गुल्मीमा पर्यटनको सम्भावना र चुनौति

म आफै पनि घुमेका देशका अधिकांश ठाउँमध्ये रेसुङ्गाले जस्तो आनन्द अरु कुनै ठाउँले दिएका छैनन् । मेरो आफ्नो गृहजिल्ला भएकोले म यसो भन्दै छैन । यहि सौम्य प्रकृतिले नै होला धेरै ऋषि र तपस्वीहरुलाई यसले लोभ्याएको । तर विडम्बना पर्यटक आवागमन शुन्यप्राय देख्दा मन सधै अमिलो हुन्छ । धेरै प्रशासक, नेता, मन्त्री यहीँ ठाउँले जन्मायो, शिक्षामा अग्रणी हुँदाहुँदै पनि अपेक्षित विकास हुन सकिनरहेको अवस्था छ । उद्योगपति शेखर गोल्छालाई पनि लोभ्याएछ यस ठाउँले, खुसी लाग्यो ।
नयाँ पत्रिकामा उनकै शब्दमा, "गुल्मीको सदरमुकाम तम्घास । साँघुरो सडक हुनाले तम्घास पुग्न गाह्रो रहेछ, तर पुगेपछि खुबै राम्रो लाग्यो । हालै तम्घास पुगेको थिएँ । एक रात बसेँ पनि । तम्घास युनिक लाग्यो । मौसम पनि ठण्डा । त्यहाँको बजार पनि युनिक रहेछ । शान्त र सफा पनि । सबैभन्दा बढी मन परेको त्यहाँका मान्छेको मुहारमा ‘हेप्पिनेस’ हो ।
मान्छेको ड्रेसअप पनि राम्रो लाग्यो । नेपालका शिक्षित जिल्लामध्ये एक होला, गुल्मी । धेरै गुल्मेली ब्युरोक्र्याटमा छन् । तम्घास बजार अग्लो रेसुंगा डाँडाको काखमा छ । रेसुंगा जहिल्यै हरियाली रहन्छ रे ! हामी जाँदा लालीगुराँस फुलेर डाँडै राताम्य भएका थिए । मेरो फेबरेट सिटीमा तम्घास पर्छ । संसार घुम्दा लन्डन र देश चहार्दा तम्घासले लोभ्यायो ।"
गुल्मी साच्चै नै अनुपम छ, धेरै ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना छन् । पर्यापर्यटनका साथै ऐतिहासिक एवं धार्मिक पर्यटनको सम्भावना छ । सरोकारवाला सबैको ध्यानमात्र होइन यी कुराहरु प्राथमिकतामा परुन ।
to be continue please wait...

गुल्मीको शान्तिपुर स्थित झरनामा निर्मित सुन्दर पार्क,
ब्यस्त दैनिकी र तराइको गर्मी बाट केही दिन रेफ्रेश्मेन्टको लागि यो ठाउँको भ्रमण को योजना उत्तम हुनेछ
झराना बाट झरेको पानीमा प्रकृतिक स्विमिङ पुल र टिमुरेमा होम्स्टे सन्चलान गर्न सकेमा हजारौ पर्यटकको गन्तव्य हुनेछ यो ठाउँ (तस्विर: Madhav Dhungana)




Post a Comment

0 Comments