गोरखापत्र वस्तुगत, ७ असोज २०८३****

१. हिमाली जिल्ला मुस्ताङको जोमसोममा आयोजित घरपझोङ जलवायु परिवर्तन सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८३ भदौ ३०–३१ 

– सम्मेलनले ४९ बुँदे जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र जारी गरेको ।

– सम्मेलनको नारा : स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी ।

आयोजक : घरपझोङ गाउँपालिका, मुस्ताङ । 

– देशैभरबाट ४२१ वटा स्थानीय पालिका, ४१ वटा जिल्ला समन्वय समिति र सरोकारवालासहित दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता । 

– सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर झल्काउने २८ फिट अग्लो पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको ।  

प्रमुख माग तथा प्राथमिकता 

– हिमालको संरक्षणलाई विश्वव्यापी प्राथमिकता बनाउन माग ।  

– जोखिमको पहिचान, नक्साङ्कन, पूर्वसूचना र पूर्वकार्यमा जोड ।  

– जलवायु उत्थानशील पूर्वाधार निर्माण र सुरक्षित बस्ती विकास योजना अगाडि बढाइने । 


२. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ? 

असोज १ 

– विसं २०८३ (१४ औँ) को नारा : विज्ञान तथा प्रविध : विकास र उत्पादन वृद्धि 

– विसं २०७० (पहिलो) को नारा : विज्ञान र प्रविधि, देशको समृद्धि 

– नेपालमा विज्ञान तथा प्रविधिको विकास र वैज्ञानिक सोचको प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने । 

– अमृत क्याम्पस (अस्कल) का संस्थापक तथा वैज्ञानिक एवं शिक्षाविद् अमृतप्रसाद प्रधानको योगदानको स्मरण गर्दै सरकारले विसं २०७० असोज १ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालेको ।  


३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ?  

विसं २०८३ असोज ६ (सन् २०२६ सेप्टेम्बर २२)

– प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ८१ औँ महसभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको ।  

– सन् २०२६ सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम । 

– परराष्ट्रमन्त्री शिशिर खनाल महासङ्घ अन्तर्गतका बैठक तथा भेटवार्ताका लागि दुई दिनअगावै (सेप्टेम्बर २०) अमेरिका प्रस्थान गर्नुभएको । 

महासभामा उठाइने प्रमुख एजेन्डा 

– जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले भोग्नु परेको जनधनको ठुलो क्षति । 

– रसुवाको भोटेकोशी नदीमा हालै आएको हिमबाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै तत्काल उचित राहतका लागि आह्वान । 

– नेपालको नगण्य कार्बन उत्सर्जन र जलवायु परिवर्तनको असमान असरबिचको सम्बन्ध । 

– प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याएको योगदान ।


४. विश्व स्वास्थ्य सङ्गठनद्वारा एसियाकै दोस्रो स्वस्थ सहरका रूपमा घोषित हुन सफल सहर कुन हो ?  

धुलिखेल 

– डब्लुएचओले काभे्रपलाञ्चोकको धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ र एसियाको दोस्रो स्वस्थ सहर घोषणा गरेको । यससँगै धुलिखेल पाँच हजार डलर पुरस्कार प्राप्त गर्न सफल भएको ।

– एसियामा पहिलो स्वस्थ सहर : भारतको पुणे नगर । 

– धुलिखेलको स्थान : ६५.४८ अङ्क प्राप्त गरी एसियामा दोस्रो र नेपालमा पहिलो । 

प्रमुख आधारहरू :

– स्वास्थ्य क्षेत्रको नीतिगत सुधार र दिगो विकास लक्ष्य । 

– वातावरणीय सुधार र गरिब नागरिकको स्वास्थ्यमा पहुँच । 

– प्राथमिक स्वास्थ्योपचारमा स्थानीय सरकारको प्रगति । 

पूरा गरिएका दिगो विकास लक्ष्य (एसडिजी) :

– शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी (दक्षिण एसियामै पहिलो पटक स्वैच्छिक समीक्षा प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत) । 

स्वास्थ्य सेवा तथा पहलहरू :

