बजेट तर्जुमा प्रक्रियाका चरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषणको आधारमा आगामी आ.व. को कुल बजेटको सीमा निर्धारण र मन्त्रालय/निकायगत सीमा वितरण,
- केन्द्रिय निकायले योजना आयोगबाट बजेट मार्गदर्शन प्राप्त भएपछि वार्षिक
बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचना तर्जुमा गर्नु पर्ने,
- केन्द्रिय निकायले आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम र
मध्यमकालीन खर्च संरचना प्रस्ताव गरी पठाउन अवधि तोकी मार्गदर्शन तथा ढाँचासहित
मातहतको कार्यालयलाई लेखी पठाउने,
- बजेट मार्गदर्शन प्राप्त भएपछि प्रत्येक कार्यालयले वार्षिक बजेट तथा
कार्यक्रम र मध्यमकालीन खर्च संरचना तर्जुमा गरी तालुक मन्त्रालय वा निकायमा पठाउने,
- बजेट तर्जुमा गर्दा आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने कार्यक्रम
वा आयोजनाको लक्ष्य र कुल लागत, गत आर्थिक
वर्षसम्मको प्रगति, चालू आर्थिक वर्षको लक्ष्य र छ
महिनासम्मको प्रगति विवरण बजेटमा समावेश गर्नु पर्ने,
- लेखा उत्तरदायी अधिकृतले तर्जुमा गरेको र मातहत कार्यालयबाट प्राप्त
बजेट तथा कार्यक्रम र मध्यमकालीन खर्च संरचनाको विश्लेषण तथा जाँच गरी बजेट
मार्गदर्शन र आवधिक योजना अनुरूप उपलब्धिमूलक भए वा नभएको यकीन गरी त्यस्तो बजेट
तथा कार्यक्रम स्वीकृत गरी अर्थ मन्त्रालय र योजना आयोगमा पठाउने,
- स्वीकृत बजेट तथा कार्यक्रम पठाउँदा बजेट मार्गदर्शनको आधारमा त्रैमासिक
विभाजनसहित मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS) मार्फत
पठाउने,
- सबै केन्द्रीय निकायबाट बजेट तथा कार्यक्रम प्राप्त भएपश्चात अर्थ
मन्त्रालयले आवश्यक छलफल तथा विश्लेषण समेत गरी बजेट तथा कार्यक्रमलाई अन्तिम
रूप दिने,
- अर्थ मन्त्रालयले बजेट विवरणमा आवश्यक थपघट गर्दा सम्बन्धित केन्द्रिय
निकायलाई सोही बमोजिम कार्यक्रम समायोजन गर्न लगाउने,
- संसद र संसदीय समितिमा पूर्व बजेट छलफल गरी आवश्यक निर्देशन लिने,
- अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रुप दिई मन्त्रिपरिषदबाट स्वीकृत
गरी संसदमा पेश गर्ने,
- संसदमा विनियोजन विधेयक, आर्थिक विधेयक, पेश्की
खर्च विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक माथि छलफल
गरी बजेट पारित गर्ने,
- पारित बजेट राष्ट्रपतिबाट प्रमाणिकरण भए पश्चात कार्यान्वयनमा जाने।
0 Comments