स्थानीय तहको आन्तरिक आय:
स्थानीय
तहको आन्तरिक आय भन्नाले नेपालको संविधानको अनुसूची– ८ र अन्य संघीय तथा प्रदेश कानूनले
प्रदान गरेको अधिकार अन्तर्गत रही आफ्नो क्षेत्रभित्र संकलन गर्न पाउने आय हो ।
आन्तरिक आयको लागि ठेक्का वन्दोवस्त गर्न सक्ने व्यवस्थाः
·
प्रचलित कानून बमोजिम सभाले निर्णय गरे अनुसारको कर, सेवाशुल्क, दस्तूर तथा अन्य आन्तरिक आय
असूल गर्न एक आर्थिक वर्षको लागि ठेक्का बन्दोवस्त गर्न सकिनेछ ।
·
आन्तरिक आय बृद्धि हुने देखिएमा वा पटक पटक ठेक्का बन्दोबस्त
गर्दा प्रशासनिक दायित्व बढ्न जाने अवस्थामा बढीमा तीन वर्षसम्मको लागि एकैपटक ठेक्का
बन्दोबस्त गर्न सकिनेछ।
·
ठेक्का बन्दोबस्त गर्दा लागत प्रभावकारी हुने, प्रशासनिक सहजता हुने वा आय बृद्धि हुनसक्ने
अवस्थामा ऐन र यस नियमावलीको अधीनमा रही अन्य गाउँपालिका वा नगरपालिकासंग आपसी सहमतिद्वारा
संयुक्त रुपमा ठेक्का बन्दोबस्त गर्न सकिनेछ ।
·
ठेक्का बन्दोबस्त गर्दा सामान्यतया आर्थिक वर्ष शुरु
हुनु अगाडि नै ठेक्का सम्झौता गरिसक्नु पर्नेछ ।
ठेक्का बन्दोवस्त गर्दा अपनाउनु पर्ने कार्यविधिः
क.
आगामी आर्थिक वर्षको लागि प्रत्येक आन्तरिक आय श्रोतको उपलब्धता, सम्भावित परिचालन, सो श्रोत परिचालनको व्यवस्थापन
तथा लागत र चालु वर्षको ठेक्का अङ्क समेत विचार गरी आन्तरिक आयको प्रक्षेपण गरी न्यूनतम
ठेक्का अङ्क र असुली कार्यतालिका समेत भएको कार्यान्वयन कार्य योजना तयार गर्नु पर्नेछ
।
ख.
असूली कार्यतालिका र कार्यान्वयन कार्ययोजना तयार भईसकेपछि ठेक्का बन्दोबस्त गर्नको
लागि आर्थिक ऐनले निर्धारण गरेको दररेट, ठेक्काका सामान्य तथा विशेष
शर्तहरु र सूचनामा उल्लेख गरिने कुराहरु तथा अन्य आवश्यक विवरणहरु समेत समावेश भएको
ठेक्का सम्बन्धी कागजात तयार गर्नु पर्नेछ।
ग.
कार्यान्वयन कार्य योजनाको आधारमा कुनै आन्तरिक आय पाँच लाख रुपैयाँ भन्दा कम उठ्ने
भएमा सोझै वार्ताद्वारा र सो भन्दा बढी उठ्ने भएमा बोलपत्र आह्वान गरी सम्झौता गर्नु
पर्नेछ ।
घ.
