प्रयोग नगरी माछा मार्न पाइने जनाइएको ।

माछा संरक्षणका एवं सांस्कृतिक जगेर्नाका लागि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको । 

–  नेपालमै पहिलो पटक घोषणा गरिएको सो क्षेत्र डल्फिन, ओत र घडियाल गोही विचरण गर्ने क्षेत्रको रूपमा समेत रहेको । 

जथाभाबी तरिकाले माछा मार्न रोकिएपछि माछासँगै अरू जलचरको पनि संरक्षण हुने भएको ।


१६. २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा वर्षका उत्कृष्ट खेलाडी को–को घोषित भए ? 

पुरुषतर्पm ः दीपेन्द्रसिंह ऐरी (व्रिmकेट) र महिलातर्पm ः एरिका गुरुङ (कराँते)

अवार्ड विजेता 

उत्कृष्ट पुरुष खेलाडी ः दीपेन्द्रसिंह ऐरी (व्रिmकेट)

उत्कृष्ट महिला खेलाडी ः एरिका गुरुङ (कराँते)

ट्रेलब्लेजर खेलाडी ः पलेसा गोवर्धन (पारा तेकवान्दो)

लाइफटाइम अचिभमेन्ट अवार्ड ः खड्ग रानाभाट 

पिपुल्स च्वाइस ः हिमाल सुनारी (भलिबल)

उत्कृष्ट प्रशिक्षक ः कविराज नेगी लामा (पारा तेक्वान्दो) 

उत्कृष्ट पारा खेलाडी ः प्रभा आङ्देम्बे (पारा एथ्लेटिक्स) 

स्पेसल अवार्ड ः तुलसी गुरुङ (तेक्वान्दो) 

उत्कृष्ट युवा खेलाडी ः पूजा महतो (व्रिmकेट) 

उत्कृष्ट टोली ः खो–खो टोली (महिला÷पुरुष)

एसियन स्पोर्टस् जर्नालिस्ट ः मोहमद हसन –बङ्गलादेश) 


१७. सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ?

डोटी


१८. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?

सन् २०२३–२०२७ 


१९. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?

युजेनिक्स


२०. नेपाल टेलिकमद्वारा ईसीमको सुरुवात कहिलेदेखि गरिएको हो ?

विसं २०७९ भदौ ३१ 

२१. अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

सन् २०२६ जनवरी ५–६, नालन्दा खुला विश्वविद्यालय, भारत 

मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका सम्बन्धमा सम्मेलन केन्द्रित रहेको । 

Post a Comment

0 Comments