– १२ वडामा १५ वटा स्वास्थ्य केन्द्र स्थापना र घरदैलो स्वास्थ्य सेवा । 

– नि:शुल्क पाइने ६५ थरीका औषधीको पर्याप्त व्यवस्था । 

– हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन । 

अन्य अन्तर्राष्ट्रिय पहिचान :

– विश्व स्मार्ट दिगो सहर सङ्गठनको २०२१–२०२३ को कार्यसमिति सदस्यमा निर्वाचित ।  

– कोइला प्रयोगम प्रतिबन्ध लगाउने अभियान ‘कोप–२६’ सम्मेलनमा चर्चित ।


५. स्काई ट्र्याक्सद्वारा घोषित ‘वर्ल्ड एयरलाइन्स अवार्डस–२०२६’ मा विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल वायुसेवा कम्पनी कुन हो ? 

सिङ्गापुर एयरलाइन्स

– योसँगै यसले स्काई ट्र्याक्स अवार्डको 

२५ बर्से इतिहासमा छैटौँ पटक शीर्ष पुरस्कार जितेको हो ।

शीर्ष पाँच उत्कृष्ट एयरलाइन्स 

१. सिङ्गापुर एयरलाइन्स 

२. कतार एयरवेज (गत वर्षको विजेता) 

३. क्याथे प्यासिफिक एयरवेज (हङकङ)

४. अल निप्पोन एयरवेज (जापान) 

५. टर्किस एयरलाइन्स 

विशेष विधागत पुरस्कारहरू 

– उत्कृष्ट इकोनोमी क्लास र खाना : सिङ्गापुर एयरलाइन्स

– उत्कृष्ट फस्र्ट क्लास : एयर फ्रान्स

– उत्कृष्ट प्रिमियम इकोनोमी : इभा एयर

– उत्कृष्ट बजेट एयरलाइन्स : एयर एसिया

क्षेत्रगत उत्कृष्ट एयरलाइन्सहरू :

– एसिया : बैङ्कक एयरवेज

– युरोप : टर्किस एयरलाइन्स

– अफ्रिका : इथियोपियन एयरलाइन्स

– उत्तर अमेरिका : एयर क्यानडा

– दक्षिण अमेरिका : ल्याटम

६. काठमाडौँमा सम्पन्न ‘तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड)’ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ? 

ऊनको स्विटर

– सोही चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड जित्न सफल हुनुभएको । 

– यसअघि २०२४ र २०२५ मा लन्डनमा भएको यो अवार्डको तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना गरिएको हो ।

उत्कृष्ट घोषित विधा/कलाकार 

– उत्कृष्ट चलचित्र : ‘ऊनको स्विटर’ 

– उत्कृष्ट निर्देशक : नवीन चौहान (‘ऊनको स्विटर’) 

– उत्कृष्ट अभिनेता : नीर शाह (‘परान’) र विपिन कार्की (‘ऊनको स्विटर’) 

– उत्कृष्ट अभिनेत्री : मिरुना मगर (‘ऊनको स्विटर’) 

– लोकप्रिय अभिनेता/अभिनेत्री : पल शाह र जसिता गुरुङ 

विशेष सम्मान तथा अन्य मुख्य अवार्डहरू :

– लाइफटाइम अचिभमेन्ट अवार्ड : वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ 

– पर्फमर अफ दी इयर : कविता नेपाली 

– जुरी अवार्ड (फिल्म) : ‘गुन्यो चोलो’ 

– जुरी अवार्ड (अभिनेता/निर्देशक) : सौगात मल्ल (‘सिटामोल’) र शुदिप्ता अधिकारी (‘रमिताको पिरती’) 

सङ्गीत तथा प्राविधिक विधाका केही विजेता :

– उत्कृष्ट पाश्र्व गायक/सङ्गीतकार : सुजन चापागाईं (‘फूलहरू’) 

– उत्कृष्ट पाश्र्व गायिका : झुमा लिम्बू (‘काफ्ले’) 

– उत्कृष्ट गीतकार : हर्क साउद (‘फूलहरू’) 


७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय ‘बुढीनन्दा ताल’ कहाँ रहेको छ ? 

