हाम्रो छ यो कामना

शुभाशिष सहित समर्पित कविता

(रचयीता: देवकीनन्दन भण्डारी, २०७६-१२-२१)

आशा पूर्ण गरे पिता जननिको, आशीरबादै धरे ।

वन्धू वान्धवमा अभिन्न दिलको, एकात्मता नै गरे ।।

हिन्दूधर्म महाँ वकालत गरे, ज्योतीष शास्त्रै पढे ।

ए कान्छा लघु कौमुदी पढीकनै, विद्वान राम्रै बने ।।

।।१।।

माताश्री जननी सदा हरघडी, नेपाल सेवा गरे ।

नेपाली जनको दिलै खुसी हुने, सेवा तिमीले गरे ।।

सर्वोच्चै पद हासिलै गरिकनै, शास्त्रीय कर्मै गरे ।

कीर्ती नै रहने यि काम गरनू, प्रख्यात बन्ने भए ।।

।।२।।

हाम्रो यो दिल आशिषै बुझिदिनू, आफ्नो दिलैमा सधै ।

नेपाली जननी ति आशिक दिउन्, चौतर्फि साफल्य नै ।।

रत्नैको टुकुरो सबै जनहरु, सम्झुन् दिलैमा अझै ।

यस्तो लोकमहाँ सुकीर्ति हुनता, स्वर्गै सरी हो सधै ।।

।।३।।


बुवाआमाको तर्फबाट छोरा प्रति समर्पित कविता

Post a Comment

0 Comments