नेपालको निजामती सेवाको बढुवा प्रणालीलाई पूर्वानुमानयोग्य बनाउने उपाय के–के हुन् ? लेख्नुहोस् ।

कर्मचारीको पद, तलब सुविधा, प्रतिष्ठा तथा जिम्मेवारी बढ्ने कार्य बढुवा हो । यो कर्मचारीको उत्प्रेरणाको महत्वपूर्ण आधार हो । नेपालको निजामती सेवामा बढुवा प्रणालीलाई व्यवस्थित गर्न निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० लागू गरिएको छ । लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्यको अध्यक्षतामा बढुवा समितिको गठन गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि बढुवा कार्यमा महत्वपूर्ण भूमिका राखिएको छ र पनि नेपालको निजामती सेवाको बढुवा प्रणाली पूर्वानुमानयोग्य हुन सकेको छैन, यसका लागि निम्नउपाय अवलम्बन गर्नुपर्छ:
  • ज्येष्ठता पद्धति लागू गर्ने, यसबाट ज्येष्ठ कर्मचारीको सबैभन्दा पहिले बढुवा हुने, 
  • व्याच बढुवा पद्धति अवलम्बन गर्ने, पहिलो व्याच पहिले बढुवा हुने, त्यसपछि क्रमशः अरू व्याचको पालो आउने, 
  • सबै सेवा समूहमा एकरूपता हुनेगरी दरबन्दी अनुपात १ः३ बनाउने, यसबाट सबै कर्मचारीको बढुवामा समानता आउने,
  • एकीकृत निजामती सेवा प्रणाली लागू गरी निजमती सेवामा तहगत प्रणाली अवलम्बन गर्ने, 
  • शाखा अधिकृतमा खुला प्रवेश गरेपछि त्योभन्दा माथिका सबै पदमा बढुवा पद्धति लागू गर्ने, 
  • वर्षमा कम्तीमा दुईपटक बढुवा विज्ञापन व्यवस्था गर्ने,
  • प्रत्येक कर्मचारीको कार्यविवरण तयार गर्ने, कार्यसम्पादनको वैज्ञानिक सूचक विकास गरी सोही सूचकका आधारमा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने, 
  • कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा हाकिम, सेवाग्राही, मातहतका सहयोगी कर्मचारी, समान प्रतिस्पर्धी तथा कर्मचारी स्वयम् आफैँबाट समेत मूल्याङ्कन गराउने व्यवस्था गर्ने, कार्यसम्पादन मूल्याङ्कनलाई सकेसम्म वस्तुगत, वैज्ञानिक र पारदर्शी बनाउने, 

Post a Comment

1 Comments

  1. नेपाल बढु्वा समबन्धि भएका व्यवस्थाहरुकाे जानकारि थप विस्तृित रुपमा पाउन सर

    ReplyDelete