महत्वपूर्ण समसामयिक अपडेट

🔘‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान" नारासहित पहिलो राष्ट्रिय झण्डा दिवस कहिले मनाइयो?
⇨२०७५ पुस १ गते।
🔘बढ्दो सवारी जामलाई न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौ टुँडिखेल आसपासका क्षेत्रमा "पिक एण्ड ड्रप" अभियान कहिलेबाट सुरु गरिएको हो?
⇨२०७५ पुस १
🔘पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधन कहिले भयो?
⇨२०७५ पुस ३
🔘राष्ट्रिय महिला वन किसान सम्मलेन २०७५ कहिले सम्पन्न भयो?
⇨२०७५ पुस ५-६
🔘हालै विमोचन गरिएको पुस्तक 'चलचित्र: कला र प्रविधि' का लेखक को हुन्?
⇨प्रकाश सायमी
🔘"पिसाबलाई हिसाबमा रुपान्तरण" नामक अभियान कुन स्थानिय निकायले सुरु गरेको अभियान हो?
⇨मङ्गला गाउँपालिका, म्याग्दी [२०७५ पुस ८]
🔘परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७/१८ को प्रतिवेदन अनुसार हाल विश्वका कति देशमा नेपाली दूतावास रहेको छ?
⇨३० देशमा।
🔘किम्फ अवार्ड २०१८ बाट सम्मानित चलचित्र कुन हो
⇨A Thousand Girls Like Me
🔘हालै विमोचित " Changing India" नामक पुस्तकका लेखक को हुन्?
⇨भारतीय भूपू प्रम मनमोहन सिंह
🔘430 जनाभन्दा बढीको मृत्यु हुनेगरी इन्डोनेसियामा पछिल्लोपटक कहिले सुनामी आएको हो?
⇨२०१८ डिसेम्बर २२ [क्राकाटोवा ज्वालामुखी विष्फोटन पछि]
🔘वनस्पति पुरस्कार २०७४ बाट सम्मानित व्यक्ति को हुन्?
⇨डा. रामप्रसाद चौधरी
🔘प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित हुने व्यक्ति को हुन्?
⇨कृष्ण ज्वाला देवकोटा र अरुण बराल
🔘एभरेष्ट प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि विजेता कुन टोली भयो?
⇨ललितपुर प्याट्रियस
[भैरहवा गलाडिएटर उपविजेता]
🔘५० हजार पर्यटन भित्र्याउने उद्देश्य सहित इलाममा 'मेची पर्यटन महोत्सव' कहिलेदेखि सुरु भएको हो?
⇨२०७५ पुस ५-१६ सम्म
🔘थाइल्यान्डमा सम्पन्न १० औं विश्व शारीरिक सुगठन प्रतियगितामा स्वर्ण पदक जित्ने खेलाडी को हुन्?
⇨महेश्वर महर्जन, [७५ केजी तौल समूह]
पहिलोपटक नेपाली खेलाडीले स्वर्ण पदक जितेको।
डिसेम्बर ११-१७ थाइल्याण्ड चाङमाई सहरमा सम्पन्न।
यसभन्दा अघि ननिता महर्जन [नवौं प्रतियोगिता] रूजेश शाही [सातौं प्रतियोगिता] ले रजत पदक हासिल गरेका थिए।
🔘२०१९ जनवरी १ बाट लागु हुनेगरी GAFA Tax प्रणाली कार्यान्यवनमा ल्याउन लागेको देश कुन हो?
⇨फ्रान्स (GAFA Tax विश्वका अत्याधुनिक प्रविधि [Google, Apple, Facebook र Amazon] मा लगाउने कर हो।)
🔘पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मुद्दामा सात वर्षको जेल सजाय दिने फैसला कहिले सुनाइएको हो?
⇨२०१८ डिसेम्बर २४
🔘भारतद्वारा 'अग्नि चार' परमाणु क्षेप्यास्त्रको परीक्षण कहिले गरियो?
⇨२०१८ डिसेम्बर २४
🔘CNN Hero 2018 को भएका छन्?
⇨रिकार्डो पुन चोङ [पेरू]
🔘जापानद्वारा नेपाललगायत ११ मुलुकका कामदारलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय सहित १२६ बुँदे कार्यनीतिक महिले हस्ताक्षर भएको हो?
⇨२०१८ डिसेम्बर २५ [२०७५ पुस १०]
🔘१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कहिले सञ्चालन हुने भएको छ?
⇨२०७५ पुस १३-१९, काठमाडौ
नारा: "राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग"
🔘Merriam Webstar word of the year2018 कुन शब्दलाई घोषणा गरिएको छ?
⇨'Justice'
🔘Global Film and TV Website 'IMDb' का अनुसार 'Most Anticipated Film of 2019' कुन चलचित्रलाई घोषणा गरिएको छ?
⇨Captain Marvel
🔘अफ्रिकन मुलुक बुरुण्डिले साविकको राजधानी बुजुम्बुरा लाई परिवर्तन गरेर कुन ठाँउलाई राजधानी घोषित गरेको छ?
⇨Gitega [२०१८ डिसेम्बर २३]
🔘१५ औं चितवन हात्ती महोत्सव कहिले देखि हुने भएको छ?
⇨२०७५ पुस ११-१५, चितवन, सौराहा
🔘'Gas-2019' केसँग सम्बन्धित छ?
⇨भारतीय नागरिक उड्ययन प्राधिकरणले निर्माण गरेको मोबाइल एप
खोज संकलन

दामोदर घिमिरे

Post a Comment

0 Comments