वस्तुगत प्रश्नोत्तर (असार २३)

१. बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कहिले गरियो ?
  • विक्रम संवत् २०७८ असार २१ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रम निवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्बाइनको ‘स्वीच अन’ गरेर आयोजना उद्घाटन गरिएको ।
  • कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको असार २१ मा पहिलो टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन थालिएको । 
  • सो आयोजनाका ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन रहेका । 
  • बाँकी टर्बाइन क्रमिक रूपले सञ्चालन गरिने कम्पनीले जनाएको । 
  • ३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको व्याज लागत सँगै ६ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो । तर, विविध कारणले गर्दा आयोजना निर्माण खर्च ५२ अर्ब रुपियाँ र निर्माण अवधिको व्याज ३२ अर्ब रुपियाँ पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको । 
 २. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ? 
  • ०.६०२ (अघिल्लो वर्ष: ०.५७९) 
३. आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?
  • ९१.५ प्रतिशत । (उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको । आर्थिक वर्ष ०७७/७८ को फागुनसम्म थप एक लाख ५५ हजार आठ सय आठ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको ।) 
४. आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ? 
  • २५.८ प्रतिशत । (गैरकृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहने अनुमान रहेको । आर्थिक वर्ष ०७६/७७ मा यस्तो योगदान क्रमशः २६.२ प्रतिशत र ७३.८ प्रतिशत रहेको ।) 
५. नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ? 
  • अंशुवर्मा । 
६. युरोपको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? 
  • भोल्गा । 
७. विश्वको सबैभन्दा ठूलो जलविद्युत् आयोजना कुन हो ? 
  • थ्री गर्जेज (चीन) । (चीनको याङ्जे नदीमा निर्मित यस जलविद्युत् उत्पादन केन्द्रको विद्युत् उत्पादन क्षमता २२,५०० मेगावाट रहेको छ । विश्वको दोस्रो ठूलो जलविद्युत् आयोजना ब्राजिल र पाराग्वेको सिमानामा बग्ने पराना नदीमा निर्मित इटाइपी हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट (१४,००० मे. वा.) हो ।) 
८. कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाण (स्ट्यान्डर्ड क्वालिटी)लाई के भनिन्छ ?
  • एकाइ (युुनिट) । (भौतिक परिमाणका एकाइलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको ।) 
९. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
  • ब्रह्माण्ड वर्ष (कम्मिक इयर) । 
१०. सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?
  • बीपी कोइराला ।
११. फ्रान्सको राज्य क्रान्तिपछि शासन सत्ता कसले सम्हालेका थिए ? 
  • नेपोलियन बोनापार्ट । 
१२. मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ? 
  • पारिजात । 
१३. “पुनर्बल एउटा उद्दिपक हो, जसको प्रस्तुतीकरणले प्रतिक्रियाको सम्भावनालाई बढाँउछ” भन्ने भनाइ कसको हो ? 
  • थर्नडाइक । 
१४. मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ? 
  • विसं २०७३ वैशाख ७ । 
१५. प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ? 
  • प्युर्टोरिको ट्रेन्च । 
१६. कुन हावापानीलाई शीत मरुभूमि तथा तेस्रो ध्रुवको हावापानीका रूपमा लिइन्छ ? 
  • टुन्ड्रा हावापानी । (५००० मिटरभन्दा माथिको उच्च हिमाली क्षेत्रमा पाइने हावापानी)  
१७. कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
  • रणजित मल्ल । 
१८. भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो ? 