बोलपत्र आह्वान गर्दा दशलाख रुपैयाँसम्म भए स्थानीय स्तरमा नियमित प्रकाशन हुने दैनिक
पत्रिका वा राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन
गर्नु पर्नेछ र त्यस्तो सूचना कार्यालय, वडा कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, तथा निर्माण व्यवसायी संस्था भए त्यस्ता संस्थाको कार्यालयमा समेत सबैले देख्ने
गरी सार्वजनिक ठाउँमा सूचना टाँस गरी सोको मुचुल्का वा टाँसेको जानकारी प्राप्त गर्नु
पर्नेछ। दशलाख रुपैयाँ भन्दा बढी भएमा कम्तीमा तीस दिनको म्याद दिई राष्ट्रियस्तरको
दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ । यस्तो सूचना कार्यालयको वेभसाईटमा समेत
राख्नु पर्नेछ ।
ङ. सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछः-
(१) ठेक्काका मुख्य मुख्य शर्तहरु,
(२) श्रोतगत र स्थानगत विवरण र उठाउनु पर्ने आन्तरिक
आयको सम्भावित परिमाण,
(३) ठेक्का सम्झौता बमोजिमको रकम एकमुष्ट बुझाँउदा छुट
दिईने भए सो कुरा,
(४) बोलपत्र फारम प्राप्त हुने स्थान र तरिका,
(५) बोलपत्र पठाउनु पर्ने तरिका,
(६) बोलपत्र पठाउनु पर्ने कार्यालय वा अधिकारीको नाम,
(७) बोलपत्र बापत लाग्ने दस्तुर,
(८) बोलपत्र दाखिला हुनुपर्ने अन्तिम मिति र समय, तथा बोलपत्र खोलिने समय, मिति र स्थान,
(९) बोलपत्र उपर निर्णय हुने मिति,
(१०) जमानत बापत राख्नु पर्ने
रकम वा वैंङ्कग्यारेन्टीको किसिम र मान्य अवधि,
(११) अन्य आवश्यक कुराहरु ।
च. बोलपत्र सम्बन्धी कागजातको दस्तुरः
बोलपत्र
सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले प्रमुख
प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतको दस्तखत र कार्यालयको छाप लागेको बोलपत्र
सम्बन्धी कागजात गाउँपालिका÷नगरपालिका वा तोकिएको अन्य
निकायबाट देहाय बमोजिमको दस्तुर तिरी लिनु पर्नेछः–
(क) बीस लाख रूपैयाँभन्दा माथि
दुई करोड रूपैयाँसम्मको लागि तीन हजार रूपैयाँ,
(ख) दुई करोड रूपैयाँभन्दा
माथि दश करोड रूपैयाँसम्मको लागि पाँच हजार रूपैयाँ,
(ग) दश करोड रूपैयाँभन्दा माथि
पच्चीस करोड रूपैयाँसम्मको लागि दश हजार रूपैयाँ,
(घ) पच्चीस करोड रूपैयाँभन्दा
माथि जतिसुकै रकमका लागि बीस हजार रूपैयाँ
छ.
प्रकाशित सूचनाको म्यादभित्र पर्न आएका बोलपत्रहरुको दर्ता, खोल्ने कार्यविधि, बोलपत्रदाताको प्रतिनिधिले
पेश गर्नुपर्ने विवरण तथा अन्य कार्यविधि यसै खरिद नियमावलीमा उल्लेख भए बमोजिम
हुनेछ।
ज.
प्रथम पटक बोलपत्र आव्हान गर्दा बोलपत्र पर्न नआएमा वा रीत पूर्वकको एउटा पनि बोलपत्र
प्राप्त नभएमा वा कबोल अङ्क अनुमानित न्यूनतम ठेक्का अङ्कभन्दा कम भएमा पहिलो पटकको
लागि तोकिएको म्यादभन्दा कम्तीमा आधा म्याद दिई पुनः बोलपत्र आह्वान गर्नु पर्नेछ ।
झ.
