महालेखा नियन्त्रक कार्यालयका काम, कर्तव्य र जिम्मेवारी

प्रश्न नं. १. आर्थिक प्रशासनलाई पारदर्शी बनाई वित्तीय उत्तरदायित्व वहन गर्ने/गराउने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले उल्लेख गरेबमोजिमका महालेखा नियन्त्रक कार्यालयका काम, कर्तव्य र जिम्मेवारी प्रस्तुत गर्नुहोस्।

आर्थिक प्रशासनका सम्बन्धमा प्रलचित ऐन तथा नियममा उल्लेख गरेका काम, कर्तव्य र जिम्मेवारीका अतिरिक्त आर्थिक प्रशासनलाई पारदर्शी, विधिसम्मत, नतिजामूलक बनाउँदै वित्तीय उत्तरदायित्व वहन गर्ने गराउने सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयका काम, कर्तव्य र जिम्मेवारी यसप्रकार छन्ः

  • सार्वजनिक कोषको कारोबार व्यवस्थित गर्न नगद वा प्रोदभावीमा आधारित लेखा ढाँचा र खातासूची बनाई महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत गराई प्रयोगमा ल्याउने,
  • सञ्चित कोष, आकस्मिक कोष र अन्य सरकारी कोषको हिसाब राख्ने र राख्न लगाउने,
  • नेपाल सरकारको विनियोजन, राजस्व र धरौटीको केन्द्रीय लेखा, सहायता, अनुदान, ऋण र व्याज तथा लाभांशसमेत समावेश गरी एकीकृत आर्थिक विवरण बनाउने र लेखा परीक्षण गराउने,
  • विनियोजन, राजस्व, धरौटी, अन्य सरकारी कोष र जिन्सी मौज्दातको परिचालन तथा आर्थिक नियमको परिपालना सम्बन्धमा आवश्यकता अनुसार कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने,
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको कार्यान्वयन गर्दा आर्थिक प्रशासन सम्बन्धमा कुनै समस्या देखिएमा राय दिने,
  • आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा केन्द्रीय निकायसँग समन्वय र सहजीकरण गर्ने,
  • आन्तरिक लेखा परीक्षणसम्बन्धी मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउने,
  • वित्तीय कारोबारसँग सम्बन्धित विषयमा विद्युतीय प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने।

Post a Comment

0 Comments