लोकसेवाको लागि महत्वपूर्ण प्रदेश, जिल्ला, स्थानीय तह विशेष सामाग्री

प्रदेश

  संविधान बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुप (संविधानको अनुसूचि ४ मा ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरुउल्लेख)

प्रदेश १:

सीमानाः

  पूर्वःभारतको पश्चिम बंगाल र सिक्किम राज्य,

  दक्षिणः बिहार राज्य,

  उत्तरः चीनको स्वशासित क्षेत्र तिब्बत

  पश्चिमः प्रदेश नं २ र प्रदेश नं ३

जिल्लाः १४ जिल्ला, २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र (५६ प्र.स.नि.क्षे.) स्थानीय तहः १३७

  ठूलो ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो तेह्रथुम (६७९ व.कि.मि.)

क्षेत्रफलः २५,९०५ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६०%)

जनसंख्याः ४५,३४,९४३ (पुरुष २१,६६,५३६ र महिला २३,६८,४०७)

राजधानीः विराटनगर

जातजातिः ब्राम्हण, क्षेत्री, राई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशी लगायत जाति तथा नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु मुख्य भाषा

मुख्य विशेषताः सगरमाथा,कञ्चनजंगा, ल्होत्से, मकालु, चोयु जस्ता उच्च हिमाल, मेची, कोशी लगायत नदी,सबैभन्दा ठूलो क्षेत्रफल, सबैभन्दा धेरै जिल्ला, स्थानीय तह, गाउँपालिका, भारत र चीन दुबैसँग सीमाना जोडिएको

प्रदेश २:

सीमानाः

  पूर्वः प्रदेश १,

  दक्षिणः भारतको बिहार राज्य,

  उत्तरः प्रदेश १ र बागमती प्रदेश

  पश्चिमः बागमती प्रदेश

जिल्लाः ८ जिल्ला (ससिधमसरौबाप), ३२ प्र.स.नि.क्षे.(६४ प्रदेश नि.क्षे.), स्थानीय तहः १३६

  ठूलो सप्तरी (१३६३ व.कि.मि.) र सानो महोत्तरी (१००२ व.कि.मि.)

क्षेत्रफलः,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७%)

जनसंख्याः ५४,०४,१४५ (पुरुष २७,१७,९३८ महिला २६,८६,२०७)

राजधानीः जनकपुर

जातजातिः यादव, गुप्ता, दास, थारु, राजवंशी, मुसलमान लगायतका जाति तथा मैथली, बज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा

मुख्य विशेषताः तराई क्षेत्र मात्र समेटिएको, जनकपुर क्षेत्र, सबैभन्दा सानो क्षेत्रफल, सबैभन्दा कम जिल्ला, दोश्रो धेरै स्थानीय तह, सबैभन्दा धेरै नगरपालिका, भारतसँग मात्र सीमाना जोडिएको

बागमती प्रदेश:

सीमानाः

  पूर्वः प्रदेश १,

  दक्षिणः प्रदेश २ र भारतको बिहार राज्य,

  उत्तरः चीन

  पश्चिमः गण्डकी प्रदेश

जिल्लाः १३ जिल्ला, ३३ प्र.स.नि.क्षे.(६६ प्रदेश नि.क्षे.), स्थानीय तहः ११९

  ठूलोसिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो भक्तपुर (११९ व.कि.मि.)

