सार्वजनिक व्यवस्थापन सम्बन्धी सम्भावित १० प्रश्न
१. सार्वजनिक व्यवस्थापनको अवधारणा उल्लेख गर्दै नेपालको सार्वजनिक प्रशासनमा सार्वजनिक व्यवस्थापनको कस्तो अभ्यास भएको पाउनुहुन्छ ? समीक्षा गर्नुहोस् ।
२. कर्मचारी व्यवस्थापनका मूलभूत पक्ष उल्लेख गर्दै नेपालको निजामती सेवामा कार्य–सम्पादनमा रहेका समस्या बताउँदै तिनका समाधानका उपाय पनि लेख्नुहोस् ।
३. अनुगमन र मूल्यांकनको परिभाषा लेख्दै नतिजामूलक अनुगमन र मूल्यांकनका विधिबारे लेख्नुहोस् ।
४. नेपालको सार्वजनिक प्रशासनको आधारभूत विशेषता उल्लेख गरी नेपालको सार्वजनिक प्रशासनको सुधारका लागि भएका प्रयासबारे लेख्नुहोस् ।
५. संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध उल्लेख गर्दै नेपालमा यससम्बन्धी के–कस्तो प्रावधान रहेको छ ? लेख्नुहोस् ।
६. सामाजिक सुरक्षा र गरिबीबीच कस्तो सम्बन्ध रहेको पाउनुहुन्छ उल्लेख गर्र्दै गरिबी निवारणमा देखिएका समस्या तथा समाधानका उपायबारे लेख्नुहोस् ।
७. स्थानीय कर तथा कर अधिकारबारे संक्षिप्तमा चर्चा गर्दै स्थानीय तहमा कुन व्यवस्थाबमोजिम स्थानीय कर लगाउने व्यवस्था रहेको छ ? लेख्नुहोस् ।
८. प्रत्यक्ष कर र अप्रत्यक्ष करको फरक छुट्याई प्रत्यक्ष करलाई किन प्रगतिशील कर भनिन्छ ? लेख्नुहोस् ।
९. वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने आधार उल्लेख गर्दै वित्तीय व्यवस्थापनको उद्देश्य तथा महत्वबारे लेख्नुहोस् ।
१०. लेखापरीक्षणको परिचय दिँदै आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षणबीचको भिन्नता छुट्याउनुहोस् ।
टिप्स
- अन्तिम समयमा लोकसेवाको तयारी गर्दा केही नमुना प्रश्नपत्र विज्ञलाई बनाउन लगाएर ती नमुना प्रश्नपत्रको उत्तर कति समयभित्र लेख्न सक्छु भनेर प्रयास गर्नुपर्छ । जस्तै– आज परीक्षा छ भने तीन घन्टामा सबै प्रश्नलाई यति समय दिन सक्छु भनेर परीक्षार्थीले समयलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।
- सिलेबसमा केन्द्रित भएर सरसर्ती एकपटक सबै प्रश्नलाई पढ्नुपर्छ । त्यसैगरी, मुख्य–मुख्य कुरालाई थप समय दिनुपर्छ ।
- भोलि परीक्षा छ भन्दैमा आत्तिनु हुँदैन, बरु पढेका कुरालाई सम्झेको छ वा छैन भनेर पुनः जाँच गर्नुपर्छ ।
- परीक्षा हलमा छिरेपछि परीक्षार्थीले लेख्ने कलम, कापी, प्रवेशपत्रलगायत आफूलाई चाहिने सामग्री छन् वा छैनन्, सो कुरालाई ख्याल गर्नुपर्छ ।
- परीक्षा हलमा छिरेपछि समय व्यवस्थापनको धेरै ख्याल गर्नुपर्छ । जस्तै– तीन घन्टाको परीक्षा दिनु छ भने यसका लागि कुन प्रश्नलाई नम्बरका आधारमा कति–कति समय व्यवस्थापन गर्न सकिन्छ भनेर अगाडि नै समय छुट्याउन सक्नुपर्छ ।
- प्रश्नको उत्तर लेख्दा सर्वप्रथम आफूलाई आउने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । कुनै प्रश्नको उत्तर आउँदैन भनेर आत्तिनु हुँदैन ।
- आफूलाई सहज र सरल लाग्ने प्रश्नको उत्तर सुरुमा लेख्नुपर्छ । आउने प्रश्नको उत्तर लेखिसकेपछि मात्र अप्ठ्यारो प्रश्नको उत्तर लेख्न समय व्यवस्थापन गर्नुपर्छ ।
- सुरुमा केही प्रश्नको उत्तर लेखेपछि परीक्षार्थीमा हौसला, उत्साह तथा आत्मबल पनि बढ्छ र नआएको प्रश्नबारे सोचेर लेख्न केही मद्दतसमेत पुग्छ ।
- परीक्षा हलमा गएलगत्तै नर्भस हुनुहुँदैन र उत्तर लेख्दा भावनात्मक कुरामा बहेर पनि लेख्नुहुँदैन । उत्तर लेख्दा तथ्य र तथ्यांकलाई समाएर मात्र लेख्नुपर्छ ।