दोस्रो पटक सूचना प्रकाशन गर्दा पनि बोलपत्र नपरेमा कम्तीमा सात दिनको म्याद दिई सूचनामा
देहायको कुराहरु थप गरी सार्वजनिक बढाबढको सूचना प्रकाशन गर्नु पर्नेछः–
(१) बढाबढ हुने स्थान,
(२) बढाबढ हुने समय र मिति,
(३) अन्य आवश्यक कुराहरु ।
·
यसरी प्रकाशित सूचना बमोजिम बोलपत्र दिने वा डाँक बोल्ने
व्यक्तिले आफूले कबूल गरेको अङ्कको पाँच प्रतिशत रकम नगदै वा सूचनामा तोकिएको बैंङ्कमा
जमानत वापत रकम जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र बैंङ्कबाट मान्यता प्राप्त
बैङ्कले जारी गरेको कम्तीमा नब्बे दिन म्याद भएको विडवण्डको सक्कल प्रति संलग्न राख्नु
पर्नेछ ।
तर, वढावढ गर्दा कवोल अङ्क तोकिए
बमोजिमको न्यूनतम अङ्कभन्दा घटी हुन आएमा राजश्व परामर्श समितिको सिफारिसमा नयाँ न्यूनतम
अङ्क कायम गरी पूनः प्रकृया अपनाई आन्तरिक आय संकलनको व्यवस्था गर्न सकिनेछ ।
·
जफत हुने अवस्थामा बाहेक राखिएको जमानत वापतको रकम सो
जमानत राख्ने व्यक्ति वा संस्थाले दिएको बोलपत्र वा बोलेको डाँक अस्वीकृत भएको मितिले
तीस दिनभित्र निजलाई फिर्ता गर्नु पर्नेछ ।
तर, कुनै ठेक्काको चलन पूर्जी
नलिएसम्म वा पट्टा नउठाएसम्म जमानत फिर्ता नगरी स्थगित राख्न बाधा पर्ने छैन ।
·
प्रकाशित सूचनामा बढाबढको लागि तोकिदिएको समय वा मितिभन्दा
पछि वा त्यस्तो सूचनामा बढाबढको लागि तोकिदिएको स्थानमा बाहेक अन्य कुनै स्थानमा वा
हुलाक, फोन वा फ्याक्सद्वारा बोलेको
कुनै पनि डाँक उपर कुनै कारबाही गरिने छैन ।
·
यसरी पर्न आएका वोलपत्र वा डाँक बढाबढको प्रस्तावको लागि
पेश भएका कागजातहरु बोलपत्रका सर्त बमोजिम भए नभएको हेरी यस नियमावली बमोजिमको बोलपत्र
मूल्यांकन समितिले सिफारिस सहित निर्णयको लागि पेश गनुपर्नेछ ।
ठेक्का स्वीकृत गर्नेः
(१)
प्रकाशित सूचना अनुसार दाखिला भएको कुनै वा
सबै बोलपत्र वा बोलेको कुनै वा सबै डाँक बोलपत्र
मूल्यांकन समितिको सिफारिसका आधारमा कुनै कारण देखाई वा नदेखाई स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ
।
(२) यसरी ठेक्का स्वीकृत गर्दा ठेक्काका
सर्तहरु पूरा गरी सारभूत रुपमा प्रभावग्राही देखिएका बोलपत्रहरु मध्ये सबैभन्दा बढी
अंक कबोल गर्नेको बोलपत्र स्वीकृत गर्नु पर्नेछ ।
(३) डाँक बढावढ गर्दा न्यूनतम
अङ्कबाट बढाबढ शुरु गरी सबैभन्दा बढी डाँक कबोल गर्नेवालाको डाँक तत्कालै नियमानुसार धरौटी वा वैंङ्क ग्यारेन्टी
लिई स्वीकृत गर्नु पर्नेछ ।
