स्थानीय सरकार सञ्चालनका सम्बन्धमा अधिकार प्रत्यायोजन

प्रश्न नं. १. स्थानीय सरकार सञ्चालनका सम्बन्धमा अधिकार प्रत्यायोजनको विषयलाई स्थानीय सरकार सञ्चालन ऐनले के कसरी व्यवस्थित गरेको छ? उल्लेख गर्नुहोस्।

माथिल्लो पदाधिकारी वा निकायले आफूमा निहित अधिकार मातहतका पदाधिकारी वा निकायलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ। स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका, प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष, वडा समिति, वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफूमा निहित अधिकार मातहतमा प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरेको छ। उल्लिखित व्यवस्था अनुसार अधिकारको प्रत्यायोजन यस प्रकार हुन सक्छ।

  • कार्यपालिकाले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा समितिका सदस्य, आफू अन्तर्गतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृत वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने,
  • प्रमुख वा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने,
  • उपप्रमुख वा उपाध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने, वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने,
  • प्रमुख प्रशासकीय अधिकृतले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार आफू मातहतको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्ने ।

अन्त्यमा सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरण, कार्यबोझ न्यूनीकरण तथा तल्ला निकाय वा पदाधिकारीलाई जिम्मेवारी बोध गराउन अधिकार प्रत्यायोजनको महत्व रहेको छ । स्थानीय सरकारको प्रमुख जिम्मेवारी अन्तर्गत पर्ने सेवा प्रवाहमा शीघ्रता ल्याउन प्रचलित कानुनले गरेको व्यवस्था आवश्यकता अनुसार कार्यान्वयन गर्दै जानु पर्छ। 

Post a Comment

0 Comments