बाजुरा 

– समुद्री सतहबाट चार हजार ८८८ मिटर उचाइमा अवस्थित यस तालवरपर अन्य नौ सुन्दर ताल रहेका ।

– बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्र, बुढीनन्दा नगरपालिका–३ (सुदूर र कर्णाली क्षेत्रको प्रसिद्ध तीर्थस्थल) । 

– लम्बाइ ३५० मिटर र चौडाइ १८० मिटर । 

वरपरका अन्य नौ ताल तथा झरना :

– तेजार ताल, लङ्कारी ताल, कैलाश ताल, महारुद्ध ताल, मस्ट ताल, धलपुरी ताल, पिपल ताल, चरी दह ताल र धौलीझरना ताल ।


८. २०औँ एसियाली खेलकुद प्रतियोगिताको खेल सञ्चालनका लागि तय गरिएको मिति कुन हो ? 

सन् २०२६ सेप्टेम्बर १९–अक्टोबर ४, 

नागोया, जापान  

– उद्घाटन : जापानका सम्राट् नारुहितोद्वारा (जापानको आइची नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा) 

– यस एसियाडको मार्चपासमा नेपालको झन्डा राष्ट्रिय महिला कबड्डी खेलाडी मनमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले बोक्ने गौरव पाउनुभएको । 

– जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको (यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमा) । 

– नारा : इमाजिन वन एसिया । 

– सहभागी राष्ट्र : ४६

– कुल खेलाडी : १०,७८७ 

– खेल सङ्ख्या : ४३ (७१ इभेन्ट्समा ४६९ पदकका लागि) । 


९. रुसमा हालै सम्पन्न संसदीय चुनावमा तल्लो सदन स्टेट डुमाका तीन चौथाइ स्थानमा जित हासिल गर्न सफल पार्टी कुन हो ? 

युनाइटेड रसिया (राष्ट्रपति भ्लादिमिर पुटिन आबद्ध पार्टी)

– राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै तल्लो सदन स्टेट डुमाका तीन चौथाइ (७५ प्रतिशत) भन्दा बढी सिट जित्दै ऐतिहासिक विशाल बहुमत हासिल गरेको । 

– युक्रेन युद्धपछिको पहिलो चुनाव :  सन् २०२२ मा रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेयताको पहिलो संसदीय चुनाव हो । साथै मस्कोले कब्जा गरेका युक्रेनका चार क्षेत्रका बासिन्दालाई पनि पहिलो पटक निर्वाचनमा समावेश गरिएको । 


१०. टिभी रियालिटी सो ‘भ्वाइस किड्स’ सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

सुवासना खड्का

– ग्रान्ड फिनाले : विसं २०८३ साउन ३० 

– पुरस्कार राशि : १० लाख रुपियाँ नगद


११. विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो ? 

अल्बानिया

– नियुक्ति मिति : सन् २०२५ सेप्टेम्बर ११ 

– नाम : डिएला 

– उद्देश्य : भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासनव्यवस्था प्रवर्धन 


१२. अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत् आयोजना कुन हो ?    

ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया 

– उद्घाटन : सन् २०२५ सेप्टेम्बर ९ 

– उत्पादन क्षमता : ५,१५० मेगावाट 


१३. इटालीको प्रतिष्ठित साहित्य पुरस्कार अन्तर्गतको ‘ग्रान्ड जुरी प्राइस’ बाट सम्मानित नेपाली स्रष्टा को हुन् ? 

रञ्जना निरौला (पुरस्कृत कृति : सिटी लाइट्स)

– इटालीको प्रतिष्ठित ‘इल मेलेतो दी गुइडो गोजानो’ साहित्य पुरस्कार अन्तर्गतको ‘ग्रान्ड जुरी प्राइस’ निरौलाकोे कविता ‘सिटी लाइट्स’ ले प्राप्त गरेको । 

– सन् २०२६ मार्चमा आह्वान गरिएको विश्वव्यापी प्रतिस्पर्धाबाट छनोट । 


१४. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?

सन् २०२१ सेप्टेम्वर ७


१५. अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ? 

सेप्टेम्बर १६ 

– सन् २०२६ को नारा : ग्लोबल एक्सन फर अ कुलर प्लानेट ।


१६. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?  

असोज २ 

– आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता  

Post a Comment

0 Comments