(४) यसरी बोलपत्र वा सार्वजनिक बढाबढको
डाँक स्वीकृत गर्ने अधिकार नियमावलीमा उल्लिखित अधिकारीहरुलाई सोही नियममा उल्लेख भए बमोजिम
हुनेछ ।
पट्टा दिने र कबुलियत गराउनेः
·
आन्तरिक आय उठाउने बोलपत्र वा डाँक स्वीकृत भैसकेपछि
कार्यालयले सात दिनभित्र सोको सूचना बोलपत्र वा डाँकवालालाई दिनुपर्नेछ ।
·
सूचना जारी गर्दा बाटोका म्याद बाहेक सात दिनको म्याद
दिई सो म्यादभित्र आफ्नो कबूल बमोजिम कबुलियत गर्न नआएमा त्यस पछिको बोलपत्र वा डाँकवालालाई
ठेक्का दिइने विषय स्पष्ट खोली सूचना तामेल गर्नु गराउनु पर्नेछ । (स्थानीय पत्रपत्रिकामा प्रकाशित
गरिएको सार्वजनिक सूचनालाई सूचना तामेली भएको मानिनेछ ।)
·
सूचनाको म्यादमा बोलपत्र वा डाँकवाला हाजिर भई कबुलियत
गर्न मञ्जूर गरेमा निजबाट तुरुन्त कबुलियत गराई निजलाई पट्टा वा चलन पूर्जी दिनु पर्नेछ
। त्यस्तो बोलपत्र वा डाँकवाला हाजिर नभएमा वा आफ्नो कबुल बमोजिम कबुलियत गर्न मञ्जूर
नगरेमा निज पछिको दोस्रो, तेस्रो क्रम अनुसार अरु बोलपत्र
वा डाँकवालालाई प्राथमिकता दिई सूचना जारी गरी ठेक्का बन्दोबस्त गर्नु पर्नेछ । यसरी
दोश्रो, तेश्रो क्रम अनुसार सम्झौता
गर्नुपर्ने अवस्थामा सम्झौता गर्न नआउने बोलपत्र वा डाँकवालाको धरौटी जफत गर्नुपर्नेछ
। जफत गरेको धरौटी रकम भन्दा तल्लो क्रममा जाँदाको बोल रकमको अन्तर वढी हुने भएमा सो
अन्तर वरावरको रकम अघिल्लो क्रमको बोलकर्तावाट सरकारी वाँकी सरह असूल उपर गरिनेछ ।
तर, यसरी ठेक्का वन्दोवस्त गर्दा
त्यस्तो रकम अनुमान गरेको अङ्क भन्दा कम हुने रहेछ भने यस नियमावलीको प्रकृया पुर्याई
पुनः बोलपत्र आव्हान गर्नुपर्नेछ ।
·
संयुक्त रुपमा बोलपत्र आव्हान गर्नुपर्ने अवस्थामा सोको
व्यवस्थाको लागि बोलपत्र वा बढाबढको लागि कार्यसर्त तोकी संयुक्त समितिको व्यवस्था
गर्नुपर्नेछ । संयुक्त समितिको अख्तियारवालाले बोलपत्र खोलिएको वा डाँक बोलाइएको तीन
दिनभित्र बोलपत्र वा डाँक स्वीकृत गर्ने वा नगर्ने निर्णयका लागि संयुक्त समिति समक्ष
पेश गरी निकासा भए बमोजिम गर्नु पर्नेछ । संयुक्त समितिले पेश भएको पन्ध्र दिनभित्र
बोलपत्र वा डाँक स्वीकृत भए वा नभएको निकासा दिइसक्नुपर्नेछ । तोकिएको म्यादभित्र पेश
नगरेको वा निकासा नदिएको कारणले कुनै हानी नोक्सानी भएमा यसरी हानी नोक्सानी भएको रकम
जसको ढिलाई वा लापरवाहीले गर्दा हानी नोक्सानी भएको हो सोही व्यक्तिबाट असूल उपर गरिनेछ
।
·
बोलपत्र वा डाँक स्वीकृत भए पछि त्यस्तो वोलपत्रदाता
