सम्झनामा भक्तपुर

देश कै सानो जिल्ला, थुप्रै साँस्कृतिक एवं ऐतिहासिक पहिचान बोकेको भक्तपुर मेरा लागि भने अझै खास छ । लोकसेवा आयोगले भक्तपुर स्थित जिल्ला अदालतमा सिफारिस गरेसँगै मैले नजिकबाट यसलाई अनुभव गर्ने मौका पाएँ । कामको चाँपको बीचमा पनि भक्तपुरले सधै पुनःताजकीकरण गरि नै रह्यो ।

सबै कुरा क्यामेरामा कैद गर्न सम्भव हुदैन, तर मानसपटलमा कहिल्यै नमेटिने गरी ती क्षण ती पल घुमिरहेका छन् र घुमिरहने छन् ।

भनिन्छ, हरेक कुराको सुरुवात र अन्त्य विशेष हुन्छ । भक्तपुर मेरो निजामति सेवा यात्राको सुरुवात हो, जुन निकै छोटो (२ महिना) तर विशेष रह्यो, सिकाइको यो यात्रा उपलब्धिमूलक नै रह्यो । माननीयज्युहरु, अग्रज सरहरु एवं सहकर्मी साथीहरुले देखाउनु भएको आत्मीयता, सदासयता, उत्प्रेरणा एवं माया सधै मनमुटु मै रहिरहने छ । निजामती संगठन र यसको सेरोफेरोमा पुनः हाम्रो भेट हुने नै छ ।

समग्र भक्तपुर जिल्ला अदालत परिवार प्रति मिठो माया र सम्झना
मितिः २०७६/०९/०३ बिहिबार

Post a Comment

0 Comments