गोरखापत्र वस्तुगत, १३ चैत २०८१

 १. उपभोक्ता अदालतको स्थापना कहिले भएको हो?

  • विसं २०८१ चैत्र २
  • विश्व उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता अदालत स्थापना गरिएको । 
  • अदालतको स्थापनासँगै गुणस्तरहीन सेवा र वस्तुको प्रयोगबाट उपभोक्ता पीडित हुनुपर्ने अवस्था नआउने विश्वास गरिएको ।
  • नेपाली बजारमा गुणस्तर व्यवस्थापन, मूल्य नियमन र उपभोक्ता गुनासोको सम्बोधन जस्ता क्षेत्रमा सुधार ल्याउन यसले प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको । 
  • सरकारले संविधानको धारा ४४ को मौलिकहक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो ।

२. महिला न्यायाधीशहरूको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?

  • विसं २०८१ फागुन २६
  • सम्मेलनले १२ बुँदे प्रतिबद्धतापत्र जारी गरेको । 
  • सम्मेलनले यौन दुव्र्यवहारसम्बन्धी नीति बनाउनुपर्ने मागसहित महिला न्यायाधीशहरूको राष्ट्रिय सञ्जाल गठनका लागि प्रतिबद्धता व्यक्त गरेको । 
  • अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसर पारी सम्मेलन आयोजना गरिएको । 
  • यसअघि गत चैत्र ९ गते प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । 

३. स्विट्जरल्यान्डस्थित ‘आइक्यु एयर’ को विश्व गुणस्तर प्रतिवेदन–२०२४ अनुसार बढी प्रदूषित देशको सूचीमा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • सातौँ
  • प्रतिवेदन अनुसार नेपाल विश्वमै सातौँ अति प्रदूषित मुलुक र काठमाडौँ शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको । 
  • नेपाल सन् २०२३ मा आठौँ र सन् २०२२ मा १६ औँ स्थानमा थियो ।
  • सो प्रतिवेदन अनुसार काठमाडौँको हावामा धुलोधुवाँको कण पिएम–२.५ सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको । सन् २०२३ मा काठामाडौँ ११ औँ प्रदूषित राजधानीमा थियो । 


४. पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले सम्पन्न भएको हो ?

  • विसं २०८१ फागुन २६ र २७, काठमाडौँ
  • सम्मेलनको नारा: उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार
  • सम्मेलनले आन्तरिक रोजगार प्रवर्धन दशकको सफल कार्यान्वयनका लागि आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्नेलगायतको १६ बुँदे घोषणापत्र जारी गरेको ।
  • सम्मेलनले सरकार, रोजगारदाता, ट्रेड युनियन र अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा यससम्बन्धी रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने गरी घोषणापत्र जारी गरेको । 

५. द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४ बाट सम्मानित संस्था कुन हो?

  • एनसेल 
  • एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै सो अवार्ड प्राप्त गरेको । 

६. सरकारले घोषणा गरेको आन्तरिक रोजगार दशक कुन हो ?

  • सन् २०२५–२०३५
  • पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को अवसरमा २०८१ फागुन २६ मा प्रम केपी शर्मा ओलीद्वारा आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरिएको । 
  • सो अवसरमा राष्ट्रिय सिप विकास प्रतिष्ठान र विभिन्न १० रोजगारदाता कम्पनीबिच रोजगारी समझदारीपत्रमा हस्ताक्षर भएको । 
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाली श्रम बजारमा १५ देखि ६५ वर्ष उमेर समूहका करिब ६७ प्रतिशत श्रमशक्ति रहेको । तथापि वर्तमान समयको जनसाङ्ख्यिक लाभको अवस्थालाई आन्तरिक श्रम बजारले उचित प्रयोग गर्न नसकेको । 
  • आव २०८०/८१ मा मात्रै सात लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुन : श्रम स्वीकृति लिएको । 
  • मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ मा गरी चार पटक रोजगार सम्मेलन गरेको । 

७. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

  • विसं २०४७ चैत्र ४
  • विसं २०८१ चैत्र ४ मा ३४ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको । 

– पुँजीगत संरचना 

 अधिकृत पुँजी : रु. आठ अर्ब 

 जारी पुँजी : रु. आठ अर्ब 

 चुक्ता पुँजी : रु. छ अर्ब ४८ करोड १७ लाख

कोषको शेयर स्वामित्व 

 नेपाल सरकार : २३.३४ प्रतिशत

 राष्ट्रिय बिमा संस्थान : ३१.५५ प्रतिशत

 नेपाल स्टक एक्स्चेन्ज : १० प्रतिशत

 अन्य बैङ्क तथा वित्तीय संस्था : १५.११ प्रतिशत

 सर्वसाधारण : २०.०० प्रतिशत

८. ‘मिसन २०२६’ अभियान केसँग सम्बन्धित छ ?

  • खेलकुद 
  • सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने उद्देश्यका साथ ‘मिसन २०२६’ अभियान सञ्चालन गरिएको ।

९. मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कहिले सम्पन्न भएको हो ?

  • विसं २०८१ चैत्र १–३, काठमाडौँ
  • सम्मिलनमा भारत, चीन, बङ्गलादेश, म्यानमार, भुटान, थाइल्यान्डमा बस्ने नेपालीभाषीको सहभागिता रहेको ।

१०. महोत्तरीमा निर्माण गरिएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको उद्घाटन कहिले गरिएको हो?

  • विसं २०८१ फागुन २१
  • आइएमई समूहद्वारा दुई अर्ब लगानीमा निर्मित सो उद्योग प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको । 
  • उद्योगको दैनिक उत्पादन क्षमता ७० टन रहेको । 
  • महोत्तरीको गौशालामा पेपर र रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेर आइएमई समूह उत्पादनमूलक उद्योगमा प्रवेश गरेको । 
  • रौतहटको विजयपुर फतवामा ‘एभरेष्ट फाइबर बोर्ड’ उद्योग वैशाखदेखि सञ्चालनमा आउने । डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको । 

११. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आवासीय अनुमति प्रदान गर्न घोषणा गरेको नयाँ योजना कुन हो ?

  • गोल्डन कार्ड
  • ५० लाख अमेरिकी डलरमा यो कार्ड लिन सकिने । 
  • परम्परागत ग्रिनकार्डको महँगो संस्करणका रूपमा गोल्डन कार्डलाई प्रस्तुत गरिएको । 
  • आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकतामा लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका ट्रम्पले नयाँ कार्डले अधिक मूल्यवान् एवं धनवान् व्यक्तिलाई अमेरिका भित्र्याउने दाबी गरेका । 
  • गोल गार्डले हाल लागु ‘इबी–५’ आप्रवासन भिसालाई विस्थापित गर्ने छ । 

१२. बङ्गलादेशमा विद्यार्थी नेतृत्वमा गठित नयाँ पार्टी कुन हो?

  • राष्ट्रिय नागरिक पार्टी
  • कहिले: सन् २०२५ फेब्रुअरी २७
  • कसको नेतृत्वमा: नाहिद इस्लाम
  • औपचारिक घोषणा: सन् २०२५ फेब्रुअरी २८ 
  • बङ्गलादेशमा गत जुलाईमा भएको आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले नयाँ पार्टी खोलेका । 

१३. जर्मनीको बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) द्वारा आयोजित वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५ को अवसरमा ‘टुरिजम मिनिस्टर अफ दी एयर’ अवार्डबाट सम्मानित नेपालका मन्त्री को हुन्?

  • बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)
  • हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री पुरस्कार प्रदान गरिएको।
  • सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिएको ।

१४. भारतको प्रयागराजमा सञ्चालित (सन् २०२५) महाकुम्भ मेलामा कति श्रद्धालु महानुभावहरूद्वारा स्नान गरिएको आकलन छ ?

  • ६६ करोड 

१५. प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना कहिले गरिएको हो ?

  • विसं २०८१ फागुन १५–१७ (दिक्तेल, खोटाङ)
  • नाराः जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस

१६. भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?