वा डाँकवालाबाट स्वीकृत ठेक्का अङ्कको कुल रकमको नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त
वाणिज्य बैंङ्कको कम्तीमा छ महिना म्याद भएको परफरमेन्स वण्ड वा नगदै रकम प्राप्त भएपछि
ठेक्का पाउने सबै शर्त खुलाई सम्बन्धित ठेकेदारसँग कवुलियत गराई पट्टा दिनु पर्नेछ
।
·
बोलपत्र वा डाँक स्वीकृत भएको सूचना प्राप्त भएपछि सो
सूचनामा तोकिएको म्यादभित्र बोलपत्र वा डाँकवालाले चलन पूर्जी नलिएमा वा पट्टा नउठाएमा
निजले राखेको जमानत जफत गरी संचित कोषमा दाखिला गरिनेछ ।
ठेक्का रकमको किस्ता बुझाउने तरिकाः
·
आन्तरिक आय उठाउने कार्यको ठेक्का बन्दोबस्त गर्दा असूल
गर्नु पर्ने किस्ताको अङ्क निर्धारण ठेक्का सम्बन्धी सूचना र बोलपत्रमा उल्लिखित असूली
कार्यतालिका र अन्य शर्त बमोजिम हुनेछ।
तर, यसरी कार्यतालिका बनाउँदा
राजस्व उठ्ने सम्भाव्य समय र भुक्तानी गर्ने किस्ताको समय मिलान भएको र किस्ताहरु बीचको
समयान्तर चार महिनाभन्दा बढी नभएको हुनु पर्नेछ ।
·
ठेकेदारले सम्झौताको समयमा ठेक्का अनुसारको सम्पूर्ण
रकम एकमुष्ट बुझाएमा औचित्य हेरी बढीमा दश प्रतिशतसम्म छूट दिन सकिनेछ ।
तर यस्तो छूटको प्रतिशत बोलपत्र वा बढाबढको सूचनामा
उल्लेख भएको हुनु पर्नेछ ।
ठेक्का तोड्नेः
·
पट्टा कबुलियतको कुनै शर्त बर्खिलाप हुने काम गरेकोमा
वा त्यस्तो शर्त बमोजिम गर्नु पर्ने कुनै काम नगरेमा बाहेक यस नियमावली बमोजिम पट्टा
कबुलियत भैसकेपछि ठेक्काको अवधि भुक्तान नहुँदै बीचैमा कुनै ठेक्का तोड्न वा छोड्न
हुँदैन ।
·
कुनै ठेकेदारले तोकेको दरभन्दा बढी दरमा कर असूल गरेमा
वा सम्झौतामा उल्लेख नभएका मालवस्तुमा कर, सेवाशुल्क वा दस्तुर असूल
गरेमा वा अन्य तहले लिएको करको प्रमाण हुँदाहुँदै दोहोरो हुने गरी कर असूल गरेमा त्यस्तो
रकम र सोही रकम बराबरको रकम हर्जाना स्वरुप त्यस्तो ठेकेदारबाट असूल गरी बढी लिएको
वा दोहोरो पर्न गएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ।
·
उल्लिखित क्रियाकलाप पुनः दोहोरिएमा त्यस्तो ठेकेदारको
ठेक्का तोडी धरौटी जफत गरिनेछ। यसरी धरौटी जफत गरी नयाँ ठेक्का वन्दोवस्त गर्दा साविकको
रकम भन्दा कम रकम प्राप्त भएमा र नयाँ ठेक्का वन्दोवस्त गर्दा लागेको रकम असूल उपर
नभएमा सरकारी वाँकी सरह असूल उपर गरी निजको नाम कालोसूचीमा राखी अन्य स्थानीय तहहरु
र व्यवसाय दर्ता वा इजाजत पत्र दिने कार्यालयलाई समेत जानकारी दिइनेछ।
·
ठेक्का तोडिएको अवस्थामा बाँकी ठेक्का अवधिको निमित्त