  • नेपाल । 
१९. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ? 
  • रेडक्रस । 
२०. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ का रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
  • विसं २०५३ । (विसं २०७३ वैशाख पहिलो साता ‘वन्यजन्तुको भविष्य हाम्रो हातमा’ भन्ने नारासाथ २१औँ वन्यजन्तु सप्ताह मनाइएको ।) 
२१. एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ? 
  • महेशचन्द्र रेग्मी । 
२२. नेवारी भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ ? 
  • भोटबर्मेली । 
२३. जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ? 
  • अनुकूूलन व्यापकता प्रवर्द्धन पुरस्कार । Adaptation Comprehension Promotion Award
  • बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) को आर्थिक सहयोग एवम् आईएमसी वल्डवाइडको व्यवस्थापकीय सहकार्यमा आइडियाज टु इम्प्याक्ट नामक संस्थाद्वारा सो पुरस्कार घोषणा गरिएको हो । 
  • यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै पुरस्कार रहेका छन् । पहिलो चरणको प्रोत्साहन पुरस्कारको राशि एक लाख ५० हजार पाउन्ड स्टर्लिङ र दोस्रो चरणको कार्यान्वयन पुरस्कारको राशि तीन लाख २५ हजार पाउन्ड स्टर्लिङ रहेको छ । 
  • यो पुरस्कारमा छनोट हुन सङ्घ संस्थाले दुई चरणमा आफूलाई योग्य प्रमाणित गर्नुपर्नेछ ।
२४. स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसाथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
  • विसंं २०७३ वैशाख २० । 
  • एपमा ट्राफिकसम्बन्धी विविध जानकारी उपलब्ध गराइएको । यसको प्रयोग गरी तत्समयमा भइरहेको ट्राफिक गतिविधि, सूचना, दुर्घटनालगायतका बारेमा मोबाइलमै नोटिफिकेसनका रूपमा थाहा पाउन सकिने 
  • एपमा अस्पताल, प्रहरी, एम्बुलेन्सलगायतका अत्यावश्यक फोन नम्बरसमेत उपलब्ध रहेको 
  • नेपाल भरका विभिन्न स्थानमा यात्रा गर्दा लाग्ने भाडाको विवरण पनि उपलब्ध हुने 
  • एपमा ट्राफिक सङ्केत रहेको । 
  • एपमा प्रहरीलाई गोप्य सूचना पठाउन सकिने सुविधा पनि रहेको । 
  • ट्राफिकसँग सम्बधित जनचेतनामूलक भिडियो, गीत तथा अन्य गतिविधिबारे डकुमेन्ट्री तथा तस्बिर पनि उपलब्ध । 
२५. प्राचीन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ? 
  • ग्रीसको ओलम्पिया । 
२६. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?  सारनाथ । २७. मनोविज्ञानका प्रवर्तक को हुन् ? 
  • सिग्मन्ड फ्रायड । 
२८. आर्थिक वर्ष २०७७/७८ अनुसार नाफामा रहेका सार्वजनिक संस्थानको सङ्ख्या कति रहेको छ ?
  • २४ 
  • २४ नाफामा र १८ नोक्सानीमा सञ्चालित छन् भने दुई संस्थानको कारोबार शून्य रहेको छ ।
२९. सन् २०२० मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुक कुन–कुन हुन् ? 
  • क्रमशः भारत १७.५ प्रतिशत, म्यानमार ९.१ प्रतिशत, थाइल्यान्ड ९.० प्रतिशत, चीन ८.४ प्रतिशत र अमेरिका ७.७ प्रतिशत रहेका । 
३०. साइप्रसमा पहिलो महिला सभामुख बन्ने राजीतिज्ञ को हुन् ? 
  • अन्निटाडिमेट्रिओ 
३१. विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ? 
  • भ्याटिकन सिटी (०.४ वकिमि) । 
  • यो राष्ट्र इटालीको राजधानी रोम सहरभित्र अवस्थित छ । 
  • यो क्षेत्रफल र जनसङ्ख्या दुबै हिसाबले विश्वको सानो राष्ट्रका रूपमा रहेको छ ।
गोरखापत्र ॥ असार २३, २०७८ बुधबार

Post a Comment

1 Comments

  1. Casino Lake Tahoe Hotel & Casino - Mapyro
    Get directions, 전라남도 출장샵 reviews and information for Casino Lake Tahoe Hotel & Casino 나주 출장안마 in Stateline, 양산 출장마사지 NV. 남양주 출장마사지 포항 출장샵 Casino Lake Tahoe Hotel & Casino, Stateline Nevada, USA - Mapyro

    ReplyDelete