- अन्तिममा कापीमा आफूले लेखेका कुरालाई एकपटक चेक गर्नुपर्छ र सिम्बोल नम्बर पनि सही छ वा छैन भनेर हेर्नुपर्छ ।
- परीक्षार्थीले पढ्ने र लेख्ने दुवै बानी गर्नुपर्छ, जसले गर्दा परीक्षामा सहज हुन्छ ।
- परीक्षार्थीले बढी अंक प्राप्त गर्न योजना बनाएर पढ्ने बानी गर्नुपर्छ । परीक्षा हलमा पुगेपछि प्रश्न राम्रोसँग पढ्नुपर्छ ।
- परीक्षार्थीले मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनुपर्छ । आत्मबल उच्च हुनु जरुरी हुन्छ ।
- परीक्षासँग जोडिएर मनमा डर ल्याउनु हुँदैन । म कमजोर छु भन्ने होइन कि म सक्षम छु भन्ने मान्यतासहित परीक्षा हलमा पस्नुपर्छ । र, हरेक प्रश्नको सामना गर्न सक्छु भन्ने आत्मबल हुनुपर्छ ।
- परीक्षा हलमा जाँदा पर्याप्त समय लिएर जानुपर्छ । हतारमा जाँदा बाटोमा केही समस्या पर्न सक्छ । समयमै आफ्नो कोठामा पस्नु र बस्नुपर्छ ।
- प्रश्नपत्र हात परेपछि राम्रोसँग अध्ययन गर्नुपर्छ । आफ्नो कापी अरूलाई हेर्न दिनु हुँदैन । परीक्षामा लेख्ने समयमा केही समस्या आउन दिनु हुँदैन । परीक्षा अवधिका बीचमा सकेसम्म बाहिर जानु हुँदैन । समयको एकदमै ख्याल गर्नुपर्छ ।
- परीक्षार्थीले परीक्षाको दिन नयाँ कलमभन्दा पनि एक–दुई दिनदेखि चलाइरहेको कलमले लेख्दा राम्रो हुन्छ ।
- विषयवस्तुबारे कुन किताबमा के लेखेको छ वा कसले के लेखेको छ भन्ने भन्दा पनि सबै पढेर आफैँले बुझ्न जरुरी हुन्छ । आफूले बुझेर आफ्नो बुझाइलाई स्पष्ट पार्नुपर्छ ।
- परीक्षार्थीहरू अर्काको शैली चोर्न खोज्छन् । पढ्दा अरूबाट सुझाब लिने हो, तर अर्काको शैली चोरेर लोकसेवाको परीक्षामा परीक्षार्थी पास हुन सक्दैन ।
सार्वजनिक सेवा र सुशासनसम्बन्धी सम्भावित १० प्रश्न
१. नेपालको सार्वजनिक सेवा प्रवाहको स्थिति प्रभावकारी नभएको भन्ने जनगुनासो आइरहेको वर्तमान अवस्थामा यसबारे स्पष्ट पार्दै नेपालको सार्वजनिक सेवा प्रवाहमा गरिनुपर्ने सुधारबारे चर्चा गर्नुहोस् ।
२. सार्वजनिक सेवा प्रवाहमा निजामती कर्मचारीको भूमिकाबारे स्पष्ट पार्दै नेपालमा सार्वजनिक सेवा प्रवाहका लागि गरिएका कानुनी तथा संस्थागत व्यवस्थाहरू लेख्नुहोस् ।
३. राजनीतिक तटस्थता भनेको के हो ? नेपालको सार्वजनिक व्यवस्थापनमा राजनीतिक तटस्थताको प्रयोगसम्बन्धी समस्याहरूको विवेचना गर्नुहोस् ।
४. सार्वजनिक जवाफदेहिता÷उत्तरदायित्व भन्नाले के बुझिन्छ ? सुशासनका लागि सार्वजनिक उत्तरदायित्वको महत्वमाथि प्रकाश पार्दै सार्वजनिक उत्तरदायित्वलाई साकार पार्न अवलम्बन गर्नुपर्ने उपायहरू औँल्याउनुहोस् ।
५. सार्वजनिक कोष भन्नाले के बुझ्नुहुन्छ ? सार्वजनिक कोषको सदुपयोग, सदाचार र नैतिकताबारे स्पष्ट पार्नुहोस् ।
६. सार्वजनिक सेवा बडापत्र भन्नाले के बुझ्नुहुन्छ ? यस बडापत्रअन्तर्गत के–कस्ता विषयवस्तु समेटिन्छन् ? स्पष्ट पार्नुहोस् ।
७. ‘पारदर्शिता तथा उत्तरदायित्व सार्वजनिक सेवा प्रवाहका दुई मुख्य आधार स्तम्भ हुन्’ यो भनाइलाई पुष्टि गर्नुहोस् ।
८. सार्वजनिक कोषको सदुपयोगका लागि नेपालमा भएका व्यवस्थाहरू उल्लेख गर्दै नेपालको सार्वजनिक कोषमा सदाचार र नैतिकताको पालनाको अवस्थाबारे उल्लेख गर्नुहोस्् ।
९. उत्तरदायित्वको आवश्यकता उल्लेख गर्दै सार्वजनिक उत्तरदायित्वका सिद्धान्त र परिवर्तित मान्यताबारे चर्चा गर्नुहोस् ।