बोलपत्र वा डाँक बढाबढको प्रतिस्पर्धामा रहेका क्रमानुसारका बोलपत्रदाता वा डाँकवालासँग
दामासाहीले नयाँ ठेक्का अंक कायम गरी नियमानुसारको धरौटी रकम र बैंक ग्यारेण्टी लिई
साविकको स्वीकृत ठेक्काको दरमा नयाँ असूली कार्यतालिका बनाई ठेक्का बन्दोबस्त गर्न
सकिनेछ । यसरी बाँकी अवधिको लागि ठेक्का बन्दोबस्त गर्न नसकिएमा कार्यालयले पुनः बोलपत्र
आह्वान गर्नुपर्नेछ ।
·
नयाँ ठेक्का बन्दोबस्त गर्न वा पुनः ठेक्का बन्दोबस्त
गर्न लाग्ने समय सम्मको बीचको अवधिका लागि कार्यालयले आय संकलन सम्बन्धी अन्य उपयुक्त
व्यवस्था गर्न सक्नेछ ।
·
ठेक्का तोडिएकोमा त्यसबाट भएको नोक्सानी र सम्वन्धित
ठेकेदारबाट लिनु पर्ने बाँकी भएमा त्यसको दश प्रतिशत छुट समेत सो ठेकेदारले राखेको
जमानतबाट असूल नभए निजबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
तर आर्थिक ऐनले तोकेको आधारमा काबु बाहिरको परिस्थिति
परी ठेकेदारले सो ठेक्काको काम गर्न नसकेको रहेछ भने सभाले सो बमोजिम असूल गर्नु पर्ने
रकममध्ये राजश्व परामर्श समितिको परामर्शमा उपयुक्त रकम मिनाहा दिन सक्नेछ ।
बक्यौता रकम असूली सम्बन्धी व्यवस्थाः
·
कार्यालयले विभिन्न कारणवाट असूल हुन नसकी वाँकी रहेको
बक्यौता रकम असूल गर्न बक्यौता असूली कार्ययोजना वनाई रकम असूल उपर गर्नु पर्नेछ।
·
असूल गर्नुपर्ने रकम असूलीको लागि स्थानीय प्रशासन, प्रहरी, नागरिक समाज वा अन्य व्यक्तिको
समेत सहयोग लिन सकिनेछ ।
·
बक्यौता रकम असूली भएमा सम्बन्धित व्यक्ति वा संस्थालाई
असूली अङ्कको बढीमा ५ प्रतिशतसम्म रकम पुरस्कार स्वरुप उपलव्ध गराउन सकिनेछ । एक भन्दा
वढी व्यक्ति वा संस्थाको सक्रियतामा बक्यौता रकम असूली भएको भए यस्तो पुरस्कार रकम
दामासाहीबाट उपलव्ध गराउनु पर्नेछ ।
·
उल्लेखित बमोजिमको प्रकृयाबाट पनि रकम असूल उपर हुन नसकेमा सरकारी
वाँकी सरह रकम असूल उपर गरिनेछ ।
सम्पत्ति तथा उत्पादनको बिक्री सम्वन्धी व्यवस्थाः
·
गाउँपालिका÷नगरपालिकाले आफ्नो स्वामित्वमा
रहेको र आफूले गरेको उत्पादित वस्तु तथा सेवाको बिक्रि गर्दा यस नियमको अधिनमा रही
गर्नुपर्नेछ।
तर, अचल सम्पत्ति बिक्री गर्दा
नेपाल सरकारको स्वीकृति लिनुपर्नेछ ।
·
अन्य उत्पादनहरुको मूल्य निर्धारण एवं बिक्री प्रक्रिया
व्यवस्थापनका लागि कार्यपालिकाले आवश्यक कार्यविधि तय गर्नसक्नेछ ।
बोलपत्र जमानतः
·
गाउँपालिका÷नगरपालिकाले खरिदको प्रकृति