क्षेत्रफलः २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३. ७९%)

जनसंख्याः ५५,२९,४५२ (पुरुष २७,४७,६३३ र महिला २७,८१,८१९जना)

राजधानीः हेटौडा

जातजातिः तामाङ, ब्राम्हण, क्षेत्री, नेवार लगायतका जातिहरु तथा नेपाली,

नेवारी, तामाङ भाषा

मुख्य विशेषताः संघीय राजधानी, सबैभन्दा धेरै जनसंख्या, सबैभन्दा धेरै प्रतिनिधि सभा क्षेत्र, भारत र चीन दुबैसँग सीमाना जोडिएको

गण्डकी प्रदेश:

सीमानाः पूर्वतफ, पश्चिमतर्फ प्रदेश ५, उत्तरमा

चीन र दक्षिणतर्फ प्रदेश ५ र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ ।

  पूर्वः बागमती प्रदेश

  दक्षिणः लुम्बिनी प्रदेश र भारतको बिहार राज्य,

  उत्तरः चीन

  पश्चिमः कर्णाली प्रदेश र लुम्बिनी प्रदेश

जिल्लाः ११ जिल्ला, १८ प्र.स.नि.क्षे.(३६ प्रदेश नि.क्षे.), स्थानीय तहः ८५

  ठूलो गोर्खा (३,६१० व.कि.मि.) र सानो पर्वत (४९४ व.कि.मि.)

क्षेत्रफलः २१,७३३ व.कि.मि. (नेपालको कल क्षेत्रफलको १४.६१%)

जनसंख्याः २४,०३,७५७ (पुरुष १०,९०,८०० र महिला १३,१२,९४९ जना)

राजधानीः पोखरा

जातजातिः ब्राम्हण, क्षेत्री, गुरुङ मगर लगायतका जातिहरु र नेपाली, गुरुङ, मगर मुख्य भाषा

मुख्य विशेषताः मनास्लु,धवलागिरी, अन्नपूर्ण जस्ता हिमाल, भारत र चीन दुबैसँग सीमाना जोडिएको

कर्णाली प्रदेश:

सीमानाः

  पूर्वः गण्डकी र लुम्बिनी प्रदेश

  दक्षिणः लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश

  उत्तरः चीन

  पश्चिमः सुदूरपश्चिम प्रदेश र चीन

जिल्लाः १० जिल्ला, १२ प्र.स.नि.क्षे. (२४ प्रदेश नि.क्षे.), स्थानीय तहः ७९

  ठूलो डोल्पा (७,८८९ व.कि.मि.) र सानोः रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.)

क्षेत्रफलः २७,९८४ व.कि.-मि. (नेपालको कुल क्षेत्रफलको १९.०१%)

जनसंख्याः १५,७०,४१८ (पुरुष ७६७,९२३ र महिला ८,०२,४९५ जना)

राजधानीः वीरेन्द्रनगर सुर्खेत

जातजातिः व्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगर लगायतका जाति तथा नेपाली, गुरुङ, मगर भाषा मुख्य भाषा

मुख्य विशेषताः भित्री मधेश, पहाडी हिमाली क्षेत्र समेटिएको, चीनसँग मात्र सीमाना जोडिएको,महानगरपालिका र उपमहानगरपालिका नभएको

सुदुरपश्चिम प्रदेश:

सीमानाः

  पूर्वः कर्णाली प्रदेश र लुम्बिनी प्रदेश

  दक्षिणः भारतको उत्तरप्रदेश राज्य,

  उत्तरः कर्णाली प्रदेश र चीन

  पश्चिमः भारतको उत्तराखण्ड राज्य

जिल्लाः ९ जिल्ला, १६ प्र.स.नि.क्षे.(३२ प्रदेश नि.क्षे.), स्थानीय तहः ८८

  ठूलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) सानोः बैतडी (१,५१९ व.कि.मि.)

क्षेत्रफलः १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८%)

जनसंख्याः २५,५२,५१७ (पुरुष १२,५२,५१७ र महिला १३,३४,६३० जना)

राजधानीः कैलालीको गोदावरी

जातजातिः ब्राम्हण, क्षेत्री, ठकुरी, थारु जातिहरुतथा डोटेली, खस, थारु भाषा

मुख्य विशेषताः व्यास हिमाल, भारत र चीन दुबैसँग सीमाना जोडिएको, महानगरपालिका नभएको

Post a Comment

0 Comments