१०. नेपालमा विद्युतीय शासनको प्रयोगको अवस्थाको चर्चा गर्दै विद्युतीय शासनको कार्यान्वयनमा देखिएका समस्या तथा समस्या समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।
संविधान र कानुनसम्बन्धी सम्भावित १० प्रश्न
१. संविधानवाद भनेको के हो ? संविधानवादलाई मूलतः कति भागमा वर्गीकरण गरिएको छ ? नेपालमा संविधानवादको विकासक्रमबारे संक्षिप्त चर्चा गर्नुहोस् ।
२. कानुन निर्मित निकाय भन्नाले कस्तो निकायलाई जनाउँछ ? नेपालमा विद्यमान रहेका कानुन निर्मित निकायहरूको संक्षिप्त चर्चा गर्नुहोस् ।
३. नेपालको संविधानका प्रमुख विशेषता उल्लेख गर्दै संवैधानिक विकासक्रमबारे संक्षिप्त टिप्पणी गर्नुहोस् ।
४. वर्तमान नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका संरचना, अधिकार र जिम्मेवारी देखाउने तालिका बनाउनुहोस् । सरकारका यी तीन अंगबीचको शक्ति विभाजन कसरी गरिएको छ ? उल्लेख गर्नुहोस् ।
५. राज्यका निर्देशक सिद्धान्तहरू भन्नाले के बुझिन्छ ? राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई अदालतको कारबाहीबाट लागू गराउन सकिने÷नसकिने सन्दर्भमा विवेचना गर्नुहोस् ।
६. मानवअधिकार भन्नाले के बुझिन्छ ? मानवअधिकारका मूलभूत सिद्धान्तहरू उल्लेख गर्दै नेपालको राष्ट्रिय मानवअधिकार आयोगको गठन, काम, कर्तव्य र अधिकारबारे चर्चा गर्नुहोस् ।
७. नागरिक चेतना भन्नाले के बुझ्नुहुन्छ ? नागरिकका मुख्य कर्तव्य र जिम्मेवारीबारे संक्षिप्तमा चर्चा गर्नुहोस् ।
८. कानुनका स्रोतहरू उल्लेख गर्दै नेपालमा कानुन निर्माण प्रक्रिया उल्लेख गर्नुहोस् ।
९. लोकतान्त्रिक मूल्य र मान्यता भन्नाले के बुझ्नुहुन्छ? नेपालमा यी मूल्य र मान्यताको प्रयोग कसरी भएको पाउनुहुन्छ ? लेख्नुहोस् ।
१०. समानुपातिक प्रतिनिधित्व भन्नाले के बुझ्नुहुन्छ? यसका सबल र दुर्बल पक्षबारे चर्चा गर्दै समानुपातिक प्रतिनिधित्व प्रणालीलाई मुख्य रूपमा कति किसिममा वर्गीकरण गरिन्छ? लेख्नुहोस् ।
शासन प्रणाली र समसामयिक विषयअन्तर्गत राज्य र शासनका महत्वपूर्ण प्रश्नहरू
१. शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा विशेषताहरू उल्लेख गर्नुहोस् ।
२. शासनको सन्दर्भमा शक्ति पृथकीकरणको तथा शक्ति नियन्त्रण र सन्तुलनको सिद्धान्तबारेमा चर्चा गर्दै नेपालको शासन प्रणालीमा मन्टेस्क्युले सिफारिस गरेअनुसारको शक्ति पृथकीकरणको सूत्र कार्यान्वयन सम्भव छ ? उल्लेख गर्नुहोस् ।
३. शासनको परिचय दिँदै नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन के कस्ता सुधार आवश्यक ठान्नुहुन्छ ?
४. सूचनाको हक भनेको के हो ? सूचनाको हकले पारदर्शिता कसरी प्रवद्र्धन गर्दछ ? उल्लेख गर्नुहोस् ।
५. राष्ट्र, राज्यको परिभाषा उल्लेख गर्दै नेपालको राष्ट्र निर्माणको प्रक्रियामा रहेका समस्या/चुनौतीहरू र समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।
६. राष्ट्रिय सुरक्षा व्यवस्थापनको क्षेत्र उल्लेख गर्नुहोस् । नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरूको संक्षिप्त समीक्षा गर्नुहोस् ।
७. बहुस्तरीय शासन सन्दर्भमा शासनलाई मूलभूत रूपमा कति प्रकारका विभाजन गर्ने गरिएको छ ? उल्लेख गर्दै ती शासनहरूबारेमा टिप्पणी लेख्नुहोस् ।
0 Comments