  • गायक हेमन्त शर्मा 

१७. सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त ग¥यो ?

  • हितेन्द्रदेव शाक्य (२०८१ चैत्र ११ को मन्त्रीपरिषद् बैठकले शाक्यलाई सो पदमा नियुक्त गरेको ।)

१८. सगरमाथा संवादको आयोजना कहिले गरिने भएको छ ?

  • विसं २०८२ जेठ २–४ 
  • जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रश्तुत गर्ने उद्देश्यले सरकारले सो कार्यव्रmम आयोजना गरेको । 
  • विषय (शीर्षक) : जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य । 
  • संवादमा विभिन्न देशका ३५० भन्दा बढी उच्च पदस्थ अधिकारीहरूलाई निमन्त्रण पठाइएको । 
  • सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको मुद्दा जोडतोडले उठाइने । 
  • सरकारको नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइने । 

१९. बहुलेखकद्वारा पुस्तक वाचनमा सबैभन्दा धेरै सहभागी भएको नयाँ विश्व कीर्तिमान कायम गर्ने लेखक को हुन्?

  • लेखकद्वय प्रेम रावत र विपुल रिखी 
  • सन् २०२५ मार्च २ मा उत्तर प्रदेशको मिर्जापुरस्थित राजविद्या केन्द्रद्वारा आयोजित सो कार्यक्रममा १,३३,२३४ जना मानिसहरूको विशाल समूहलाई लेखकद्वयद्वारा सम्बोधन गरिएको। 

२०. सन् २०२५ मा दुवईमा सम्पन्न आइसिसी च्याम्पियन ट्रफी जित्ने राष्ट्र कुन हो ?

  • भारत 
  • भारतले न्युजिल्यान्डलाई चार विकेटले हराएर सो उपाधि जितेको । 
  • भारत तेस्रो पटक च्याम्पियन ट्रफीको विजेता बनेको । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो । सन् २००२ मा वर्षा बाधक बनेपश्चात् भारत र श्रीलङ्कालाई संयुक्त रूपमा विजेता घोषणा गरिएको थियो । 

२१. विश्व बैङ्कले २०८१ चैत्र ११ मा सार्वजनिक गरेको ‘नेपाल राष्ट्रिय आर्थिक परिदृक्ष्य : नेपालको आर्थिक वृद्धिको सम्भावना खोल्दै’ नामक प्रतिवेदन अनुसार नेपालमा चरम गरिबी (दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुने) कति प्रतिशतमा झरेको छ ?

  • ०.३७ प्रतिशत
  • सन् १९९५ मा चरम गरिबी अर्थात् दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुनेको सङ्ख्या ५५ प्रतिशत थियो, जुन सन् २०२३ मा ०.३७ प्रतिशतमा झरेको । 
  • यो तीन दशकमा नेपालले ५४.८ प्रतिशत विन्दुले चरम गरिबी घटाएको । 
  • दैनिक २.१५ अमेरिकी डलरको अन्तर्राष्ट्रिय गरिबीको रेखा विश्व बैङ्कले तय गरेको । यस्तो रेखा सन् २०१७ को खरिद क्षमताका आधारमा तय गरिएको । 
  • कति मानिस चरम गरिबीको रेखामुनि छन् भन्ने कुरा थाहा पाउन संसारभरका मानिसले यो रेखा प्रयोग गर्ने गर्छन् । 
  • अहिलेको विनिमयदर अनुसार दैनिक तीन सय रुपियाँभन्दा कम आय हुने नेपाली चरम गरिबीमा रहेको मानिन्छ । 
  • गरिबी घटाउन सबैभन्दा ठुलो योगदान रेमिट्यान्सको रहेको प्रतिवेदनमा उल्लेख।
  • नेपालले अहिले गरिरहेको भन्दा १२ गुणा बढी निर्यात गर्न सक्नेमा त्यो गुमिरहेको पनि विश्व बैङ्कले उल्लेख गरेको । 

Post a Comment

0 Comments