अनुसार सबै बोलपत्रदातालाई समान रुपले लागु हुने गरी स्वीकृत लागत अनुमान रकमको दुईदेखि
तीन प्रतिशत रकमको सिमाभित्र रही निश्चित रकम तोकी बोलपत्र आव्हानको सूचनामा बोलपत्रदाताले
बोपत्रसाथ पेश गर्ने बोलपत्र जमानत रकम उल्लेख गर्नु पर्नेछ । यस्तो रकम नगदै वा वाणिज्य
बैंकले जारी गरेको सो रकम बराबरको बोलपत्र जमानत हुनु पर्नेछ ।
तर, लागत अनुमान नखुल्ने वा एकाई
दरमात्र खुल्ने गरी बोलपत्र आव्हान गरिएको अवस्थामा गाउँपालिका÷नगरपालिकाले बोलपत्र सम्बन्धी कागजात वा पूर्वयोग्यता सम्बन्धी कागजात र बोलपत्र
आव्हानको सूचनामा बोलपत्र जमानतको लागि एकमुष्ट रकम तोक्न सक्नेछ ।
·
बोलपत्र जमानतको मान्य अवधि बोलपत्रको मान्य अवधिभन्दा
कम्तीमा तीस दिन बढीको हुनु पर्नेछ ।
·
कुनै बोलपत्रदाताले गाउँपालिका÷नगरपालिकालाई कुनै खास वाणिज्य बैंक वा वित्तीय संस्थाले जारी गरेको बोलपत्र
जमानत ग्राह्य हुने नहुने भन्ने कुरा खुलाई दिन अनुरोध गरेमा त्यस्तो गाउँपालिका÷नगरपालिकाले सो सम्बन्धमा तत्कालै जवाफ दिनु पर्नेछ ।
·
विदेशी बैंकले जारी गरेको बोलपत्र जमानत नेपाल भित्रको
वाणिज्य बैकले प्रति–प्रत्याभूति (काउन्टर
ग्यारेन्टी) गरेको हुनु पर्नेछ ।
·
गाउँपालिका÷नगरपालिकाले बोलपत्रको मान्य
हुने अवधिभित्र खरिद सम्झौता गरी सक्नु पर्नेछ। कुनै कारणवश सो म्यादभित्र खरिद सम्झौता
गर्न नसकिने भएमा रीत पुगेका सबै बोलपत्रदाताहरूलाई बोलपत्रको मान्य हुने अवधि बढाउन
पत्र पठाउनु पर्नेछ ।
·
बोलपत्रको मान्य हुने अवधि बढाउने वा नबढाउने भन्ने
सम्बन्धमा बोलपत्रदाताले निर्णय गर्न सक्ने छन् । बोलपत्रको मान्य हुने अवधि नबढाउने
बोलपत्रदाताको बोलपत्र जमानत जफत गर्न पाईने छैन । बोलपत्रको मान्य हुने अवधि बढाउने
बोलपत्रदाताले सोही अनुरुप सम्बन्धित बैंकबाट मान्य अवधि समेत थप गरी बोलपत्र जमानत
पेश गर्नु पर्नेछ । यसरी बोलपत्रदाताले अवधि थप गरी बोलपत्र जमानत पेश नगरेमा बोलपत्रको
मान्य हुने अवधि बढाएको मानिने छैन ।
·
कुनै बोलपत्रदाताको बोलपत्र जमानत जफत भएको अवस्थामा
गाउँपालिका÷नगरपालिकाले निजले राखेको
जमानत रकम आफूलाई भुक्तानी गर्न त्यस्तो जमानत जारी गर्ने बैंक समक्ष जमानत मान्य रहने
अवधि भित्रै दावी गर्नु पर्नेछ ।
·
गाउँपालिका÷नगरपालिकाले ऐन वा यस नियमावली
बमोजिम जफत गर्नु पर्ने बोलपत्र जमानत बाहेक अन्य बोलपत्र जमानत खरिद सम्झौता भएको
तीन दिनभित्र सम्बन्धित बोलपत्रदातालाई फिर्ता गर्नु पर्नेछ ।
0 Comments