सहिष्णु बनौं

जब अल्पसंख्यक/सिमान्तकृत वर्ग समुदायको अधिकारको कुरा उठ्छ समाजको अर्को बलियो समुदायसँग जोडेर विषयवस्तुलाई भाड्ने प्रयास गरिन्छ । भारतमा अल्पसंख्यक मुस्लिमलाई धार्मिक रंग, नेपालमा दलित समुदायको कुरा उठ्दा ब्राह्मणसंग भिडाएर जातीय रंग, अमेरिकाका काला जाति माथिको थिचोमिचो यसका केहि उदाहरण हुन् ।
छुवाछूत तथा जातीय विभेद मानवता विरुद्धको अपराध हो । कयौं ऐन कानून बने, कयौं सन्धिसम्झौताका पक्ष राष्ट्र पनि भयौं, संविधानको प्रस्तावना देखि, मौलिक हक, राज्यका नीति तथा दायित्व लगायत हरेक ठाउँमा समाबेश गरियो । तर पनि बुद्धिजीवी भन्नेहरुले समेत छुवाछूतलाई न्यायोचित ठान्ने आशयका विचार सामाजिक संजालमा प्रस्तुत गरेको देख्दा प्रगति शुन्य मै छ जस्तो लाग्छ ।
समावेशीकरण, आरक्षण/सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व लगायत विषय हामी कथित उपल्लो जातिले सित्तैमा उपहार दिएको नभई यसमा ठूलो त्याग, लामो समयको संघर्ष र बलीदानीको कथाव्यथा जोडिएको छ । यसका सिमितता/सुधार गर्नुपर्ने कुरा धेरै छन् तर समष्टिमा यसको विरोध नगरौं । सबै जाति समुदायलाई मूलप्रवाहीकरणमा ल्याउन हातेमालो गरौं । पहिचान, सहिष्णुता र सहअस्तित्व मात्रै विविधता व्यवस्थापनको उपाय हो ।
बुद्धको देशका नागरिक हामी, सबै प्राणी जगतलाई समान देख्छौं, अशान्तिको बाटोमा हिड्दैनौं, आत्मकेन्द्रित होईन उदारतालाई धर्म मान्छौं ।
मनन गरौं !!

Post a Comment

0 Comments